27.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी अहिले सच्चा सच्चा पाठशालामा बसेका छौ , यो सतसङ्ग पनि हो , यहाँ तिमीलाई सत् बाबाको सङ्ग मिलेको छ , जसले पार लगाइदिनुहुन्छ।”

प्रश्न:–
हिसाब किताबको खेलमा मनुष्यको समझ र तिमीहरूको समझमा कुन अन्तर छ?

उत्तर:–
मनुष्यले सम्झन्छन्– यो जुन दु:खसुखको खेल चल्छ, यो दु:खसुख सबै परमात्माले नै दिनुहुन्छ र तिमी बच्चाहरूले जान्दछौ– यो हरेकको कर्मको हिसाबको खेल हो। बाबाले कसैलाई पनि दु:ख दिनुहुन्न। उहाँ त आउनुहुन्छ नै सुखको मार्ग बताउन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मैले कसैलाई पनि दु:खी बनाएको छैन। यो त तिमीहरूकै कर्मको फल हो।

गीत:–
इस पाप की दुनिया से........

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। कसलाई पुकार्छौ? बाबालाई। बाबा आएर यो पापको कलियुगी दुनियाँबाट सत्ययुगी पुण्यको दुनियाँमा लैजानुहोस्! अहिले जीव आत्माहरू सबै कलियुगी छन्। उनीहरूको बुद्धि माथि जान्छ। बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो छु, यो कसैले जान्दैनन्। ऋषिमुनि आदिले पनि भन्छन्– हामीले रचयिता मालिक अर्थात् बेहदका बाबा र उहाँको बेहदको रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनौँ। आत्माहरू जहाँ रहन्छन् त्यो हो ब्रह्म महतत्व, जहाँ सूर्य चन्द्रमा हुँदैनन्। न मूलवतन, न सूक्ष्मवतनमा। बाँकी यो रङ्गमञ्चमा त बिजुली आदि सबै चाहिन्छ नि। त्यसैले यो रङ्गमञ्चलाई बिजुली मिल्छ– रातमा चन्द्रमा, सितारा, दिनमा सूर्य। यी बत्तीहरू हुन्। यी बत्तीहरू हुँदाहुँदै पनि अन्धकार भनिन्छ। रातमा त फेरि पनि बत्ती बाल्नुपर्छ। सत्ययुग त्रेतालाई भनिन्छ दिन र भक्तिमार्गलाई भनिन्छ रात। यो पनि बुझ्ने कुरा हो। नयाँ दुनियाँ फेरि पुरानो अवश्य बन्छ। फेरि नयाँ हुन्छ भने पुरानोको अवश्य विनाश हुन्छ। यो बेहदको दुनियाँ हो। भवन पनि कुनै धेरै ठुला ठुला हुन्छन् राजाहरू आदिका। यो बेहदको घर, रङ्गमञ्च वा स्टेज हो, यसलाई कर्मक्षेत्र पनि भनिन्छ। कर्म त अवश्य गर्नुछ। सबै मनुष्यको लागि यो कर्मक्षेत्र हो। सबैले कर्म गर्नु नै छ, पार्ट खेल्नु नै छ। पार्ट हरेक आत्मालाई पहिलादेखि नै मिलेको छ। तिमीहरूमा पनि कोही छन् जसले यी कुरालाई राम्रोसँग बुझ्न सक्छन्। वास्तवमा यो गीता पाठशाला हो। पाठशालामा कहिल्यै वृद्ध आदिले पढ्छन् र? यहाँ त वृद्ध, जवान आदि सबैले पढ्छन्। वेदहरूको पाठशाला भनिँदैन। त्यहाँ कुनै पनि लक्ष्य उद्देश्य हुँदैन। हामीले यति वेद-शास्त्र आदि पढ्छौँ, यसबाट के बन्छौँ– त्यो जान्दैनन्। कुनै पनि जुन सतसङ्ग छन्, लक्ष्य उद्देश्य केही छैन। अब त उनीहरूलाई सतसङ्ग भन्न पनि लज्जा आउँछ। सत् त एक बाबा मात्रै हुनुहुन्छ, जसको लागि भनिन्छ– सङ्ग तारे... कुसङ्ग बोरे...। कुसङ्ग कलियुगी मनुष्यको। सत्यको सङ्ग त एउटै छ। अहिले तिमीलाई आश्चर्य लाग्छ। सारा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान बाबाले कसरी दिनुहुन्छ, तिमीलाई त खुसी हुनुपर्छ। तिमी सच्चा सच्चा पाठशालामा बसेका छौ। बाँकी सबै झुटा पाठशालाहरू हुन्, ती सतसङ्ग आदिबाट केही पनि बनेर निस्कँदैनन्। स्कुल-कलेज आदिबाट फेरि पनि केही बनेर निस्कन्छन् किनकि पढ्छन्। बाँकी कहीँ पनि पढाइ हुँदैन। सतसङ्गलाई पढाइ भनिँदैन। शास्त्र आदि पढेर त फेरि पसल खोलेर बस्छन्, पैसा कमाउँछन्। थोरै ग्रन्थ सिकेर, गुरुद्वारा खोलेर बस्छन्। गुरुद्वारा पनि कति खोल्छन्। गुरुको द्वार अर्थात् घर भनिन्छ नि। फाटक खुल्छ, त्यहाँ गएर शास्त्र आदि पढ्छन्। तिमीहरूको गुरुद्वारा हो– मुक्ति र जीवनमुक्तिधाम, सद्गुरुद्वार। सद्गुरुको नाम के हो? अकाल मूर्त। सद्गुरुलाई अकाल मूर्त भनिन्छ, उहाँ आएर मुक्ति-जीवनमुक्तिको द्वार खोल्नुहुन्छ। अकालमूर्त हुनुहुन्छ नि। जसलाई कालले पनि खान सक्दैन। आत्मा त हो नै बिन्दु, त्यसलाई कालले कसरी खान्छ। त्यो आत्मा त शरीर छोडेर भाग्छ। मनुष्यले कहाँ बुझ्छन् र– एक पुरानो शरीर छोडेर फेरि गएर अर्को लिन्छ फेरि यसमा रुनुपर्ने के आवश्यकता छ। यो कुरा तिमीलाई थाहा छ– ड्रामा अनादि बनेको छ। हरेकले पार्ट खेल्नु नै छ। बाबाले सम्झाउनुभएको छ– सत्ययुगमा नष्टोमोहा हुन्छन्। मोहजितको पनि कहानी छ नि। पण्डितहरूले सुनाउँछन्, माताहरूले पनि सुन्दासुन्दै फेरि ग्रन्थ राखेर बस्छन्– सुनाउनको लागि। धेरै मनुष्य गएर सुन्छन्। त्यसलाई भनिन्छ कनरस। ड्रामा योजना अनुसार मनुष्यले त भन्छन्– हाम्रो के दोष छ। बाबा भन्नुहुन्छ– तिमीले हामीलाई बोलाउँछौ– दु:खको दुनियाँबाट लैजानुहोस्। अब म आएको छु भने मेरो कुरा सुन्नुपर्छ नि। बाबाले बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ, राम्रो मत मिल्यो भने त्यो लिनुपर्छ नि। तिमीहरूको पनि कुनै दोष छैन। यो पनि ड्रामा थियो। रामराज्य, रावण राज्यको खेल बनेको छ। खेलमा कसैले हारे भने उनीहरूको दोष कहाँ हो र। जित र हार हुन्छ, यसमा लडाइँको कुरा छैन। तिम्रो बादसाही थियो। यो पनि पहिला तिमीलाई थाहा थिएन, अहिले तिमीले बुझेका छौ जो सेवाधारी छौ, जसको नाम प्रसिद्ध छ। दिल्लीमा सबैभन्दा प्रसिद्ध सम्झाउने को छ? यसमा तुरुन्त नाम लिन्छन् जगदीशको। तिमीहरूको लागि पत्रिका पनि निकाल्छन्। त्यसमा सबै कुरा आउँछ। अनेक प्रकारका प्वाइन्टहरू लेख्छन्, बृजमोहनले पनि लेख्छन्। लेख्नु सामान्य कहाँ हो र। अवश्य विचार सागर मन्थन गर्छन्, राम्रो सेवा गर्छन्। कति मानिसहरू पढेर खुसी हुन्छन्। बच्चाहरूलाई पनि रिफ्रेसमेन्ट आउँछ। कसै कसैले प्रदर्शनीमा धेरै मेहनत गर्छन्, कोही कोही कर्मबन्धनमा फसेका हुन्छन्, त्यसैले त्यति ज्ञान लिन सक्दैनन्। यो पनि भन्छन्– ड्रामा, ड्रामामा अबलाहरूमाथि पनि अत्याचार हुने पार्ट छ। कसैले यस्तो पार्ट किन खेल्यो, यो प्रश्न नै उठ्दैन। यो त अनादि बनिबनाउ ड्रामा हो। त्यसलाई कहाँ केही गर्न सकिन्छ र। कसैले भन्छन्– हामीले के अपराध गऱ्यौँ जसले गर्दा यस्तो पार्ट राखिएको छ। अब अपराधको त कुरै छैन। यो त पार्ट हो। अबलाहरू कोही त निमित्त बन्छन्, जसमाथि अत्याचार हुन्छ। यस्तो त फेरि सबैले भन्छन्– हामीलाई यो पार्ट किन? होइन, यो बनिबनाउ ड्रामा हो। पुरुषहरूमाथि पनि अत्याचार हुन्छ। यी कुरामा कति सहनशीलता राख्नुपर्छ। धेरै सहनशीलता चाहिन्छ। मायाका विघ्न त धेरै पर्छन्। विश्वको बादसाही लिन्छौ भने केही मेहनत त गर्नुपर्छ। ड्रामामा कति आपद, विघ्न आदि हुन्छ। अबलाहरूमाथि अत्याचार लेखिएको छ। रगतका नदीहरू पनि बग्छन्। कहीँ पनि सुरक्षा हुँदैन। अहिले त सेन्टरहरूमा बिहान क्लास आदिमा जान्छौ। त्यो पनि समय आउँछ जब तिमी बाहिर निस्कन पनि सक्दैनौ। दिनप्रतिदिन जमाना बिग्रँदै जान्छ र बिग्रिनु नै छ। दु:खका दिन धेरै जोडले आउँछन्। बिमारी आदिमा दु:ख भयो भने फेरि भगवानलाई याद गर्छन्, पुकार्छन्। अहिले तिमीलाई थाहा छ– बाँकी थोरै दिन छन्। फेरि हामी आफ्नो शान्तिधाम, सुखधाम अवश्य जान्छौँ। दुनियाँलाई त यो पनि थाहा छैन। अहिले तिमी बच्चाहरूले महसुस गर्छौ नि। अहिले बाबालाई पूरा रीतिले चिनिसकेका छौ। उनीहरूले सबैले त सम्झन्छन्– परमात्मा लिङ्ग हुनुहुन्छ। शिवलिङ्गको पूजा पनि गर्छन्। तिमी शिवको मन्दिरमा जान्थ्यौ, कहिल्यै यो ख्याल गऱ्यौ– शिवलिङ्ग के चीज हो? अवश्य यो जड छ भने चैतन्य पनि होला नि! त्यसोभए यो के हो? भगवान माथि त रचयिता हुनुहुन्छ। उहाँको निसानी हो केवल पूजाको लागि। पूज्य भएपछि भने फेरि यी चीजहरू हुँदैनन्। शिव काशीको मन्दिरमा जान्छन्, कसैलाई कहाँ थाहा छ र– भगवान निराकार हुनुहुन्छ। हामी पनि उहाँका बच्चा हौँ। बाबाका बच्चा भएर पनि फेरि हामी किन दु:खी हुन्छौँ? विचार गर्ने कुरा हो नि। आत्माले भन्छ– हामी परमात्माका सन्तान हौँ फेरि हामी दु:खी किन हुन्छौँ? बाबा त हुनुहुन्छ नै सुखदायक। बोलाउँछन् पनि– हे भगवान, हाम्रो दु:ख मेटाउनुहोस्! उहाँले कसरी मेटाउनुहुन्छ? दु:खसुख यो त आफ्नो कर्मको हिसाब हो। मनुष्यले सम्झन्छन्– सुखको सट्टा सुख, दु:खको सट्टा दु:ख परमात्माले नै दिनुहुन्छ। उहाँमाथि राखिदिन्छन्, बाबा भन्नुहुन्छ– मैले कहिल्यै दु:ख दिन्नँ। मैले त आधाकल्पको लागि सुख दिएर जान्छु। यो फेरि सुख र दु:खको खेल हो। केवल सुखको नै खेल हुन्थ्यो फेरि त यो भक्ति आदि केही हुँदैन, भगवानसँग मिल्नको लागि नै यो भक्ति आदि सबै गर्छन् नि। अब बाबा बसेर सारा समाचार सुनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू कति भाग्यशाली छौ। ती ऋषिमुनि आदिको कति नाम छ। तिमी राजऋषि हौ, उनीहरू हठयोग ऋषि हुन्। ऋषि अर्थात् पवित्र। तिमी स्वर्गको राजा बन्यौ भने पवित्र अवश्य बन्नुपर्छ। सत्ययुग-त्रेतामा जसको राज्य थियो उनीहरूको नै फेरि राज्य हुन्छ। बाँकी सबै पछि आउँछन्। तिमीले अहिले भन्छौ– हामीले श्रीमतमा आफ्नो राज्य स्थापना गरिरहेका छौँ। पुरानो दुनियाँको विनाश हुनमा पनि समय त लाग्छ नि। सत्ययुग आउनुछ, कलियुग जानुछ।

दुनियाँ कति ठुलो छ। एक एक सहर मनुष्यले कति भरिएको छ। धनवान मानिसले दुनियाँको चक्कर लगाउँछन्। तर यहाँ सारा दुनियाँलाई कसैले देख्न सक्दैन। हो सत्ययुगमा देख्न सक्छन् किनकि सत्ययुगमा हुन्छ एउटै राज्य, यति थोरै राजाहरू हुन्छन्, यहाँ त हेर कति ठुलो दुनियाँ छ। यति ठुलो दुनियाँको चक्कर कसले लगाउन सक्छ। त्यहाँ तिमी समुद्रमा जानुछैन। त्यहाँ सिलोन, बर्मा आदि हुन्छन्? होइन, केही पनि हुँदैन। यो कराची हुँदैन। तिमी सबै मीठा नदीहरूको किनारमा रहन्छौ। खेतीपाती आदि सबै हुन्छ, सृष्टि त ठुलो छ। मनुष्य धेरै कम रहन्छन् फेरि पछि वृद्धि हुन्छ। फेरि त्यहाँ गएर आफ्नो राज्य स्थापना गरे। बिस्तारै बिस्तारै हडप्दै गए। आफ्नो राज्य स्थापना गरिदिए। अहिले त सबैले छोड्नुपर्छ। यही भारतवर्ष नै हो, जसले कसैको पनि राज्य खोसेको छैन किनकि भारतवर्ष वास्तवमा अहिंसक हो नि। भारतवर्ष नै सारा दुनियाँको मालिक थियो र सबै पछि आएका छन् जसले टुक्रा टुक्रा लिँदै गएका छन्। तिमीले कसैलाई हडपेका छैनौ, अङ्ग्रेजहरूले हडपेका छन्। तिमी भारतवर्षकालाई त बाबाले विश्वको मालिक बनाउनुहुन्छ। तिमी कहाँ गएका छौ र। तिमी बच्चाहरूको बुद्धिमा यी सारा कुरा छन्, वृद्ध माताहरूले त यति सबै बुझ्न सक्दैनन्। बाबा भन्नुहुन्छ– राम्रो छ जुन तिमीले केही पनि पढेका छैनौ। पढेको सबै बुद्धिबाट निकाल्नुपर्छ, एक कुरा केवल धारण गर्नुछ– मीठे बच्चे! बाबालाई याद गर। तिमीले भन्थ्यौ पनि नि– बाबा हजुर आउनुभयो भने हामी बलिहार जान्छौँ, कुर्बान जान्छौँ। तिमी फेरि ममाथि कुर्बान जानुछ। लेनदेन हुन्छ नि। विवाहको समयमा स्त्री-पुरुषले एक अर्काको हातमा नुन दिन्छन्। बाबालाई पनि भन्छन्, हामीले पुरानो सबै कुरा हजुरलाई दिन्छौँ। मर्नु त छ नै, यो सबै खतम हुनुछ। हजुरले हामीलाई फेरि नयाँ दुनियाँमा दिनुहोला। बाबा आउनुहुन्छ नै सबैलाई लैजान। काल हुनुहुन्छ नि। सिन्धमा भन्थे– यो कुन काल हो जसले सबैलाई भगाएर लैजान्छन्, तिमी बच्चाहरू त खुसी हुन्छौ। बाबा आउनुहुन्छ नै लैजान। हामी त खुसीसँग आफ्नो घर जान्छौँ। सहन पनि गर्नुपर्छ। राम्रा राम्रा ठुला ठुला घरका माताहरूले मार खान्छन्। तिमीले सच्चा कमाइ गर्छौ। मनुष्यले कहाँ जान्दछन् र, उनीहरू कलियुगी शूद्र सम्प्रदाय नै हुन्। तिमी सङ्गमयुगी हौ, पुरुषोत्तम बनिरहेका छौ। तिमीलाई थाहा छ– पहिलो नम्बरमा पुरुषोत्तम यी लक्ष्मी-नारायण हुन् नि। फेरि डिग्री कम हुँदै जान्छ। माथिबाट तल आउँदै जान्छन्। फेरि बिस्तारै बिस्तारै गिर्दै जान्छन्। यस समयमा सबै गिरिसकेका छन्। वृक्ष पुरानो भइसकेको छ, फेद सडेको छ। अब फेरि स्थापना हुन्छ। फाउन्डेसन (जग) बस्छ नि। कलमी कति सानो हुन्छ फेरि त्यसबाट कति ठुलो वृक्ष बढ्छ। यो पनि वृक्ष हो, सत्ययुगमा धेरै सानो वृक्ष हुन्छ। अहिले कति ठुलो वृक्ष छ। कति विभिन्न फूल छन्, मनुष्य सृष्टिका। एउटै वृक्षमा कति विविधतता हुन्छ। यो मनुष्यको अनेक धर्महरूको वृक्ष हो। एक अनुहार अर्कोसँग मिल्दैन। बनिबनाउ ड्रामा हो नि। कसैको पनि एउटै पार्ट हुन सक्दैन। यसलाई भनिन्छ कुदरती बनिबनाउ बेहदको ड्रामा, यसमा पनि निर्माण (बनावट) धेरै छ। जुन चीज रियल हुन्छ त्यो खतम पनि हुन्छ। फेरि ५ हजार वर्षपछि वास्तविकतामा आउँछन्। चित्र आदि पनि कुनै कहाँ रियल बनेका छन् र। ब्रह्माको पनि अनुहार फेरि ५ हजार वर्षपछि तिमीले देख्छौ। यो ड्रामाको रहस्यलाई बुझ्नमा बुद्धि धेरै विशाल चाहिन्छ। अरू केही नबुझे पनि केवल एक कुरा बुद्धिमा राख– एक शिवबाबा दोस्रो न कोही। यो आत्माले भन्यो– बाबा, हामीले हजुरलाई नै याद गर्छौँ। यो त सहज छ नि। हातले कर्म गरिराख र बुद्धिले बाबालाई याद गरिराख। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सहनशीलताको गुण धारण गरेर मायाका विघ्नहरूमा पास हुनुछ। अनेक आपद्हरू आउँछन्, अत्याचार हुन्छन्– यस्तो समयमा सहन गर्दै बाबाको यादमा रहनुछ, सच्चा कमाइ गर्नुछ।

२) विशाल बुद्धि बनेर यो बनिबनाउ ड्रामालाई राम्रोसँग बुझ्नुछ, यो कुदरती ड्रामा बनेको छ त्यसैले प्रश्न उठ्न सक्दैन। बाबाले जुन राम्रो मत दिनुहुन्छ, त्यसमा चलिरहनुछ।

वरदान:–
मायाजित , विजयी बन्नुको साथसाथै पर उपकारी भव

अहिलेसम्म स्व कल्याणमा धेरै समय गइरहेको छ। अब पर उपकारी बन। मायाजित विजयी बन्नुको साथसाथै सर्व खजानाका विधाता बन अर्थात् हरेक खजानालाई कार्यमा लगाऊ। खुसीको खजाना, शान्तिको खजाना, शक्तिहरूको खजाना, ज्ञानको खजाना, गुणहरूको खजाना, सहयोग दिने खजाना बाँड र बढाऊ। अहिले विधातापनको स्थितिको अनुभव गर्छौ अर्थात् पर उपकारी बन्छौ त्यसपछि अनेक जन्म विश्व राज्य अधिकारी बन्छौ।

स्लोगन:–
विश्व कल्याणकारी बन्नुछ भने आफ्ना सर्व कमजोरीहरूलाई सदाकालको लागि बिदाइ देऊ।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

जसरी किल्ला बनाइन्छ, जसबाट प्रजा किल्लाभित्र सुरक्षित रहन सक्छन्। एक राजाको लागि कोठी बनाइँदैन, किल्ला बनाइन्छ। तिमीहरू सबैले पनि स्वयंको लागि, साथीहरूको लागि, अन्य आत्माहरूको लागि ज्वालारूप यादको किल्ला बनाऊ। यादको शक्तिको ज्वाला भयो भने हरेक आत्माले सुरक्षाको अनुभव गर्छ।