28.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफ्नो
उन्नतिको लागि दिनहुँ राति सुत्नुअघि आफ्नो पोतामेल हेर , चेक गर– मैले सारा दिनमा
कसैलाई दुःख त दिइनँ ?”
प्रश्न:–
महान्
सौभाग्यशाली बच्चाहरूमा कुन बहादुरी हुन्छ?
उत्तर:–
जो महान्
सौभाग्यशाली छन् उनीहरू स्त्री-पुरुष साथमा रहेरै भाइ भाइ भएर रहन्छन्।
स्त्री-पुरुषको भान हुँदैन। पक्का निश्चयबुद्धि हुन्छन्। महान् सौभाग्यशाली
बच्चाहरूले तुरुन्तै बुझ्छन्– हामी पनि स्टुडेन्ट, यिनी पनि स्टुडेन्ट, भाइ-बहिनी
भयौँ। तर यो बहादुरी तब चल्न सक्छ जब आफूलाई आत्मा सम्झन्छन्।
गीत:–
मुखडा देख ले
प्राणी...
ओम् शान्ति ।
यो कुरा
दिनदिनै बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– सुत्नेबेलामा आफ्नो पोतामेल (चार्ट) हेर–
कसैलाई दुःख त दिइनँ? कति समय बाबालाई याद गरें? मूल कुरा यही हो। गीतमा पनि भनिन्छ
आफू भित्र हेर– म कति तमोप्रधानबाट सतोप्रधान बनेको छु? सारा दिनमा आफ्नो मीठा
बाबालाई कति समय याद गरेँ? कुनै पनि देहधारीलाई याद गर्नुछैन। सबै आत्माहरूलाई
भनिन्छ– आफ्नो बाबालाई याद गर। अब फर्केर जानुछ। कहाँ जानुछ? शान्तिधाम भएर नयाँ
दुनियाँमा जानुछ। यो त पुरानो दुनियाँ हो नि। जब बाबा आउनुहुन्छ तब स्वर्गका द्वार
खुल्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी सङ्गमयुगमा बसेका छौँ। यो पनि
आश्चर्य छ जो सङ्गमयुगमा आएर स्टिमरमा बसेर फेरि उत्रिन्छन्। अहिले आएर तिमी
सङ्गमयुगमा पुरुषोत्तम बन्नको लागि पार जानको लागि डुङ्गामा बसेका छौ। फेरि पुरानो
कलियुगी दुनियाँबाट मन हटाउनुपर्ने हुन्छ। यो शरीरद्वारा केवल पार्ट खेल्नुपर्ने
हुन्छ। अब हामी बडो खुसीले फर्केर जानुछ। मनुष्यहरूले मुक्तिको लागि कति मेहनत
गर्छन् तर मुक्ति-जीवनमुक्तिको अर्थ बुझ्दैनन्। केवल शास्त्रका वचनहरू सुनेका छन्
तर त्यो के चिज हो, त्यो ज्ञान कसले दिनुहुन्छ, कहिले दिनुहुन्छ, यो केही पनि थाहा
छैन। तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुहुन्छ मुक्ति-जीवनमुक्तिको वर्सा दिनको लागि।
त्यो पनि कुनै एक पटक कहाँ हो र, अनेक पटक। बेहद पटक तिमी मुक्तिबाट जीवनमुक्ति फेरि
जीवन बन्धनमा आएका छौ। तिमीलाई अहिले यो ज्ञान भएको छ– म आत्मा हुँ, बाबाले हामी
बच्चाहरूलाई धेरै शिक्षा दिनुहुन्छ। तिमीले भक्तिमार्गमा दुःखमा याद गर्थ्यौ, तर
पहिचान गर्न सकेका थिएनौ। अहिले मैले तिमीलाई आफ्नो पहिचान दिएको छु– कसरी मलाई याद
गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। अहिलेसम्म कति विकर्म भए, त्यो कुरा आफ्नो
पोतामेल राख्नाले थाहा हुन्छ। जो सर्भिसमा लागिरहन्छन् उनीहरूलाई थाहा हुन्छ,
बच्चाहरूलाई सर्भिसको सोख हुन्छ। आपसमा मिलेर सल्लाह गरेर सर्भिसमा निस्कन्छन्,
मनुष्यहरूको जीवन हीरासमान बनाउन। यो कति पुण्यको कार्य हो। यसमा खर्च आदिको पनि
कुनै कुरा छैन। केवल हीरासमान बन्नको लागि बाबालाई याद गर्नुछ। पुखराज परी, सब्ज परी
पनि जुन नाम छन्, ती तिमी हौ। जति यादमा रहन्छौ त्यति हीराजस्ता बन्छौ। कोही माणिक
जस्ता, कोही पुखराजजस्ता बन्छन्। ९ रत्न हुन्छन् नि। कुनै ग्रहदशा लागेको छ भने ९
रत्नको औँठी लगाउँछन्। भक्तिमार्गमा धेरै उपाय दिन्छन्। यहाँ त सबै धर्मका लागि एउटै
विधि छ– मनमनाभव किनकि गड इज वन (ईश्वर एउटै हुनुहुन्छ)। मनुष्यबाट देवता बन्ने वा
मुक्ति-जीवनमुक्ति पाउने उपाय एउटै छ, केवल बाबालाई याद गर्नुछ, तकलिफको कुनै कुरा
छैन। सोच्नुपर्छ– मलाई याद किन टिक्दैन। सारा दिनमा यति थोरै किन याद गरेँ? यो
यादबाट हामी एभर हेल्दी, निरोगी बन्छौँ भने किन आफ्नो चार्ट राखेर उन्नति नगरौँ।
धेरै छन् जसले २-४ दिन चार्ट राखेर फेरि बिर्सन्छन्। जसलाई पनि सम्झाउन धेरै सहज
हुन्छ। नयाँ दुनियाँलाई सत्ययुग र पुरानोलाई कलियुग भनिन्छ। कलियुग परिवर्तन भएर
सत्ययुग हुन्छ। परिवर्तन हुन्छ त्यसैले त हामीले सम्झाइरहेका छौँ।
कति बच्चाहरूलाई यो
पनि पक्का निश्चय छैन कि उहाँ निराकार बाबा नै हामीलाई ब्रह्मा तनमा आएर
पढाइरहनुभएको छ। अरे ब्राह्मण हौ नि। ब्रह्माकुमार-कुमारी कहलाउँछौ, त्यसको अर्थ नै
के हो, वर्सा कहाँबाट मिल्छ! केही प्राप्ति हुने भएपछि नै एडप्सन हुन्छ। तिमी
ब्रह्माका बच्चा ब्रह्माकुमार-कुमारी किन बनेका हौ? साँच्चै बनेका हौ वा यसमा पनि
कसैलाई संशय हुन्छ? जो महान् सौभाग्यशाली बच्चाहरू छन् उनीहरू स्त्री-पुरुष साथमा
रहेरै भाइ भाइ भएर रहनेछन्। स्त्री-पुरुषको भान हुँदैन। पक्का निश्चयबुद्धि छैनन्
भने स्त्री-पुरुषको दृष्टि परिवर्तन हुन पनि समय लाग्छ। महान् सौभाग्यशाली
बच्चाहरूले तुरुन्तै बुझ्छन्– हामी पनि स्टुडेन्ट, यिनी पनि स्टुडेन्ट, भाइ-बहिनी
भयौँ। यो बहादुरी आफूलाई आत्मा सम्झेपछि मात्रै चल्न सक्छ। आत्माहरू त सबै भाइ भाइ
हुन्, फेरि ब्रह्माकुमार-कुमारी बनेपछि भाइ बहिनी हुन्छन्। कोही त बन्धनमुक्त पनि
छन्, तैपनि केही न केहीमा बुद्धि जान्छ। कर्मातीत अवस्था हुनमा समय लाग्छ। तिमी
बच्चाहरूभित्र धेरै खुसी हुनुपर्छ। कुनै पनि झन्झट छैन। हामी आत्माहरू अब पुरानो
शरीर आदि सबै छोडेर बाबाको पासमा जान्छौँ। मैले कति पार्ट खेलेको छु। अब चक्र पूरा
हुन्छ। आफूसँग यस्ता प्रकारका कुरा गर्नुपर्ने हुन्छ। जति कुरा गरिराख्छौ, त्यति
हर्षित पनि रहन्छौ र आफ्नो चालचलनलाई पनि हेरिरहन्छौ– कहाँसम्म म लक्ष्मी-नारायणलाई
वरण गर्न लायक बनेको छु? बुद्धिद्वारा बुझिन्छ– अब केही समयमा पुरानो शरीर छोड्नुछ।
तिमी कलाकार पनि हौ नि। आफूलाई कलाकार सम्झन्छौ। पहिला सम्झदैनथ्यौ, अहिले यो नलेज
मिलेको छ त्यसैले मनमा धेरै खुसी हुनुपर्छ। पुरानो दुनियाँबाट वैराग्य, घृणा
आउनुपर्छ।
तिमी बेहदका संन्यासी,
राजयोगी हौ। यो पुरानो शरीरको पनि बुद्धिले संन्यास गर्नुछ। आत्माले जान्दछ–
यिनीहरूसँग बुद्धि लगाउनुछैन। बुद्धिले यो पुरानो दुनियाँ, पुरानो शरीरको संन्यास
गरेको छ। अब हामी आत्माहरू जान्छौँ, गएर बाबासँग मिल्नेछौँ। त्यो पनि तब हुन्छ जब
एक बाबालाई याद गर्नेछौ। अरू कसैलाई याद गर्यौ भने उसको स्मृति अवश्य आउँछ। फेरि
सजाय पनि भोग्नुपर्छ र पद पनि भ्रष्ट हुन्छ। जो राम्रा राम्रा स्टुडेन्ट हुन्छन्
उनीहरूले आफूसँग प्रतिज्ञा गर्छन्– मैले स्कलरसिप लिएरै छोड्छु। त्यसैले यहाँ पनि
हरेकले यो ख्याल राख्नुछ– मैले बाबाबाट पूरा राज्य-भाग्य लिएरै छोड्छु। उनीहरूको
चलन पनि फेरि यस्तै हुन्छ। पछि गएर पुरुषार्थ गर्दा गर्दै ग्यालोप गर्नु (दौडनु) छ।
त्यो तब हुन्छ जब दिनहुँ साँझमा आफ्नो अवस्थालाई हेर्नेछौ। बाबाको पासमा समाचार त
हरेकको आउँछ नि। बाबाले हरेकलाई बुझ्न सक्नुहुन्छ, कसैलाई त भनिदिनुहुन्छ– तिमीमा
त्यो शक्ति देखिँदैन। यी लक्ष्मी-नारायण बन्ने जस्तो चेहरा देखिँदैन। चालचलन,
खानपान आदि त हेर। सर्भिस कति गरेका छौ! फेरि के बन्छौ! फेरि मनले सोच्छन्– हामीले
केही गरेर देखाऔँ। यसमा हरेकले स्वतन्त्र रूपमा आफ्नो तकदिर उच्च बनाउनको लागि
पढ्नुछ। यदि श्रीमतमा चल्दैनौ भने फेरि त्यति उच्च पद पनि पाउन सक्दैनौ। अहिले पास
भएनौ भने कल्पकल्पान्तर हुँदैनौ। तिमीलाई सबै साक्षात्कार हुन्छ– म कुन पद पाउन
लायक छु? आफ्नो पदको पनि साक्षात्कार गरिराख्नेछौ। सुरुमा पनि साक्षात्कार गर्थ्यौ
फेरि बाबाले सुनाउनको लागि मनाही गर्नुहुन्थ्यो। अन्त्यमा सबै थाहा हुन्छ– म के
बन्छु, तर त्यो बेला फेरि केही गर्न सकिँदैन। कल्पकल्पान्तर यो हालत हुन्छ। डबल
सिरताज, डबल राज्य-भाग्य पाउन सक्दैनौ। अहिले पुरुषार्थ गर्ने मार्जिन धेरै छ,
त्रेताको अन्त्यसम्म १६१०८ को ठुलो माला बन्नुछ। यहाँ तिमी आएका नै हौ नरबाट नारायण
बन्ने पुरुषार्थ गर्न। जब सानो पदको साक्षात्कार हुन्छ तब त्यस समयमा मानौँ घृणा
आउन लाग्छ। चेहरा निहुरिन्छ। मैले त केही पनि पुरुषार्थ गरिनँ। बाबाले कति
सम्झाउनुभयो– चार्ट राख, यो गर, त्यसैले बाबाले भन्नुहुन्थ्यो– जति पनि बच्चाहरू
आउँछन् ती सबैका फोटा राखियुन्। ठीकै छ ग्रुपकै फोटो होस्। पार्टीहरू लिएर आउँछौ
नि। फेरि त्यसमा डेट आदि सबै लेखिएको होस्। फेरि बाबाले बताइरहनुहुनेछ को गिर्यो?
बाबाको पासमा समाचार त सबै आउँछन्, बताइरहनुहुनेछ। कतिलाई मायाले तानेर लग्यो। खतम
भए। बच्चीहरू पनि धेरै गिर्छन्। एकदम दुर्गति पाउँछन्, कुरै नसोध। त्यसैले बाबाले
भन्नुहुन्छ– प्यारा बच्चाहरू! खबरदार रहने गर। मायाले कुनै न कुनै रूप धारण गरेर
समात्छ। कसैको नाम-रूपतिर हेर्दै नहेर। हुन त यी आँखाले देख्छौ तर बुद्धिमा एक
बाबाको याद हुनुछ। तेस्रो नेत्र मिलेको छ, यसकारण कि बाबालाई नै हेर र याद गर। देह
अभिमानलाई छोड्दै जाऊ। यस्तो पनि होइन आँखाले निहुरेर कसैसँग कुरा गर्नुछ। यस्तो
कमजोर बन्नुछैन। देख्दा पनि बुद्धिको योग आफ्नो प्रिय माशुकतिर होस्। यो दुनियाँलाई
देखेर पनि मनमा सम्झन्छन्– यो त कब्रिस्तान हुनुछ। यिनीहरूसँग के कनेक्सन राख्ने।
तिमीलाई ज्ञान मिल्छ, त्यसलाई धारण गरेर त्यसमा चल्नुछ।
तिमी बच्चाहरूले
प्रदर्शनी आदि सम्झाउँदा हजार पटक मुखबाट बाबा बाबा निस्कनुपर्छ। बाबालाई याद
गर्नाले तिमीलाई कति फाइदा हुन्छ। शिवबाबाले भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने
विकर्म विनाश हुन्छन्। शिवबाबालाई याद गर्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ।
बाबाले भन्नुहुन्छ– मलाई याद गर। यो नबिर्स। बाबाको डाइरेक्सन मिलेको छ– मनमनाभव।
बाबाले भन्नुभएको छ– यो ‘बाबा’ शब्द खुब राम्रोसँग अभ्यास गरिराख। सारा दिन
बाबा-बाबा भनिराख्नुपर्छ। अर्को कुनै कुरा छैन। नम्बर वन मुख्य कुरा नै यही हो।
पहिला बाबालाई चिन, यसैमा कल्याण छ। यो ८४ को चक्र बुझ्न त धेरै सहज छ। बच्चाहरूलाई
प्रदर्शनीमा सम्झाउने धेरै सोख हुनुपर्छ। कहीँ मैले सम्झाउन सक्दिनँ भन्ने देख्यौ
भने भन्न सक्छौ– मैले आफ्नो ठुली दिदीलाई बोलाउँछु किनकि यो पनि पाठशाला हो नि। यसमा
कसैले कम, कसैले धेरै पढ्छन्। यो भनाइमा देह अभिमान आउनुहुँदैन। जहाँ ठुलो सेन्टर छ
त्यहाँ प्रदर्शनी पनि लगाइदिनुपर्छ। चित्र राखिएको होस्– गेट वे टु हेभन। अब
स्वर्गका द्वार खुलिरहेका छन्। भविष्यमा हुने त्यो लडाइँभन्दा पहिला नै आफ्नो वर्सा
लेऊ। जसरी मन्दिरमा दिनहुँ जानुपर्ने हुन्छ, त्यसरी नै तिम्रो पछाडिपट्टी पाठशाला
छ। चित्र राखिइएको छ भने सम्झाउन सहज हुन्छ। कोसिस गर– हामीले आफ्नो पाठशालालाई
चित्रशाला कसरी बनाउने? रौनक भयो भने मनुष्यहरू आउँछन्। बैकुण्ठ जाने मार्ग, एक
सेकेन्डमा बुझ्ने मार्ग। बाबाले भन्नुहुन्छ– तमोप्रधान त कोही बैकुण्ठमा जान सक्दैन।
नयाँ दुनियाँमा जानको लागि सतोप्रधान बन्नुछ, यसमा केही पनि खर्च छैन। न कुनै
मन्दिर वा चर्च आदिमा जाने आवश्यकता छ। याद गर्दा गर्दै पवित्र बनेर सीधै गइन्छ
स्वीट होम। मैले ग्यारेन्टी गर्छु– तिमी इमप्योरबाट प्योर यसरी बन्छौ। गोलाको
चित्रमा गेट ठुलो हुनुपर्छ। स्वर्गको गेट कसरी खुल्छ। कति क्लियर छ। नर्कको गेट
बन्द हुनुछ। स्वर्गमा नर्कको नाम हुँदैन। कृष्णलाई कति याद गर्छन्। तर यो कसैलाई
थाहा हुँदैन– उनी कहिले आउँछन्, केही पनि जान्दैनन्। बाबालाई नै चिन्दैनन्। भगवानले
हामीलाई फेरि राजयोग सिकाउनुहुन्छ– यो याद रह्यो भने पनि कति खुसी हुन्छ। यो पनि
खुसी रहोस्– हामी गड फादरली स्टुडेन्ट हौँ। यो किन बिर्सनुपर्यो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सारा दिन मुखबाट बाबा बाबा निस्किरहनुछ, कम्तीमा प्रदर्शनी आदि सम्झाउँदा मुखबाट
हजार पटक बाबा-बाबा निस्कनुछ।
२) यी आँखाले सबै कुरा
देख्दा पनि एक बाबाको यादमा रहनुछ, आपसमा कुरा गर्दा तेस्रो नेत्रद्वारा आत्मालाई र
आत्माको पितालाई हेर्ने अभ्यास गर्नुछ।
वरदान:–
हर सेकेन्ड र
सङ्कल्पलाई अमूल्य रीतिले व्यतीत गर्ने अमूल्य रत्न भव
सङ्गमयुगको एक
सेकेन्डको पनि धेरै ठुलो भ्यालु छ। जसरी एकको लाख गुणा बन्छ त्यसरी नै यदि एक
सेकेन्ड पनि व्यर्थ गयो भने लाख गुणा व्यर्थ जान्छ। त्यसैले यति अटेन्सन राख्यौ भने
अलबेलापन समाप्त हुन्छ। अहिले त कोही हिसाब लिनेवाला छैन तर केही समयपछि पश्चाताप
हुन्छ किनकि यो समयको धेरै भ्यालु छ। जसले आफ्नो हर सेकेन्ड, हर सङ्कल्पलाई अमूल्य
रीतिले व्यतीत गर्छन् उनै अमूल्य रत्न बन्छन्।
स्लोगन:–
जो सदैव
योगयुक्त छन् उनीहरू सहयोगको अनुभव गर्दै विजयी बन्छन्।