27.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफ्नो
बुद्धिलाई ज्ञान मन्थनमा व्यस्त राख्यौ भने सबै चिन्ताबाट मुक्त हुन्छौ , सदा खुसी
भइरहन्छौ।”
प्रश्न:–
जसले आफूलाई
शिवबाबाको यज्ञको सेवक सम्झन्छन्, उनीहरूका निसानी सुनाऊ?
उत्तर:–
शिवबाबाले यी
ब्रह्माको मुखबाट जे जति भन्नुहुन्छ, त्यसलाई उनीहरूले तुरुन्तै मान्छन्। जे
भन्नुहुन्छ– त्यसलाई मान्नु, यसलाई नै श्रीमत भनिन्छ। श्री श्री शिवबाबाको मतमा
चलेमा नै तिमी श्रेष्ठ बन्छौ। श्रेष्ठ बन्नु अर्थात् बीजयमालामा आउनु।
गीत:–
ओम् नमः शिवाय...
ओम् शान्ति ।
सालिग्रामहरूप्रति शिव भगवानुवाच। रुहानी बच्चाहरूप्रति रुहानी बाबा सम्झाइरहनुभएको
छ। अहिले तिमी बच्चाहरूले बुझेका छौ– हामी यहाँ आफूलाई आत्मा सम्झेर बस्नु छ। सारा
दुनियाँमा एक जना पनि यस्तो मानिस हुँदैन जसले आफूलाई आत्मा सम्झन्छ। आत्मा के हो,
यही जान्दैनन् भने परमात्मालाई फेरि कसरी जान्दछन्। बाबाद्वारा नै तिमीलाई मूल कुरा
के हो भन्ने आत्माको ज्ञान मिल्छ। मानिसहरूलाई केही पनि थाहा नभएका हुनाले कति दुःखी
छन्। तिमी बच्चाहरूलाई थाहा छ, यो ड्रामा अथवा सृष्टि रूपी कल्पवृक्षको अवधि ५ हजार
वर्ष हो। जसरी आँपको बीज हुन्छ, त्यो चैतन्य भएको भए सम्झाउँथ्यो– म बीज हुँ, मबाट
यो वृक्ष यसरी निस्कियो। तर त्यो जड हो। चैतन्य वृक्ष एउटै छ। तिमीलाई सुरुदेखि
लिएर अन्त्यसम्म यस वृक्षको सारा ज्ञान मिलेको छ। नम्बरवार पुरुषार्थ अनुसार बुझ्न
सक्छौ। बाबा भन्नुहुन्छ– म यस मनुष्य सृष्टिको बीज सत्, चित्, आनन्दस्वरूप हुँ।
मलाई ज्ञानको सागर भनिन्छ। यो निराकारको महिमा हो। तिमीलाई थाहा छ, बाबाको यो महिमा
सबैभन्दा भिन्नै (न्यारा) छ। मानिसहरूले त बाबाको महिमालाई पटक्कै जान्दैनन्। हुन त
यी लक्ष्मीनारायण आदि देवताहरू हुन्। उनीहरूलाई पनि यो ज्ञान छैन। यो ड्रामाको
ज्ञान तिमीलाई मिलेको छ। तिमीलाई थाहा छ, यो सृष्टिको चक्र कसरी घुम्छ, फेरि देवता
बन्यौ भने यो ज्ञान रहँदैन। अचम्म छ नि। तिमी यस ड्रामाका पात्र हौ नि। तिमीलाई
रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान छ। बाँकी न शूद्र वर्णका, न देवता वर्णका
आत्माहरूलाई यो ज्ञान छ। यस्तो होइन ज्ञान परम्परादेखि चल्छ। जसरी चाडपर्वहरूको लागि
भन्छन्– परम्परादेखि चल्दै आएका हुन्। अहिले तिमीले बुझेका छौ, सत्ययुगमा त यी
चाडपर्वहरू कसैले जान्दै जान्दैनन्। त्यहाँ केही पनि याद हुँदैन। त्यहाँ त राज्य
गर्छन्। तिमी हरेकको बुद्धिको ताला खुलेको छ। मुख्य रचयिता, निर्देशक, मुख्य
पात्रलाई तिमीले चिन्छौ। तिमीलाई कति राम्रो ज्ञान मिल्छ, यस ज्ञान जसले जान्दैनन्,
उनीहरू वेसमझ हुन्। तिमी पनि वेसमझ थियौ। अब देवता बनिरहेका छौ। यो ज्ञान जसको
बुद्धिमा टप्किरहन्छ, उनीहरूलाई अपार खुसी हुन्छ। तिमीबाहेक अरू कोही छैन जसले यो
ज्ञान बुझ्न सक्छ। परमपिता परमात्मालाई नै विश्वको सर्वशक्तिमान् अधिकारी, ज्ञानको
सागर भनिन्छ, उहाँलाई केको ज्ञान छ? उहाँलाई सबै वेद-शास्त्रहरूको, सृष्टिको
आदि-मध्य-अन्त्यको ज्ञान छ। शास्त्रहरूमा पनि रचयिता र रचनाको ज्ञान छैन, त्यसैले त
ऋषिमुनि आदिले भन्दै आएका छन्– हामीले रचयिता र रचनालाई जान्दैनौँ। सम्झाउने एक बाबा
मात्र हुनुहुन्छ, त्यसैले अरू कसैले जान्दछन् पनि कसरी। यो ज्ञान तिमी
बच्चाहरूबाहेक अरू कसैले दिन सक्दैन। तिमीलाई यो ज्ञान दिने फेरि बाबा हुनुहुन्छ।
उहाँ कति महान् ज्ञानवान् हुनुहुन्छ। तिमीले कति उच्च पद पाउँछौ। यसमा कति खुसी
हुनुपर्छ। हामी बेहदका बाबाका सन्तान हौँ। ज्ञानले हाम्रो बुद्धि भरपुर हुनुपर्छ।
यस्तो कुनै कुरा छैन जसलाई तिमीले जानेका छैनौ। अहिले तिमी मास्टर ज्ञानका सागर
बनिरहेका छौ। जुन आत्मा तमोप्रधान बनेको छ, त्यही आत्मा बाबालाई याद गर्दागर्दै
सतोप्रधान बन्छ। नम्बरवार त हुन्छन् नि। कसैको तमोबाट रजो बुद्धि बनेको होला, कसैको
रजोबाट सतो बनेको होला। अहिले सतोप्रधान बुद्धि कसैको छैन। सतोप्रधान बनिसकेपछि
तिम्रो अवस्था कर्मातीत हुन्छ। त्यसपछि त राज्य गर्नको लागि नयाँ दुनियाँ चाहिन्छ।
यो यज्ञ पूरा हुँदा यसमा सारा पुरानो दुनियाँको आहुति हुन्छ। फेरि पढाइ पनि पूरा
हुन्छ– नम्बरवार पुरुषार्थ अनुसार। जसरी स्कुलमा विद्यार्थीले यो परीक्षा पास गरेर
फेरि हामी त्यो क्लासमा जान्छौँ भन्ने जान्दछन्। तिम्रो पनि कर्मातीत अवस्था
भइसकेपछि यस मृत्युलोकबाट पार भएर तिमी अमरपुरीमा जान्छौ। तिमीलाई थाहा छ– अहिले
यहाँबाट ट्रान्सफर भएर जानु छ। पवित्र भएर अमरलोकमा जान्छौ। वास्तवमा हामी
शान्तिधामका निवासी थियौँ, फेरि पार्ट खेल्दाखेल्दै अमरलोकबाट मृत्युलोकमा आइपुगेका
छौँ। यो सारा ज्ञान बुद्धिमा रहेमा खुसी हुन्छ। ज्ञानबाहेक अरू केही सुझ्दै सुझ्दैन।
अहिले हामी पढेर नयाँ दुनियाँको मालिक बन्छौँ, यो पनि सम्झाउनुपर्छ। यहाँ छन् नै
पतित। देवता त कोही छैनन्। मनुष्यबाट देवता कसले बनाउनुहुन्छ? बाबाले नै बनाउन
सक्नुहुन्छ। अहिले तिमीले सम्झाउन सक्छौ, अवश्य स्वर्ग थियो, जसमा लक्ष्मीनारायणको
राज्य थियो। त्यसको स्थापना कसले गर्नुभयो? स्वर्गका रचयिता परमपिताले स्वर्ग
स्थापना गर्नुभयो। जहाँ देवीदेवताले राज्य गर्छन्, त्यहाँ अरू कुनै धर्म हुँदैन। यो
ठुलो बेहदको नाटक हो। तिमी चैतन्य हौ नि। तिमीलाई थाहा छ, यस वृक्षको बीज माथि
हुनुहुन्छ। बाबा पनि अविनाशी हुनुहुन्छ। तिमी पनि अविनाशी हौ। अहिले सारा वृक्ष
जीर्ण अवस्थामा पुगेको छ। यतिबेला सबै मानिसहरू काँडासमान बनेका छन्। यो काँडाहरूको
जङ्गल हो नि। सबैले एकअर्कालाई दुःख दिन्छन्। बाबा नै बागवान हुनुहुन्छ, उहाँलाई
खिवैया (डुङ्गा तार्ने) पनि भनिन्छ। तिमीले पनि डुङ्गा चलाउन सिकिरहेका छौ। हरेकको
डुङ्गा पार कसरी हुन्छ, त्यो तिमीलाई बसेर सम्झाउनुहुन्छ। डुङ्गा कुनै शरीर होइन।
डुङ्गा आत्मा र शरीर दुई कुराले बनेको छ। गाउँछन् पनि– मेरो डुङ्गा पार लगाउनुहोस्!
अहिले आत्मा पनि पतित छ, शरीर पनि पतित छ। अब पार कसरी हुन्छ, र कहाँ जान्छ? अहिले
तिमीले मूलवतन, सूक्ष्मवतन... सत्ययुगदेखि लिएर कलियुगसम्मका सबै रहस्य जानेका छौ।
तैपनि बुद्धिमा यो किन रहँदैन! तिमीले किन भुल्छौ? सधैँ बुद्धिमा यो ज्ञान
टप्किरह्यो भने तिमी खुसी हुन्छौ, चिन्ताबाट मुक्त हुन्छौ।
तिमीलाई थाहा छ, बाबा
आउनुभएको छ, हामीलाई लैजान। बाबामा जुन ज्ञान छ, त्यो हामीलाई दिइरहनुभएको छ। यी
एकदमै नयाँ कुरा हुन्, जुन बाबाबाहेक अरू कसैले सम्झाउन सक्दैन। निराकार बाबाले
साकारद्वारा सुनाउनुहुन्छ। तिमीले पनि यस शरीरद्वारा सुन्छौ। त्यसैले बाबाले तिमी
बच्चाहरूलाई पनि आफूसमान बनाउनुहुन्छ। जुन बाबाको महिमा छ, त्यो महिमा तिम्रो पनि
हुनुपर्छ। कुनै फरक हुँदैन। बाबा केवल भन्नुहुन्छ– म जन्ममरणमा आउन्नँ, तिमी
जन्ममरणमा आउँछौ। तिमीले मलाई भन्छौ ज्ञानको सागर, सुखको सागर... त्यसैले अवश्य मैले
तिमीलाई ज्ञान दिन्छु, कल्प कल्प दिन्छु। तिमीले बुझेका छौ, अवश्य ८४ को चक्कर खाएर
अहिले हामी अन्त्यमा आएका छौँ। फेरि बाबाले हामीलाई पहिलो नम्बरमा लैजानुहुन्छ। यो
ज्ञान हो नि। ज्ञान नै आम्दानीको स्रोत हो। जसले जति जति पढ्छ, त्यस्तै उसको आम्दानी
हुन्छ। यो ज्ञान पनि हो, धन्दा पनि हो। तिमीले बाबालाई काम नलाग्ने चीज दिन्छौ। कोही
मरेपछि महापात्र (करनीघोर) लाई दिन्छन् नि। यहाँ तिमीले जीवन छँदै दिनु छ। वास्तवमा
कुरा अहिलेको हो। बाबा भन्नुहुन्छ– तिमीसँग जे जति छ, त्यो मर्नुभन्दा पहिला देऊ।
तिमी ट्रस्टी बन। नत्र तिमीसँग जे जति रहेको हुन्छ, त्यो अन्त्यमा याद आउनेछ। जसरी
कोही धनवान् मानिस छ, उसले ज्ञान लिँदैन। उसको धनसम्पत्ति पनि एक जन्मको लागि हो
नि। शरीर त छोडिहाल्छन्, थाहा छैन कर्म अनुसार कहाँ गएर जन्म लिन्छन्। तिमीलाई त
थाहा छ, हामीले अहिले जति पुरुषार्थ गर्छौँ, त्यति प्रारब्ध पाउँछौँ। यतिबेला सबै
जिस्मानी सेवा गर्नेहरू छन्। रुहानी सेवालाई कसैले जान्दै जान्दैनन्। परमात्मा (सुप्रिम
रुह) आएर तिमीलाई ज्ञान सम्झाउनुहुन्छ। उहाँ सुखको सागर, दुःखहर्ता, सुखकर्ता
हुनुहुन्छ। उहाँको शिवजयन्ती पनि मनाउँछन्, तर यो ज्ञान बुद्धिमा आउँदैन। अहिले
तिम्रो बुद्धिमा यो ज्ञान छ, बाबाले हामीलाई फेरि ५ हजार वर्षपछि आएर सुनाउनुहुनेछ।
सत्ययुगमा यो ज्ञान हुँदैन भने कलियुगमा फेरि कहाँबाट आउँछ। दुनियाँमा यो कसैलाई
थाहा छैन, लक्ष्मीनारायणको मन्दिर हामीले किन बनाउँछौँ। यिनीहरू को थिए, यिनीहरूलाई
यो राज्य कसले दिनुभयो? यो कर्मको फल हो नि। बाबा बसेर अहिले तिमीलाई कर्म, अकर्म,
विकर्मको गति सम्झाउनुहुन्छ। भगवानुवाच हो नि। गीताबाट नै आदि सनातन देवीदेवता
धर्मको स्थापना हुन्छ। त्यहाँ मानिसहरू थोरै हुन्छन्। बाँकी सबैले अवश्य मुक्ति
पाउँछन् होला। महाभारत लडाइँ पनि लेखिएको छ, धेरै आपतहरू आउनेछन्। प्राकृतिक
प्रकोपहरू हुनेछन्। पुरानो दुनियाँ खतम हुनेछ। यी तिनै बम, मिसाइलहरू हुन्, यो त्यही
विनाशको समय हो जुनबेला भगवान आएर रुद्र ज्ञान यज्ञ रच्नुभएको थियो, जसबाट विनाश
ज्वाला निस्किएको थियो। भगवानले यज्ञ रच्नुहुन्छ सुखशान्तिको लागि। बाँकी दुःख
अशान्तिको अवश्य विनाश हुनुपर्छ। यस ईश्वरीय ज्ञान यज्ञमा सारा सृष्टि स्वाहा हुनेछ।
यी कुराहरू तिम्रो बुद्धिमा छन्। हामी ब्राह्मण हौँ। यस शिवबाबाको यज्ञमा हामी
ब्राह्मण सेवाधारी हौँ। हामी हौँ सच्चा सच्चा मुखवंशावली ब्राह्मण। तिमी बच्चाहरूले
बाबाले ब्रह्मामुखबाट जे भन्नुहुन्छ, त्यो मान्नुपर्छ। श्रीमतमा नै हामी चल्नु छ।
यो पनि तिमीलाई थाहा छ, श्री श्री शिवबाबाको मतमा हामी श्रेष्ठ बनेर मालाको दाना
बन्छौँ। मालाको दाना भनिन्छ वंश (सिजरा) लाई। वंश हुन्छ नि, फेरि त्यो बढ्दै जान्छ।
बाबाले स्वयं वंशावली बनाउनुभएको छ, यो पनि वंशावली हो। माथि हुनुहुन्छ निराकारी
शिवबाबा, फेरि छन् आत्माहरू। निराकारी वंशावली फेरि साकारी हुन्छ। सबैभन्दा पहिलो
नम्बरमा हुनुहुन्छ प्रजापिता, यहाँ जिस्मानी उहाँ रुहानी। रुहानी बाबा आएर प्रजापिता
ब्रह्माद्वारा रच्नुहुन्छ। भन्छन् पनि– हजुर आएर पतित दुनियाँलाई पावन बनाउनुहोस्।
प्रलय त कहिल्यै हुँदैन। विश्वको इतिहास-भूगोल दोहोरिन्छ। पुरानो दुनियाँ नै फेरि
नयाँ बन्छ। अहिले तिमीले पुरुषार्थ गरिरहेका छौ नयाँ दुनियाँको लागि। यो बेहदको
ज्ञान बेहदका बाबाले नै दिनुहुन्छ। हदको वर्सा हुँदाहुँदै पनि बेहदका बाबालाई याद
गर्छन्। हे भगवान भन्छन् नि। कोही मर्ने बेलामा भन्छन्– परमपिता परमात्मालाई याद गर,
त्यसैले दुई पिता सिद्ध हुन्छन् नि। सबै आत्माहरू भाइ भाइ हुन्। आत्माले नै पुकार्छ–
हे दुःखहर्ता सुखकर्ता, हे मुक्तिदाता (लिबरेटर) आउनुहोस्, हामीलाई घर जानको लागि
मार्गदर्शन (गाइड) गर्नुहोस्। हामीलाई घर याद छ तर जान सक्दैनौँ किनकि मायाले पखेटा
भाँचिदिएको छ। कोही घर फर्केर जान सक्दैनन्। अहिले तिमीले आफ्नो ज्योतिलाई आफै
जगाउनु छ। बाबालाई याद गरेमा यादको घिउ थपिन्छ। ज्योति एकदम निभ्न सक्दैन। कोही
मरेछ भने दियो बाल्छन्। विशेषगरी त्यहाँ एक जनालाई तोकेर राख्छन्– यसमा घिउ थप्दै
जाऊ, नत्र अँध्यारो हुन्छ। अहिले त तिमीले योगबलबाट घिउ थप्नु छ, अनि घोर
अन्धकारबाट उज्यालो, दीपावली हुन्छ। दीपावली सत्ययुगमा हुन्छ। यहाँ हुँदैन। उत्सव
जे जति मनाइन्छन्, तिनको रहस्य पनि तिमीले बुझेका छौ। उनीहरूले त केही पनि बुझ्दैनन्।
तैपनि सम्झाइन्छ, यो राखी आदि पवित्रतामा बस्नको लागि हो। मानिसहरूलाई ज्ञानको
इन्जेक्सन यस्तो युक्तिले लगाउनुपर्छ, जसले गर्दा उनीहरूले महसुस गरून्– हामी त
अवश्य भ्रष्टाचारी हौँ। श्रेष्ठाचारी बाबाले नै बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ–
मनमनाभव, अनि तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। युक्तिले तीर लगाउनुपर्छ, कुरा
गर्ने तागत हुनुपर्छ। अहिले तिमीले सर्वशक्तिमान् बाबाबाट शक्ति पाएर मायामाथि बीजय
प्राप्त गर्छौ। फेरि तिमीलाई राज्य-भाग्य मिल्न सक्छ, बाबाबाहेक अरू कसैले बीजयमाला
पहिराउन सक्दैन। बाबा भन्नुहुन्छ– हेर प्यारा बच्चाहरू! तिमीलाई केबाट के बनाउँछु।
अब यस्ता बाबालाई अवश्य निरन्तर याद गर्नु छ, अनि विकर्म विनाश हुन्छन्। बाबा
भन्नुहुन्छ– म एकलाई याद गर, त्यसपछि अन्त मति सो गति हुन्छ। जस्तो चिन्तन गरिन्छ
त्यस्तै बनिन्छ, त्यसैले बाबा भन्नुहुन्छ– मलाई याद गर्दागर्दै तिमी पनि म जस्तै
बन्छौ। यादबाट विकर्म पनि विनाश हुन्छन् र आफ्नो घर फर्केर जान्छौ। यो ज्ञान
आम्दानीको स्रोत हो। स्वास्थ्य, सम्पत्ति छ भने खुसी पनि हुन्छ। त्यहाँ कति लामो आयु
हुन्छ। योगेश्वर कृष्णलाई भनिँदैन। योगेश्वर तिमी हौ। ईश्वरले तिमीलाई योग
सिकाइरहनुभएको छ। यो राजयोग हो। योग लगाएर तिमीले राज्य भाग्य पाउँछौ। ईश्वरले
तिमीलाई योग सिकाएर राज्य भाग्यको वर्सा दिनुहुन्छ। तिमीलाई राज्य कसले दिनुभयो?
बाबाले। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। बाबा र वर्सालाई याद गर, अनि पाप काटिँदै
जान्छन्। यो त धेरै सहज छ। तिम्रो बुद्धिमा कति ज्ञान छ। भगवानका बच्चाहरू मास्टर
भगवान भयौ। यहीँ बाबासँगै कहाँ बस्ने हो र। हामीले त पार्ट खेल्नु छ, यसमा
देहीअभिमानी बन्नु छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाबाले जुन ज्ञान दिनुहुन्छ, त्यसैको सदैव मन्थन गर्नु छ। युक्तिले कुरा गर्नु
छ। धेरै प्यारले सम्झाउनु छ।
२) आफूसँग जे जति छ,
त्यो जीवन छँदै बाबालाई दिएर ट्रस्टी बनेर एक बाबालाई याद गर्नु छ।
वरदान:–
देह अभिमानको
मैपनको सम्पूर्ण आहुति दिने धारणा स्वरूप भव
सङ्कल्प र स्वप्नमा
पनि देह अभिमानको मैपन भएन, अनादि आत्मिक स्वरूपको स्मृति रह्यो, बाबा बाबाको अनहद
शबद निस्किरह्यो भने भनिन्छ धारणा स्वरूप, सच्चा ब्राह्मण। मैपन अर्थात् पुरानो
स्वभाव, संस्काररूपी सृष्टिलाई तिमी ब्राह्मणहरूले यस महायज्ञमा स्वाहा गरेपछि यस
पुरानो सृष्टिको आहुति हुन्छ। त्यसैले जसरी यज्ञ रच्नको निमित्त बनेका छौ, त्यसैगरी
अब अन्तिम आहुति दिएर समाप्तिको पनि निमित्त बन।
स्लोगन:–
स्वयंबाट,
सेवाबाट र सबैबाट सन्तुष्टताको सर्टिफिकेट लिनु नै सिद्धिस्वरूप बन्नु हो।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
योगी जीवनको उच्च
मन्जिल प्राप्त गर्ने आत्माहरू निन्दालाई स्तुतिमा, ग्लानिलाई महिमामा, तिरस्कारलाई
सत्कारमा, अपमानलाई स्वाभिमानमा, अपकारलाई उपकारमा परिवर्तन गरेर बाबासमान सदा बीजयी,
अष्ट रत्न र भक्तहरूको इष्ट बन। यो भावना नराख त्यो पनि त केही परिवर्तन होस्, अनि
म परिवर्तन हुन्छु, यो लिने भावना हो। मैले भाइब्रेसन दिनु छ। म रहमदिल बन्नु छ।
मैले गुणहरूको, शक्तिहरूको सहयोग दिनु छ, यसमा मास्टर दाता, विशालदिलको बन।