28.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
ले ड्रामाको गुप्त रहस्यलाई जान्दछौ यो सङ्गमयुग नै चढ्तीकलाको युग हो , सत्ययुगदेखि
लिएर कलाहरू कम हुँदै जान्छन्।”
प्रश्न:–
सबैभन्दा
उत्तम सेवा कुन हो र त्यो सेवा कसले गर्नुहुन्छ?
उत्तर:–
विश्वलाई
स्वर्ग बनाउनु, रङ्क (गरिब) लाई राव (राजा) बनाउनु, पतितलाई पावन बनाउनु– यो हो
सबैभन्दा उत्तम सेवा। यस्तो सेवा एक बाबाबाहेक अरू कसैले पनि गर्न सक्दैन। बाबाले
यस्तो महान् सेवा गर्नुभएको छ त्यसैले त बच्चाहरूले उहाँको इज्जत गर्छन्, सबैभन्दा
पहिला सोमनाथको मन्दिर बनाएर उहाँको पूजा गर्छन्।
गीत:–
आखिर वह दिन
आया आज....
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले यो गीत सुन्यौ। जसरी आत्मा गुप्त छ र शरीर प्रत्यक्ष छ, आत्मा यी
आँखाहरूले देख्न सकिँदैन, गुप्त (इन्कग्निटो) छ। छ पक्कै तर यस शरीरले ढाकिएको छ,
त्यसैले भनिन्छ आत्मा गुप्त छ। आत्माले स्वयम् भन्छ म निराकार हुँ, यहाँ साकारमा
आएर गुप्त बनेको छु। आत्माहरूको निराकारी दुनियाँ छ। त्यहाँ त गुप्त हुने कुरा
हुँदैन। परमपिता परमात्मा पनि त्यहीँ रहनुहुन्छ, उहाँलाई भनिन्छ– सर्वोच्च (सुप्रीम)।
उच्चभन्दा उच्च आत्मा। परभन्दा पर रहने परमपिता परमात्मा हुनुहुन्छ। बाबा
भन्नुहुन्छ– जसरी तिमी गुप्त छौ, म पनि गुप्त रूपमा आउनुपर्छ। म गर्भजेलमा आउँदिनँ।
मेरो नाम एउटै शिव चलिआएको छ। म यिनमा आउँछु तर मेरो नाम परिवर्तन हुँदैन। यिनको
आत्माको जुन शरीर छ, त्यसको नाम परिवर्तन हुन्छ। मलाई त सबै आत्माहरूको पिता शिव नै
भन्छन्। त्यसैले तिमी आत्माहरू यस शरीरमा गुप्त छौ। यस शरीरद्वारा कर्म गर्छौ। म पनि
गुप्त छु। तिमी बच्चाहरूलाई अहिलेयो ज्ञान मिलिरहेको छ म आत्मा यस शरीरले ढाकिएको
छु। आत्मा छ– गुप्त (इन्कग्निटो)। शरीर छ प्रत्यक्ष (कग्निटो)। म पनि अशरीरी हुँ।
बाबा गुप्त हुनुहुन्छ उहाँले यस शरीरद्वारा सुनाउनुहुन्छ। तिमी पनि गुप्त छौ, तिमीले
शरीरद्वारा सुन्छौ। तिमीलाई थाहा छ, बाबा आउनुभएको छ। बाबा आउनुहुन्छ विश्वलाई फेरि
गरिबबाट धनवान बनाउन। तिमीले भन्छौ हाम्रो देश गरिब छ। यो कुरा सबैलाई थाहा छ तर
उनीहरूलाई हाम्रो देश कहिले धनवान थियो, कसरी धनवान थियो यो कुरा केही पनि थाहा छैन।
तिमी बच्चाहरूलाई धेरै नसा छ– हाम्रो भारतवर्ष त धेरै धनवान थियो। त्यहाँ दुःखको
कुरा थिएन। सत्ययुगमा अर्को कुनै धर्म थिएन। एउटै देवीदेवता धर्म थियो, यो पनि
कसैलाई थाहा छैन। यो जुन विश्वको इतिहास-भूगोल छ, यो कसैलाई थाहा छैन। अहिले तिमीले
राम्रोसँग जानेकाछौ हाम्रो भारतवर्ष धेरै धनवान थियो। अहिले धेरै गरिब छ। अब फेरि
बाबा आउनुभएको छ धनवान बनाउन। भारतवर्ष सत्ययुगमा धेरै धनवान थियो, त्यतिबेला
देवीदेवताहरूको राज्य थियो, फेरि त्यो राज्य कहाँ गयो। यो कुरा कसैलाई थाहा छैन।
ऋषिमुनि आदिले पनि भन्छन् हामीले रचयिता र रचनालाई जान्दैनौँ। बाबा भन्नुहुन्छ–
सत्ययुगमा यी देवीदेवताहरूलाई रचयिता र रचनाको ज्ञान थिएन। आदि-मध्य-अन्त्यलाई
जान्दैनथे। उनीहरूलाई हामी सिँढी ओर्लेर रसातलमा जानेछौँ भन्ने ज्ञान भएको भए
बादसाहीको सुख पनि हुने थिएन। चिन्ता हुन्थ्यो।
अहिले तिमीलाई हामी
तमोप्रधानबाट सतोप्रधान कसरी बनौँ भन्ने चिन्ता भएको छ। हामी आत्माहरू जो निराकारी
दुनियाँमा रहन्थ्यौँ त्यहाँबाट फेरि कसरी सुखधाममा आयौँ– यो पनि ज्ञान हो। हामी
अहिले चढ्तीकलामा छौँ। यो ८४ जन्मको सिँढी हो, यसको बीचमा के हुन्छ, यो पनि तिमीलाई
थाहा छ। सत्ययुगमा त सबै आउनेछैनन्। ड्रामा अनुसार हरेक पात्रले नम्बरवार आआफ्नो
समयमा आएर पार्ट खेल्नेछन्।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ, गरिब निवाज कसलाई भनिन्छ, तर यो कुरा दुनियाँलाई थाहा छैन।
गीतमा पनि सुन्यौ– आखिर वह दिन आया आज... यो सबै हो भक्ति। भगवान कहिले आएर हामी
भक्तहरूलाई यस भक्तिमार्गबाट छुटाएर सद्गतिमा लैजानुहुन्छ, यो पनि बुझेका छौ।
रामराज्य, रावणराज्य कुन कुराको नाम हो, यो पनि कुनै मानिसलाई थाहा छैन। अहिले तिमी
बच्चाहरूले बुझेका छौ– बाबा फेरि यस शरीरमा आउनुभएको छ। शिवजयन्ती पनि मनाउँछन्
त्यसैले शिवबाबा पक्कै आउनुहुन्छ। यस्तो पनि भन्नुहुन्न म श्रीकृष्णको तनमा आउँछु,
होइन भन्नुहुन्न। बाबा भन्नुहुन्छ– श्रीकृष्णको आत्माले ८४ जन्म लिएको छ। जो पहिलो
नम्बरमा थियो ऊ अब अन्त्यमा छ, ततत्वम्। म त आउँछु नै साधारण तनमा। तिमीलाई आएर
बताउँछु, तिमीले कसरी ८४ जन्म भोग्छौ। यतिबेला त एक जनाले पनि आफूलाई देवता धर्मको
सम्झँदैनन् किनकि सत्ययुगलाई धेरै टाढा लगेका छन्। कल्पको अवधि लाखौँ वर्ष लेखिदिएका
छन्। वास्तवमा ड्रामाको इतिहास त धेरै छोटो छ। यसमा कुनै धर्मको ५०० वर्षको, कुनै
धर्मको २५०० वर्षको इतिहास छ। तिम्रो इतिहास छ– ५ हजार वर्षको। देवता धर्मका
आत्माहरू नै स्वर्गमा आउनेछन् अरू धर्म त आउँछन् नै पछि। देवता धर्मका आत्माहरू नै
अरू धर्महरूमा परिवर्तन (कन्भर्ट) भएका छन्। ड्रामा अनुसार फेरि पनि यसरी नै
परिवर्तन हुनेछन्। फेरि आआफ्नो धर्ममा फर्केर आउनेछन्।
बाबा सम्झाउनुहुन्छ
प्यारा बच्चाहरू! तिमी त विश्वका मालिक थियौ। तिमीले अहिले बुझेका छौ बाबाले
स्वर्गको स्थापना गर्नुहुन्छ भने हामी किन स्वर्गमा नहौँला। बाबाबाट हामीले पक्कै
स्वर्गको वर्सा लिनेछौँ। त्यसैले यसबाट सिद्ध हुन्छ यो हाम्रो धर्मको हो, जो देवता
होइनन् उनीहरू आउने नै छैनन्। भन्नेछन् पराइ धर्ममा किन जाऊँ। तिमी बच्चाहरूलाई थाहा
छ, सत्ययुग नयाँ दुनियाँमा देवताहरूलाई धेरै सुख थियो। सुनका महल थिए। सोमनाथको
मन्दिरमा कति सुन थियो। यस्तो कुनै अर्को मन्दिर हुँदैहुँदैन। त्यसमा धेरै हिरा
जुहारत थिए। बौद्ध आदिका कुनै हिरा जुहारतका महल हुँदैनन्। तिमी बच्चाहरूलाई जुन
बाबाले यति उच्च बनाउनुभएको छ उहाँको तिमीले कति इज्जत राखेका छौ। जसले राम्रो कर्म
गरेर जान्छन् उनीहरूको इज्जत राखिन्छ। अहिले तिमीलाई थाहा छ, सबैभन्दा राम्रो कर्म
पतितपावन बाबा आएर नै गरेर जानुहुन्छ। तिम्रो आत्माले भन्छ सबैभन्दा उत्तमभन्दा
उत्तम सेवा बेहदको बाबाले आएर गर्नुहुन्छ। हामीलाई गरिबबाट धनवान, भिखारीबाट
राजकुमार बनाइदिनुहुन्छ। जसले विश्वलाई स्वर्ग बनाउनुहुन्छ उहाँको पनि इज्जत कसैले
राख्दैनन्। तिमीलाई थाहा छ, उच्चभन्दा उच्च मन्दिर गायन गरिएको छ सोमनाथको, जुन
मन्दिर लुटेर लगे। लक्ष्मीनारायणको मन्दिरलाई कहिल्यै कसैले लुटेको छैन। सोमनाथको
मन्दिरलाई लुटेका छन्। भक्तिमार्गमा यी लक्ष्मीनारायण धेरै धनवान् हुन्छन्।
राजाहरूमा पनि नम्बरवार हुन्छन् नि! जो उच्च पदका हुन्छन् सानो पदकाले उनीहरूको
इज्जत गर्छन्। दरबारमा पनि नम्बरवार बस्छन्। बाबा त अनुभवी हुनुहुन्छ नि! यहाँको
दरबार हो पतित राजाहरूको। पावन राजाहरूको दरबार कस्तो होला! त्यतिबेला उनीहरूसँग
त्यति धन हुनेछ त्यसैले उनीहरूको दरबार पनि त्यति नै राम्रा हुनेछन्। अहिले तिमीलाई
थाहा भएको छ, बाबाले हामीलाई पढाइरहनुभएको छ, स्वर्गको स्थापना गराइरहनुभएको छ। हामी
स्वर्गका महाराजा-महारानी बन्छौँ फेरि हामी गिर्छौँ, त्यसपछी फेरि हामी नै सबैभन्दा
पहिला शिवबाबाको पुजारी बन्नेछौँ। जसले स्वर्गको मालिक बनाउनुभयो, हामीले उहाँको
पूजा गर्नेछौँ। उहाँले हामीलाई धेरै धनवान बनाउनुहुन्छ। अहिले हाम्रो देश कति गरिब
छ। पहिला यति गरिब थिएन। मानिसहरू धेरै खुसीमा हुन्थे। जुन जमिन ५०० रुपैयाँमा लिएका
थिए, त्यो आज ५ हजारमा पनि मिल्दैन। त्यहाँ त धरतीको मूल्य हुँदैन, जसलाई जति
चाहिन्छ त्यति लिन सक्छ। थुप्रै जमिन जमिन बाँझै हुनेछ। मीठा नदीका किनारमा तिम्रा
महल हुनेछन् नि! मानिसहरू धेरै कम हुनेछन्, प्रकृति दासी हुनेछ, फलफूल धेरै राम्रा
पाइनेछन्। अहिले तिमीले कति मेहनत गर्छौ। तर खडेरी परेछ भने अन्न उब्जिँदैन। त्यसैले
यो गीत सुनेपछी तिम्रो रोमाञ्च खडा हुनुपर्छ। बाबालाई गरिबनिवाज भन्छौ। अब अर्थ
बुझ्यौ नि! कसलाई धनवान बनाउनुहुन्छ? पक्कै पनि यहाँ जो आउँछन् उनीहरूलाई धनवान
बनाउनुहुनेछ नि! तिमी बच्चाहरूलाई थाहा छ, हामीलाई पावनबाट पतित बन्नमा ५ हजार वर्ष
लागेको छ। अहिले फेरि तुरुन्तै बाबाले पतितबाट पावन बनाउनुहुन्छ। उच्चभन्दा उच्च
बनाउनुहुन्छ। एक सेकेन्डमा जीवनमुक्ति मिल्छ। भन्छन् बाबा हामी हजुरका हौँ। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू विश्वका मालिक हौ। बच्चा पैदा भयो र वारिस
बन्यो। कति खुसी हुन्छ। तर बच्चीलाई देखेपछि अनुहार नै निन्याउरो हुन्छ। यहाँ त सबै
आत्माहरू बच्चा हुन्। हामी स्वर्गको मालिक बन्यौँ, अहिले थाहा भएको छ हामी ५ हजार
वर्ष पहिला स्वर्गका मालिक थियौँ। बाबाले यस्तो बनाउनुभएको थियो। शिवजयन्ती पनि
मनाउँछन्– तर यो जान्दैनन् उहाँ कहिले आउनुभएको थियो। लक्ष्मीनारायणको राज्य कहिले
थियो, केही जान्दैनन्। वास्तवमा यहाँको जनसङ्ख्या सबैभन्दा धेरै हुनुपर्छ। यहाँको
जमिन पनि सबैभन्दा धेरै हुनुपर्छ। कल्पको अवधि लाखौँ वर्ष हुने हो भने त धेरै जमिन
चाहिन्छ। सारा दुनियाँको जमिनले पनि त्यत्रो जनसङ्ख्यालाई पुग्दैन। लाखौँ वर्षमा कति
मानिसहरू पैदा हुन्छन् होला। अनगिन्ती मानिसहरू हुन्छन्। त्यति त छैनन्। यी सबै कुरा
बाबा बसेर सम्झाउनुहुन्छ। मानिसहरूले सुने भने भन्छन् यी कुराहरू त कहिल्यै सुनेनौँ,
न कुनै शास्त्रहरूमा पढ्यौँ, यो त अद्भुत कुरा हो।
अहिले तिमी बच्चाहरूको
बुद्धिमा सारा चक्रको ज्ञान छ। यो आत्मा धेरै जन्महरूको अन्त्यमा अहिले पतित छ, जुन
सतोप्रधान थियो त्यो अहिले तमोप्रधान बनेको छ, फेरि सतोप्रधान बन्नु छ। तिमी
आत्माहरूलाई अब शिक्षा मिलिरहेको छ– आत्माले शरीरद्वारा सुन्छ त्यसैले शरीर झुल्छ
किनकि आत्माले सुन्छ नि! अवश्य हामी आत्माले ८४ जन्म लिएका छौँ, ८४ आमाबुबा अवश्य
मिले होलान्। यो पनि हिसाब छ नि! बुद्धिमा आउँछ हामीले ८४ जन्म लिन्छौँ फेरि अझै
थोरै जन्म हुनेहरू पनि होलान्। न्यूनतम र अधिकतमको हिसाब होला नि! बाबा बसेर
सम्झाउनुहुन्छ शास्त्रहरूमा के के लेखिदिएका छन्। तिम्रो लागि त तैपनि ८४ जन्म
भन्छन्, मेरो लागि त अनगिन्ती, असङ्ख्य जन्म भनिदिएका छन्। कण कणमा बस् जता हेर्छु,
तिमी नै तिमी.... कृष्ण नै कृष्ण छन्। मथुरा वृन्दावनमा भन्छन्– श्रीकृष्ण
सर्वव्यापी छन्। राधे पन्थवालाहरूले फेरि भन्नेछन् राधे नै राधे। भन्नेछन् हामी
राधास्वामी हौँ। कृष्ण स्वामी अरू हुन्। उनीहरूले राधेलाई मान्छन्, जता हेर्छु राधे
नै राधे। तिमी पनि राधे हामी पनि राधे।
अब बाबा बसेर
सम्झाउनुहुन्छ अवश्य म गरिब निवाज हुँ नि! भारतवर्ष नै सबैभन्दा धनवान थियो। अहिले
सबैभन्दा गरिब बनेको छ त्यसैले म भारतभूमिमा नै आउनुपर्छ। यो बनिबनाउ ड्रामा हो,
यसमा अलिकति पनि फरक हुन सक्दैन। यो विराट् (ह्युज) ड्रामा हो। ड्रामा जुन सुट भयो
त्यो हुबहु रिपिट हुनेछ। ड्रामाको विषयमा पनि थाहा हुनुपर्छ। ड्रामा अर्थात् ड्रामा।
त्यो हुन्छ हदको ड्रामा, यो हो बेहदको ड्रामा। यसको आदि-मध्य-अन्त्यलाई कसैले
जान्दैनन्। त्यसैले गरिब निवाज निराकार भगवानलाई नै मान्छन्, श्रीकृष्णलाई मान्दैनन्।
श्रीकृष्ण त सत्ययुगको धनवान् राजकुरमार बन्छन्। भगवानको त आफ्नो शरीर छैन, उहाँले
आएर तिमी बच्चाहरूलाई धनवान् बनाउनुहुन्छ। तिमीलाई राजयोगको शिक्षा दिनुहुन्छ।
तिनीहरू पनि पढाइबाट वकिल (ब्यारिस्टर) आदि बन्छन् फेरि कमाइ गर्छन्। बाबाले पनि
तिमीलाई अहिले पढाउनुहुन्छ। तिमी भविष्यमा नरबाट नारायण बन्छौ। तिम्रो जन्म त हुन्छ
नि! यस्तो त होइन स्वर्ग कुनै समुद्रबाट निस्केर आउँछ। श्रीकृष्णले पनि जन्म लिए
नि! कंसपुरी आदि त त्यतिबेला थिएन। श्रीकृष्णको कति नाम गायन गरिन्छ। उनका बुबाको
नाम नै छैन, उनका बुबा कहाँ छन्। पक्कै राजाका बच्चा होलान् नि! त्यहाँ ठुला राजाको
घरमा जन्म हुन्छ। तर उनी पतित राजा हुने भएकाले उनको नाम कहाँ हुन्छ र! श्रीकृष्ण
हुँदा अलिकति पतित पनि हुन्छन्। उनीहरू एकदम खतम भएपछि उनी गद्दीमा बस्छन्, आफ्नो
राज्य लिन्छन् त्यसपछि नै उनको संवत् सुरु हुन्छ। लक्ष्मीनारायणबाट संवत् सुरु
हुन्छ। तिमीले पूरा हिसाब लेख्छौ। यिनको राज्य यति समय फेरि यिनको यति समय भने
मानिसहरूले सम्झनेछन् यो कल्पको अवधि त यती लामो हुनै सक्दैन। ५ हजार वर्षको पूरा
हिसाब छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) रचयिता र रचनाको ज्ञान बुद्धिमा राखेर सतोप्रधान बन्ने पुरुषार्थ गर्नु छ। बस्
एउटै चिन्ता राख्नु छ हामी सतोप्रधान पक्कै बन्नु छ।
२) यस बेहदको
ड्रामालाई बुद्धिमा राखेर अपार खुसीमा रहनु छ, बाबासमान इज्जत पाउनको लागि
पतितहरूलाई पावन बनाउने सेवा गर्नु छ।
वरदान:–
अधिकारीपनको
स्मृतिद्वारा सर्व शक्तिहरूको अनुभव गर्ने प्राप्तिस्वरूप भव
बुद्धिको सम्बन्ध सदा
एक बाबासँग लागिरहेको छ भने सर्व शक्तिहरूको वर्सा अधिकारको रूपमा प्राप्त हुन्छ।
जसले अधिकारी सम्झेर हरेक कर्म गर्छन् उनीहरूलाई भन्ने वा सङ्कल्पमा पनि माग्ने
आवश्यकता हुँदैन। यो अधिकारीपनको स्मृतिले नै सर्व शक्तिहरूको प्राप्तिको अनुभव
गराउँछ। त्यसैले नसा रहनुछ सर्व शक्तिहरू हाम्रा जन्मसिद्ध अधिकार हुन्। अधिकारी
बनेर चल्यौ भने अधीनता समाप्त हुनेछ।
स्लोगन:–
स्वयंको
साथसाथै प्रकृतिलाई पनि पावन बनाउनु छ भने सम्पूर्ण लगावमुक्त बन।
अव्यक्त इसारा:–
अपवित्रताको बीजलाई पनि समाप्त गर ेर सम्पूर्ण स्वच्छ (पवित्र) बन
पवित्रताको नियम पक्का
छ भने लगावमुक्त, ईर्ष्या र क्रोधबाट पनि मुक्त बन्छौ। चिडचिडाहट पनि हुँदैन। यो पनि
लगाव नराख यो हुनैपर्छ। स्वार्थ वा ईर्ष्यावश कुनै कुरा भन्यौ र त्यो पूरा भएन भने
क्रोध पैदा हुनेछ त्यसैले पवित्रताको पिलरलाई बलियो बनायौ भने यो पिलरले लाइट हाउसको
काम गर्नेछ।