28.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो प्यार विनाशी शरीरहरूसँग हुनुहुँदैन , एक विदेहीसँग प्यार गर , देहलाई देख्दा पनि नदेख।”

प्रश्न:–
बुद्धिलाई स्वच्छ बनाउने पुरुषार्थ के हो? स्वच्छ बुद्धिको निसानी के हुन्छ?

उत्तर:–
देहीअभिमानी बन्नाले नै बुद्धि स्वच्छ बन्छ। यस्ता देहीअभिमानी बच्चाहरूले आफूलाई आत्मा सम्झेर एक बाबालाई प्यार गर्छन्। बाबाबाटै सुन्छन्। तर जो मूढमति (मन्दमति) छन्, उनीहरूले देहलाई प्यार गर्छन्, देहलाई नै सिँगार गरिरहन्छन्।

ओम् शान्ति ।
ओम् शान्ति कसले भन्नुभयो र कसले सुन्यो? अरू सत्सङ्गहरूमा त जिज्ञासुहरूले सुन्छन्। महात्मा वा गुरु आदिले सुनाए, यसो भन्छन्। यहाँ परमात्माले सुनाउनुभयो र आत्माले सुन्यो। नयाँ कुरा हो नि। देहीअभिमानी हुनुपर्छ। यहाँ पनि कति देह अभिमानी भएर बस्छन्। तिमी बच्चाहरू देहीअभिमानी भएर बस्नुपर्छ। म आत्मा यस शरीरमा विराजमान छु। शिवबाबाले हामीलाई सम्झाउनुहुन्छ, यो बुद्धिमा राम्ररी याद रहनुपर्छ। म आत्माको कनेक्सन परमात्मासँग छ। परमात्मा आएर यस शरीरद्वारा सुनाउनुहुन्छ, यो शरीर दलाल भयो। तिमीलाई सम्झाउने उहाँ हुनुहुन्छ। यिनलाई पनि वर्सा उहाँले दिनुहुन्छ। त्यसैले बुद्धि उतातिर जानुपर्छ। सम्झ कुनै पिताका ५-७ बच्चा रहेछन्, तिनीहरूको बुद्धियोग पितातिर हुन्छ नि किनकि पिताबाट वर्सा मिल्नुछ। भाइबाट वर्सा मिल्दैन। वर्सा सदैव पिताबाट मिल्छ। आत्मालाई आत्माबाट वर्सा मिल्दैन। तिमीलाई थाहा छ आत्माको रूपमा हामी सबै भाइ भाइ हौँ। हामी सबै आत्माहरूको कनेक्सन एक परमपिता परमात्मासँग छ। उहाँ भन्नुहुन्छ– म एकलाई याद गर। म एकसँग मात्रै प्रीत राख। रचनासँग प्रीत नराख। देहीअभिमानी बन। मबाहेक अरू कुनै देहधारीलाई याद गर्यौ भने यसलाई भनिन्छ देह अभिमान। ठीकै छ, यी देहधारी तिम्रो अगाडि छन् तर तिमीले यिनलाई नदेख। बुद्धिमा याद उहाँको रहनुपर्छ। उनीहरूले त केवल भन्नका लागि मात्र भाइ भाइ भनिदिन्छन्, अहिले तिमीलाई थाहा छ– हामी आत्मा हौँ, परमपिता परमात्माका सन्तान हौँ। वर्सा परमात्मा बाबाबाट मिल्छ। उहाँ बाबा भन्नुहुन्छ– तिम्रो लभ म एकसँग हुनुपर्छ। म स्वयं नै आएर तिमी आत्माहरूको मसँग मगनी गराउँछु, देहधारीसँग होइन। अरू जे जति सम्बन्ध छन्, ती देहका, यहाँका सम्बन्ध हुन्। यस समयमा तिमी देहीअभिमानी बन्नुछ। हामी आत्माहरूले बाबाबाट सुन्छौँ, बुद्धि बाबातिर जानुपर्छ। बाबा यिनको छेउमा बसेर हामीलाई ज्ञान दिनुहुन्छ। उहाँले शरीर लोनमा लिनुभएको छ। आत्मा यस शरीर रूपी घरमा आएर पार्ट खेल्छ। मानौँ उसले आफूलाई घरमै नजरबन्द गरिदिन्छ– पार्ट खेल्नका लागि। आत्मा त छ स्वतन्त्र। तर यसमा प्रवेश गरेर आफूलाई यस घरमा बन्द गरेर पार्ट खेल्छ। आत्माले नै एउटा शरीर छोडेर अर्को लिन्छ, पार्ट खेल्छ। यस समयमा जे जति देहीअभिमानी रहन्छन्, उनीहरूले उच्च पद पाउँछन्। बाबाको शरीरमा पनि तिम्रो प्यार हुनुहुँदैन, अलिकति पनि हुनुहुँदैन। यो शरीर त कुनै कामको छैन। म यस शरीरमा प्रवेश गर्छु, केवल तिमीलाई सम्झाउनका लागि। यो हो रावणको राज्य, पराइ देश। रावणलाई जलाउँछन् तर बुझ्दैनन्। चित्र आदि जति पनि बनाउँछन्, तिनलाई जान्दैनन्। बिल्कुलै मूढमति छन्। रावण राज्यमा सबै मूढमति हुन्छन्। देह अभिमान हुन्छ नि। तुच्छ बुद्धि बनेका छन्। बाबा भन्नुहुन्छ– जो मूढमति हुन्छन्, उनीहरूले देहलाई याद गरिरहन्छन्, देहसँग प्यार गर्छन्। जो स्वच्छ बुद्धि हुन्छन्, उनीहरू त आफूलाई आत्मा सम्झेर परमात्मालाई याद गर्दै परमात्माबाट सुनिरहन्छन्, यसैमा मेहनत छ। यो त बाबाको रथ हो। धेरैको यिनैसँग प्यार हुन्छ। जस्तै हुसेनको घोडा, त्यसलाई कति सजाउँछन्। अब महिमा त हुसेनको हो नि। घोडाको त होइन। अवश्य मनुष्यको तनमा हुसेनको आत्मा आएको होला नि। उनीहरूले यी कुराहरूलाई बुझ्दैनन्। अहिले यसलाई भनिन्छ राजस्व अश्वमेध अविनाशी रुद्र ज्ञान यज्ञ। अश्व नाम सुनेर उनीहरूले फेरि घोडा सम्झिए, त्यसलाई स्वाहा गर्छन्। यी सब कथाहरू हुन् भक्तिमार्गका। अहिले तिमीलाई हसिन (सुन्दर) बनाउने मुसाफिर (यात्री) त यिनी हुन् नि।

अहिले तिमीलाई थाहा छ– हामी पहिला गोरा थियौँ फेरि काला बनेका छौँ। जुन आत्माहरू पहिला सुरुमा आउँछन्, ती पहिला सतोप्रधान हुन्छन् फेरि सतो, रजो, तमोमा आउँछन्। बाबा आएर सबैलाई हसिन बनाइदिनुहुन्छ। जो पनि धर्म स्थापनाका लागि आउँछन्, ती सबै हसिन आत्माहरू हुन्छन्, पछि काम चितामा बसेर काला हुन्छन्। पहिला सुन्दर फेरि श्याम बन्छन्। यिनीहरू नम्बरवनमा पहिला सुरुमा आउँछन् त्यसैले सबैभन्दा ज्यादा सुन्दर बन्छन्। यिनी (लक्ष्मी-नारायण) जस्तो नेचुरल सुन्दर त कोही हुन सक्दैन। यो ज्ञानको कुरा हो। हुन त, क्रिस्चियनहरू भारतवर्षका भन्दा सुन्दर (गोरा) छन् किनकि उनीहरू त्यताका बासिन्दा हुन् तर सत्ययुगमा त नेचुरल ब्युटी हुन्छ। आत्मा र शरीर दुवै सुन्दर हुन्छन्। यस समयमा सबै पतित काला छन् फेरि बाबा आएर सबैलाई सुन्दर बनाउनुहुन्छ। पहिला सतोप्रधान पवित्र हुन्छन् फेरि ओर्लँदै-ओर्लँदै काम चितामा बसेर काला हुन्छन्। अब बाबा आउनुभएको छ सबै आत्माहरूलाई पवित्र बनाउन। बाबालाई याद गर्नाले नै तिमी पावन बन्छौ। त्यसैले याद गर्नुछ एकलाई। देहधारीसँग प्रीत गर्नुछैन। बुद्धिमा यो रहोस्– हामी एक बाबाका हौँ, उहाँ नै सबथोक हुनुहुन्छ। यी आँखाले देखिने जति पनि छन्, ती सबै विनाश हुन्छन्। यी आँखाहरू पनि खतम हुन्छन्। परमपिता परमात्मालाई त त्रिनेत्री भनिन्छ। उहाँको ज्ञानको तेस्रो नेत्र छ। त्रिनेत्री, त्रिकालदर्शी, त्रिलोकीनाथ यी टाइटल उहाँलाई मिलेका छन्। अहिले तिमीलाई तीनै लोकको ज्ञान छ फेरि यो गुम हुन्छ, जसमा ज्ञान छ उहाँले नै आएर दिनुहुन्छ। तिमीलाई बाबाले ८४ जन्मको ज्ञान सुनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। म यस शरीरमा प्रवेश गरेर आएको छु तिमीलाई पावन बनाउन। मलाई याद गर्नाले नै पावन बन्छौ अरू कसैलाई याद गर्यौ भने सतोप्रधान बन्न सक्दैनौ। पाप काटिएन भने भनिन्छ– विनाश काले विपरीत बुद्धि विनशन्ती। मनुष्य त धेरै अन्धश्रद्धामा छन्। देहधारीहरूमा नै मोह गर्छन्। अब तिमी देहीअभिमानी बन्नुछ। एकमा नै मोह राख्नुछ। अरू कोहीमा मोह छ भने मानौँ बाबासँग विपरीत बुद्धि छन्। बाबाले कति सम्झाउनुहुन्छ– म बाबालाई नै याद गर, यसैमा मेहनत छ। तिमीले भन्छौ पनि– आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्। बाबाले नै पावन बनाउनुहुन्छ। तिमी बच्चाहरूलाई ८४ जन्मको हिस्ट्री-जोग्राफी बाबाले नै सम्झाउनुहुन्छ। त्यो त सहज छ नि। बाँकी यादको सब्जेक्ट नै कठिनभन्दा कठिन छ। बाबासँग योग लगाउनमा कोही पनि होसियार छैनन्।

जुन बच्चा यादमा होसियार छैनन्, उनीहरू पण्डित जस्तै हुन्। ठीकै छ ज्ञानमा जतिसुकै होसियार होऊन्, यादमा रहँदैनन् भने तिनीहरू पण्डित हुन्। बाबाले पण्डितको एउटा कहानी सुनाउनुहुन्छ नि। जसलाई सुनाइयो, ऊ त परमात्मालाई याद गरेर पार भयो। पण्डितको दृष्टान्त पनि तिम्रो लागि हो। बाबालाई तिमीले याद गर्यौ भने पार हुन्छौ। केवल मुरलीमा तीक्ष्ण भयौ भने मात्रै पार जान सक्दैनौ। याद बिना विकर्म विनाश हुँदैनन्। यी सबै दृष्टान्त बनाइएका छन्। बाबा बसेर यथार्थ रीतिले सम्झाउनुहुन्छ। तिनलाई निश्चय भयो। एउटै कुरा समात्यो– परमात्मालाई याद गर्नाले पार भइन्छ। केवल ज्ञान छ, योग छैन भने उच्च पद पाउन सक्दैनन्। यस्ता धेरै छन्, जो यादमा रहँदैनन्, मूल कुरा नै यादको हो। धेरै राम्रा राम्रा सेवाधारीहरू छन्, तर बुद्धियोग ठीक छैन भने फस्छन्। योगमा रहने कहिल्यै देह अभिमानमा फस्दैन, तिनमा अशुद्ध सङ्कल्प आउँदैनन्। यादमा कच्चा छन् भने तुफान आउँछन्। योगले कर्मेन्द्रियहरू एकदम वश हुन्छन्। बाबाले सही र गलतलाई बुझ्ने बुद्धि पनि दिनुहुन्छ। अरूको देहतिर बुद्धि जाँदा विपरीत बुद्धि विनशन्ती हुन्छन्। ज्ञान भिन्नै हो, योग भिन्नै हो। योगले हेल्थ, ज्ञानले वेल्थ मिल्छ। योगले शरीरको आयु बढ्छ, आत्मा त ठुलो-सानो हुँदैन। आत्माले भन्छ– मेरो शरीरको आयु लामो हुन्छ। अहिले आयु छोटो छ फेरि आधाकल्पको लागि शरीरको आयु लामो हुन्छ। हामी तमोप्रधानबाट सतोप्रधान बन्छौँ। आत्मा पवित्र बन्छ, सबै कुरा आत्मालाई पवित्र बनाउनुमा आधारित छ। पवित्र बन्दैनौ भने पद पनि पाउँदैनौ।

मायाले चार्ट राख्नमा बच्चाहरूलाई अल्छी बनाइदिन्छ। बच्चाहरूले धेरै सोखले यादको यात्राको चार्ट राख्नुपर्छ। हेर्नुपर्छ– हामी बाबालाई याद गर्छौँ वा अरू कुनै मित्र-सम्बन्धी आदितिर बुद्धि जान्छ। सारा दिनमा कसको याद रह्यो अथवा प्रीत कसैसँग रह्यो, कति टाइम वेस्ट गर्यौ? आफ्नो चार्ट राख्नुपर्छ। तर कसैमा तागत छैन जसलेरेग्युलर चार्ट राख्न सक्छन्। कोही कोही विरलैले मात्र चार्ट राख्न सक्छन्। मायाले पूरा चार्ट राख्न दिँदैन, एकदम अल्छी बनाइदिन्छ। जाँगर निस्किन्छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। म त सबै प्रियतमाहरूको प्रियतम हुँ। त्यसैले प्रियतमलाई याद गर्नुपर्छ नि। प्रियतम बाबा भन्नुहुन्छ– तिमीले आधाकल्प याद गर्यौ, अब म भन्छु– मलाई याद गर जसबाट विकर्म विनाश होऊन्। यस्ता बाबा जो सुखदाता हुनुहुन्छ, उहाँलाई कति याद गर्नुपर्छ। अरू त सबै दुःख दिनेहरू हुन्। उनीहरू कोही काम लाग्नेवाला छैनन्। अन्त्य समयमा एक परमात्मा बाबा मात्रै काम आउनुहुन्छ। अन्त्यको समय एक हदको हुन्छ, अर्को बेहदको हुन्छ।

बाबा सम्झाउनुहुन्छ– राम्रो रीतिले याद गरिरह्यौ भने अकालमा मृत्यु हुँदैन। तिमीलाई अमर बनाइदिनुहुन्छ। पहिला त बाबासँग प्रीत बुद्धि चाहिन्छ। कसैको पनि शरीरसँग प्रीत भयो भने ढल्छन्। फेल हुन्छन्। चन्द्रवंशीमा जान्छन्। स्वर्ग सत्ययुगी सूर्यवंशी राजधानीलाई नै भनिन्छ। त्रेतालाई पनि स्वर्ग भनिँदैन। जसरी द्वापर र कलियुग छ त्यसरी नै कलियुगलाई रौरव नर्क, तमोप्रधान भनिन्छ। द्वापरलाई त्यति भनिँदैन फेरि तमोप्रधानबाट सतोप्रधान बन्नका लागि याद चाहिन्छ। आफै पनि बुझ्छन्– हाम्रो फलानोसँग धेरै प्रीत छ, त्यसको आधार बिना हाम्रो कल्याण हुँदैन। अब यस्तो हालतमा यदि मरिहाले भने के हुन्छ। विनाश काले विपरीत बुद्धि विनशन्ती। सानो पद पाउँछन्।

आजकाल दुनियाँमा फेसनको पनि धेरै ठुलो समस्या छ। आफूप्रति आकर्षित गर्नका लागि शरीरलाई कति टिपटप बनाउँछन्। अब बाबा भन्नुहुन्छ– बच्चे, कसैको पनि नाम-रूपमा नफस। लक्ष्मी-नारायणको ड्रेस हेर कस्तो रोयल छ। त्यो हो नै शिवालय, यसलाई भनिन्छ वेश्यालय। यी देवताहरूको अगाडि गएर भन्छन्– हामी वेश्यालयका बासिन्दा हौँ। आजकाल त फेसनको यस्तो समस्या छ, सबैको नजर गइहाल्छ, फेरि समातेर भगाएर लैजान्छन्। सत्ययुगमा त काइदा अनुसारको चलन हुन्छ। त्यहाँ त नेचुरल ब्युटी हुन्छ नि। अन्धश्रद्धाको कुरा हुँदैन। यहाँ त देख्नासाथ दिल लाग्यो भने फेरि अरू धर्मकासँग पनि विवाह गर्छन्। अहिले तिम्रो ईश्वरीय बुद्धि छ, पत्थरबुद्धिबाट पारसबुद्धि बाबाबाहेक अरू कसैले बनाउन सक्दैन। त्यो हो नै रावण सम्प्रदाय। तिमी अहिले राम सम्प्रदाय बनेका छौ। पाण्डव र कौरव एउटै सम्प्रदायका थिए, बाँकी यादव हुन् युरोपवासी। गीताबाट कसैले पनि यादव युरोपवासी हुन् भन्ने बुझ्दैनन्। उनीहरूले त यादव सम्प्रदायका पनि यहीँ छन् भनिदिन्छन्। बाबा बसेर सम्झाउनुहुन्छ– यादव हुन् युरोपवासी, जसले आफ्नो विनाशका लागि यी मुसल (मिसाइल) आदि बनाएका छन्। पाण्डवहरूको विजय हुन्छ, उनीहरू गएर स्वर्गका मालिक बन्छन्। परमात्माले नै आएर स्वर्गको स्थापना गर्नुहुन्छ। शास्त्रहरूमा त देखाइएको छ– पाण्डव गलेर मरे फेरि के भयो? केही पनि समझ छैन। पत्थरबुद्धि छन् नि। ड्रामाको रहस्यलाई अलिकति पनि कसैले जान्दैनन्। बाबाकहाँ बच्चाहरू आउँछन्, भन्छु– ठीकै छ, गरगहना (जेवर) आदि लगाऊ। भन्छन्– बाबा यहाँ गरगहनाले कहाँ शोभा दिन्छ र! पतित आत्मा, पतित शरीरलाई गरगहनाले के शोभा दिन्छ! त्यहाँ स्वर्गमा त हामी यी गरगहनाआदिले सजिएका हुन्छौँ। अथाह धन हुन्छ। सबै सुखी नै सुखी हुन्छन्। हुन त, त्यहाँ फिल हुन्छ– यी राजा हुन्, हामी प्रजा हौँ। तर दुःखको कुरा हुँदैन। यहाँ अनाज आदि मिल्दैन, त्यसैले मनुष्य दुःखी हुन्छन्। त्यहाँ त सबैथोक मिल्छ। दुःख शब्द मुखबाट निस्किँदैन। नाम नै हो स्वर्ग। युरोपियनहरूले त्यसलाई प्याराडाइज भन्छन्। सम्झन्छन्– त्यहाँ देवी-देवताहरू रहन्थे त्यसैले उनीहरूका चित्र पनि धेरै खरिद गर्छन्। तर त्यो स्वर्ग फेरि कहाँ गयो– यो कसैलाई थाहा छैन। तिमीलाई अहिले थाहा छ– यो चक्र कसरी घुम्छ। नयाँबाट पुरानो, पुरानोबाट फेरि नयाँ दुनियाँ बन्छ। देहीअभिमानी बन्नमा ठुलो मेहनत छ। तिमी देहीअभिमानी बन्यौ भने यी अनेक बिमारी आदिबाट छुट्न सक्छौ। बाबालाई याद गर्यौ भनेउच्च पद पाउँछौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि देहधारीलाई आफ्नो आधार बनाउनुछैन। शरीरहरूसँग प्रीत राख्नुछैन। दिलको प्रीत एक बाबासँग राख्नुछ। कसैको नाम-रूपमा फस्नुछैन।

२) सोखले यादको चार्ट राख्नुछ, यसमा अल्छी बन्नुछैन। चार्टमा हेर्नु छ– मेरो बुद्धि कतातिर जान्छ? कति समय व्यर्थ गुमाउँछु? सुखदाता बाबाको याद कति समय रहन्छ?

वरदान:–
गृहस्थ व्यवहार र ईश्वरीय व्यवहार दुवैको समानताद्वारा सदा हल्का र सफल भव

सबै बच्चाहरूलाई शरीर निर्वाह र आत्म निर्वाहको डबल सेवा मिलेको छ। तर दुवै सेवाहरूमा समयको, शक्तिहरूको समान अटेन्सन चाहिन्छ। यदि श्रीमतको काँटा ठीक छ भने दुवै साइड समान हुन्छन्। तर गृहस्थ शब्द भन्नासाथ गृहस्थी बन्यौ भने बहानाबाजी सुरु हुन्छ। त्यसैले गृहस्थी होइन ट्रस्टी हौँ, यस स्मृतिले गृहस्थ व्यवहार र ईश्वरीय व्यवहार दुवैमा समानता राख्यौ भने सदा हल्का र सफल रहन्छौ।

स्लोगन:–
फस्ट डिभिजनमा आउनका लागि कर्मेन्द्रियजित, मायाजित बन।