28.09.25    Avyakt Bapdada     Nepali Murli    15.02.2007     Om Shanti     Madhuban


“ ल ाप रबा ही , आलस्य र बहानाबाजीको निद्राबाट जाग्नु नै शिवरात्रिको सच्चा जागरण हो”


आज बापदादा विशेष आफ्ना चारैतिरका अति लाडला, अति सिकिलधे, परमात्म प्यारका पात्र बच्चाहरूलाई भेट्न र विचित्र बाबा-बच्चाको जन्मदिन मनाउन आउनुभएको छ। तिमीहरू सबै पनि आज विशेष विचित्र जन्मदिन मनाउन आएका हौ नि! यो जन्मदिन सारा कल्पमा कसैको हुँदैन। कहिल्यै पनि सुनेका छैनौ होला– बाबा र बच्चाको एउटै दिनमा जन्मदिन हुन्छ। त्यसैले तिमीहरू सबै बाबाको जन्मदिन मनाउन आएका हौ वा बच्चाको पनि जन्मदिन मनाउन आएका हौ? किनकि सारा कल्पमा परमात्म बाबा र परमात्म बच्चाको यति अथाह प्यार छ जसको जन्म पनि साथसाथै हुन्छ। बाबाले एक्लै विश्व परिवर्तनको कार्य गर्नुछैन, बच्चाहरूको साथसाथै गर्नुछ। यो अलौकिक साथ रहने प्यार, साथी बन्ने प्यार यो सङ्गममा नै अनुभव गर्छौ। बाबा र बच्चाको यति गहिरो प्यार छ, जन्म पनि साथै हुन्छ र रहन्छौ पनि कहाँ? एक्लै वा साथमा? हरेक बच्चाले उमङ्ग-उत्साहले भन्छन्– हामी बाबासँग कम्बाइन्ड छौँ। कम्बाइन्ड रहन्छौ नि! एक्लै त रहँदैनौ नि! जन्म साथै हुन्छ, साथै रहन्छौँ र अगाडि पनि के प्रतिज्ञा छ? साथै छौँ, साथ रहन्छौँ, साथै जान्छौँ आफ्नो परमधाममा। यति प्यार अरू कुनै पिता र बच्चाको देखेका छौ? कुनै पनि बच्चा होस्, जहाँ भए पनि, जस्तोसुकै भए पनि, तर साथै छौ र साथै जानेछौ। त्यसैले यस्तो यो विचित्र र प्यारोभन्दा प्यारो जन्मदिन मनाउन आएका छौ। चाहे सम्मुख मनाइरहेका छौ, चाहे देश विदेशमा चारैतिर एउटै समय साथसाथै मनाइरहेका छौ।

बापदादाले चारैतिर देखिरहनुभएको छ– कसरी सबै बच्चाहरूले उमङ्ग-उत्साहले मनैमनमा वाह बाबा! वाह बाबा! वाह जन्मदिन! को गीत गाइरहेका छन्। यदि स्विच खोल्यो भने चारैतिरका आवाज, दिलका आवाज, उमङ्ग-उत्साहका आवाज बापदादाको कानमा सुनिइरहेका छन्। बापदादा सबै बच्चाहरूको उत्साह देखेर बच्चाहरूलाई पनि आफ्नो दिव्य जन्मको पदम-पदम-पदमगुणा बधाई दिइरहनुभएको छ। वास्तवमा उत्सवको अर्थ नै हो उमङ्ग-उत्साहमा रहनु। त्यसैले तिमीहरू सबैले उत्साहले यो उत्सव मनाइरहेका छौ। नाम पनि भक्तहरूले शिवरात्रि राखेका छन्।

आज बापदादाले ती भक्त आत्मालाई बधाई दिइरहनुभएको थियो, जसले तिमीहरूको यो विचित्र जन्मदिन मनाउने धेरै राम्रो नक्कल गरेका छन्। तिमीले ज्ञान र प्रेम रूपमा मनाउँछौ र ती भक्त आत्माले भावना, श्रद्धाको रूपमा तिमीहरूले मनाएको नक्कल गरेका छन्। त्यसैले आज ती बच्चालाई बधाई दिइरहनुभएको थियो– नक्कल गर्नमा राम्रो पार्ट खेल्यौ। हेर हरेक कुराको नक्कल गरेका छन्। नक्कल गर्नको लागि पनि त अक्कल चाहिन्छ नि! मुख्य कुरा त यो दिनमा भक्तहरूले पनि व्रत गर्छन्, उनीहरूले खाने पिउने कुराको व्रत गर्छन्, भावनामा वृत्तिलाई श्रेष्ठ बनाउनको लागि व्रत गर्छन्, उनीहरूले हरेक वर्ष व्रत लिनुपर्छ र तिमीले के व्रत लियौ? एकैपटक व्रत लिन्छौ, वर्ष वर्ष व्रत लिँदैनौ। एकैपटक व्रत लियौ पवित्रताको। सबैले पवित्रताको व्रत लिएका छौ, पक्का लिएका छौ? जसले पक्का लिएका छौ तिमीहरूले हात उठाऊ, पक्का, अलिकति पनि कच्चा होइन। पक्का? अच्छा। अर्को पनि प्रश्न छ, अच्छा व्रत त लियौ बधाई छ। तर अपवित्रताका मुख्य पाँच साथी छन्, ठीक हो नि! शिर हल्लाऊ। अच्छा पाँचैको व्रत लिएका छौ? वा दुई तीनको लिएका छौ? किनकि जहाँ पवित्रता छ त्यहाँ यदि अंश मात्र पनि अपवित्रता छ भने के सम्पूर्ण पवित्र आत्मा भनिन्छ? र तिमी ब्राह्मण आत्माहरूको त पवित्रता ब्राह्मण जन्मको प्रोपर्टी, पर्सनालिटी (व्यक्तित्व), रोयल्टी हो। त्यसैले चेक गर– मुख्य पवित्रतामाथि त अटेन्सन छ तर सम्पूर्ण पवित्रताको लागि अरू पनि जो साथी छन्, त्यसलाई सामान्य रूपले छोडेका त छैनौ? साना साथी अपवित्रतासँग प्यार गरेका छौ र ठुलो अपवित्रतालाई ठीक पारेका छौ। त्यसैले के बाबाले– अरू जुन चार साथी छन् तिनीहरूलाई साथी बनाउन छुट दिनुभएको छ? पवित्रता केवल ब्रह्मचर्यलाई भनिँदैन तर ब्रह्मचर्यको साथै ब्रह्माचारी बन्नु अर्थात् पवित्रताको व्रत पालन गरेका छौ। कयौँ बच्चाहरूले रुहरिहानमा भन्छन्, रुहरिहान त सबैले गर्छन् नि। त्यसैले धेरै मीठा मीठा कुरा गर्छन्। भन्छन्– बाबा मुख्य विकारमा त राम्रो मेहनत गरेका छौँ नि, बाँकी साना साना यस्तै कहिलेकाहीँ मनसा सङ्कल्पमा आउँछन्। मनसामा आउँछन्, वाचामा आउँदैनन् र मनसालाई त कसैले देख्दैन। र कसैले फेरि भन्छन्– साना साना बालबच्चासँग प्यार हुन्छ नि। त्यसैले यी चारसँग पनि प्यार हुन्छ। क्रोध आउँछ, मोह आउँछ, चाहँदैनौँ आउँछ। बापदादा भन्नुहुन्छ– कोही पनि आयो भने तिमीले ढोका खोलेका छौ त्यसैले आउँछ नि! त्यसैले ढोका किन खोल्यौ? कमजोरीको ढोका खोल्यौ, त्यसैले कमजोरीको ढोका खोल्नु अर्थात् आह्वान गर्नु।

त्यसैले आजको दिन बाबाको र आफ्नो जन्मदिन त मनाइरहेका छौ तर जुन जन्मँदै व्रतको प्रतिज्ञा गरेका छौ त्यो याद छ नि। सबैभन्दा पहिला बाबाले के वरदान दिनुभयो, याद छ? जन्मदिन को वरदान याद छ? के वरदान दिनुभयो? पवित्र भव, योगी भव। सबैलाई वरदान याद छ नि? याद छ बिर्सिएका त छैनौ नि? पवित्र भवको वरदान एकको पवित्रताको दिनुभएन, पाँचैको पवित्रताको वरदान दिनुभयो। त्यसैले आज बापदादा के चाहनुहुन्छ? जन्मदिन मनाउन आएका छौ, बाबाको पनि जन्मदिन मनाउन आएका छौ नि। शिवरात्रि मनाउन आएका छौ, त्यसैले जन्मदिनको सौगात ल्याएका छौ वा खाली हात आएका छौ? स्थापनाको ७० वर्ष समाप्त भइरहेको छ। याद छ नि! ७० वर्ष सोच, चाहे तिमी पछि आयौ तर स्थापनाको त ७० वर्ष भयो नि! चाहे अहिले आयौ, तर स्थापनाको कर्तव्यमा तिमीहरू सबै साथी हौ नि! साथी त हौ नि! चाहे आज पहिलो पटक आएका छौ। जो मधुबनमा पहिलो पटक मिलन मनाउन आएका छौ, तिमीहरूले पूरा हात उठाऊ। अच्छा। तिमीहरू सबै ज्ञानमा आएको चाहे अहिले एक वर्ष भयो, दुई वर्ष भयो तर आफूलाई के कहलाउँछौ? ब्रह्माकुमारी, ब्रह्माकुमार वा पुरुषार्थी कुमार कुमारी? के कहलाउँछौ? कसैले आफूलाई पुरुषार्थी कुमार भन्छौ कि! ब्रह्माकुमारको साइन (हस्ताक्षर) गर्छौ नि! सबैले बी.के. लेख्छौ वा पी.के. लेख्छौ? पुरुषार्थी कुमार। त्यसैले प्रतिज्ञा के छ? साथी रहन्छौँ, साथै जान्छौँ, सँगसँगै रहन्छौँ, त्यसैले सँगसँगै हुनमा समानता त चाहिन्छ नि!

आजको ७० वर्षको उत्सव त मनाउँदै आएका छौ। बापदादाले देख्नुभएको छ, जुन पनि जोनले सेवाको पालो लिन्छन् उनीहरूले ७० वर्षको सम्मान समारोह मनाउँछन्। सबैले मनाउँछन् नि! बस् केवल साना साना सौगात दिन्छन्, बस्। तर आज एक त जन्मदिन हो, मनाउन आएका छौ नि, पक्का हो नि? र ७० वर्ष समाप्त भयो, त्यसैले सम्मान समारोह पनि मनाइरहेका छौ, जन्मदिन पनि मनाइरहेका छौ, त्यसमा के सौगात दिन्छौ? ट्रे दिन्छौ, च्यादर दिन्छौ? के सौगात ल्यायौ? ठिकै छ चाँदीको गिलास दिन्छौ! तर आजको दिन बापदादाको शुभ आशा छ आफ्ना आशाहरूका दीपक बच्चाहरूप्रति। त्यो शुभ आशा कुन हो, बताऊँ? बताउनु वा सुन्नु अर्थात् के? एक कानले सुन्नु र दिलमा समाहित गर्नु, यस्तै हो? कानबाट त निकाल्दैनौ नि, त्यति धेरै त छैन तर दिलमा नै समाहित गरिदिन्छौ। त्यसैले आजको दिन त्यो शुभ आशा बताऊँ, पहिलो लाइनकाले भन, शिर हल्लाऊ, टिचरहरू शिर हल्लाऊ। अच्छा झण्डा हल्लाइरहेका छन्। डबल फरेनरहरूले बताऊ? आफूलाई बाँध्नुपर्छ, त्यसपछि भन हुन्छ, यत्तिकै नभन, किनकि ७० वर्ष त बापदादाले पनि लापरबाही, आलस्य र बहानाबाजीका खेल हेरिसक्नुभयो। मानौँ ७० होइन भने ५०, ४०, ३०, २० वर्ष भयो, तर यति समय त बच्चाहरूका यी तीन खेल खुब हेर्नुभयो। त्यसैले आजको दिन भक्तहरूले जागरण गर्छन्, सुत्दैनन्, त्यसैले तिमी बच्चाहरूको जागरण कुन हो? कुन निद्रामा घरी घरी सुतिदिन्छौ, लापरबाही, आलस्य र बहानाबाजीको निद्रामा आरामले सुतिदिन्छौ। त्यसैले आज बापदादा यी तीन कुराको हर समय जागरण हेर्न चाहनुहुन्छ। कहिल्यै पनि हेर क्रोध आउँछ, अभिमान आउँछ, लोभ आउँछ, कारण के बताउँछौ? बापदादाले एक ट्रेडमार्क (व्यापार चिन्ह) देख्नुहुन्छ, कुनै पनि कुरा भयो भने के भन्छौ, यो त चल्छ..., थाहा छैन कसले चलायो? तर शब्द यही भन्छौ– यो त हुन्छ नै, यो त चल्छ नै। यो कुनै नयाँ कुरा कहाँ हो र, यो त हुन्छ नै। यो के हो? लापरबाही होइन? यसले पनि त गर्छ, धेरैजसोले क्रोधबाट बच्नको लागि यसो गरे अनि भयो। मैले गलत गरेँ, त्यो भन्दैनन्। यसले यसो गऱ्यो नि, यो भयो नि, त्यसैले भयो। अर्कामाथि दोष लगाउन त धेरै सहज छ। यसो नगरे हुँदैन। तर बाबाले जे भन्नुभयो त्यो हुँदैन। उसले गरे हुन्छ, बाबाको श्रीमतमा के क्रोधलाई खतम गर्न सक्दैनौ? आजकाल क्रोधको बच्चा रोब, रोब पनि भिन्न भिन्न प्रकारका छन्। त्यसैले के आज चारैको पनि व्रत लिन्छौ? जस्तै पहिलो कुराको विशेष दृढ सङ्कल्प धेरैजसोले गरेका छौ। के त्यस्तै चारको पनि सङ्कल्प गरेका छौ! यो बहाना नगर, यसले यो गऱ्यो अनि मेरो भयो, र बाबाले जे बारम्बार भन्नुहुन्छ, त्यो याद छैन, उसले जे गऱ्यो त्यो याद आयो, त्यसैले यो बहानाबाजी भयो नि! त्यसैले आज बापदादाले जन्मदिनको सौगात चाहनुहुन्छ यी तीन कुरा, जसले चारलाई हल्का बनाइदिन्छ। संस्कारको सामना त गर्नु नै छ, संस्कारको सामना होइन, यो पेपर (परीक्षा) हो। एक जन्मको पढाइ र सारा कल्पको प्राप्ति, आधाकल्प राज्य भाग्य, आधाकल्प पूज्य, सारा कल्पको एक जन्ममा प्राप्ति, त्यो पनि छोटो जन्म, फुल (पूरा) जन्म होइन, छोटो जन्म हो। त्यसैले के हिम्मत छ? जसले सम्झन्छौ, अवश्य हिम्मत राख्छौँ, यस्तो होइन पुरुषार्थ गर्छौँ, अटेन्सन राख्छौँ... गर्नेछौँ हेर्नेछौँ चाहिँदैन। साना बच्चा होइनौ, ७० वर्ष पूरा भइरहेको छ। तीनीहरू त तीन चार महिनाका बच्चाले गर्नेछौँ हेर्नेछौँ भन्छन्। त्यसैले तिमी बाबाका साथी हौ नि! विश्व कल्याणकारी हौ, त्यसको त ७० वर्ष पूरा भइरहेको छ। बापदादाले हात उठाउन लगउनुहुन्न किनकि बापदादाले देख्नुभएको छ हात उठाएर पनि कहिलेकाहीँ अल्छी गर्छन्। त्यसैले के सम्झन्छौ– जेसुकै होस्, पहाड जस्तो पेपर पनि आओस् तर पहाडलाई कपास बनाइदिन्छौँ, यस्तो दृढ सङ्कल्प गर्ने हिम्मत छ! जुन समयमा सङ्कल्प गर्छौ, किनकि सङ्कल्प धेरै राम्रो गर्छौ, बापदादा पनि खुसी हुनुहुन्छ। तर के छ, ७० वर्ष त हल्का छोड्यौ तर बापदादाले देखिरहनुभएको छ– समयको कुनै भरोसा छैन र यो ज्ञानको आधारमा हरेक पुरुषार्थको कुरामा बहुतकालको हिसाब छ। अच्छा अहिलेको अहिल्यै गरिहाल्छौँ, तर बहुतकालको हिसाब छ किनकि प्राप्ति हरेकले के चाहन्छ? अहिले हात उठाउन लगाउँछु, कोही राम सीता बन्छ? जो राम-सीता बन्न चाहन्छन् उनीहरूले हात उठाऊ, राज्य मिल्छ। कसैले हात उठाइरहेका छन्– राम सीता बन्छौ? लक्ष्मी-नारायण बन्दैनौ? डबल फरेनरमा कसैले हात उठाउँछौ? (कोही छैन) बहुतकालको भाग्य प्राप्त गर्न चाहन्छौ, लक्ष्मी-नारायण बन्नु अर्थात् बहुतकालको राज्य भाग्य प्राप्त गर्नु। त्यसैले बहुतकालको प्राप्ति हुन्छ। त्यसैले हरेक कुरामा बहुतकाल त चाहिन्छ नि! अहिले ६३ जन्मको बहुतकालको संस्कार छ भने भन्छौ नि, हाम्रो भाव छैन, भावना छैन, संस्कार हो ६३ जन्मको। त्यसैले बहुतकालको हिसाब छ नि त्यसैले बापदादा यही चाहनुहुन्छ– सङ्कल्पमा दृढता होस्, दृढताको नै कमी हुन्छ, भइहाल्छ... चल्छ, हुन देऊ, को बनेको छ, र एक त धेरै राम्रो कुरा सबैलाई आउँछ, बापदादाले कुरा नोट गर्नुभएको छ, आफ्नो हिम्मत भएन भने भन्छन्– महारथीले पनि यस्तै गर्छन्, हामीले गरेर के भयो त? तर बापदादा सोध्नुहुन्छ– के जुन समयमा महारथीले गल्ती गर्छ, त्यो समयमा ऊ महारथी हो? त्यसैले महारथीको नाम किन बिगार्छौ? त्यो समयमा ऊ महारथी हुँदै होइन, त्यसैले महारथी भनेर आफूलाई कमजोर पार्नु यो आफैलाई धोका दिनु हो। अर्कालाई हेर्न सहज हुन्छ, आफूलाई हेर्नमा अलिकति हिम्मत चाहिन्छ। त्यसैले आज बापदादा हिसाबको किताब खतम गराउने सौगात लिन आउनुभएको छ। कमजोरी र बहानाबाजीको हिसाबकिताबको धेरै ठुलो किताब छ, त्यसलाई खतम गर्नुछ। त्यसैले हरेक जसले सम्झन्छन् हामीले गरेर देखाउँछौँ, गर्नु नै छ, झुक्नु नै छ, परिवर्तन हुनु नै छ, परिवर्तन समारोह मनाउनु नै छ, जसले सम्झन्छन् सङ्कल्प गर्छौँ तिमीहरूले हात उठाऊ। दृढ वा चालु? चालु सङ्कल्प पनि हुन्छ र दृढ सङ्कल्प पनि हुन्छ। त्यसैले तिमीहरू सबैले दृढताको हात उठायौ? दृढताको हात उठायौ? मधुबनवालाले लामो हात उठाऊ। यहाँ अगाडि मधुबनवाला बस्छन्, धेरै नजिक बस्ने चान्स मिल्छ। पहिलो सिट मधुबनवालालाई मिल्छ, बापदादा खुसी हुनुहुन्छ। पहिला बसेका छौ, पहिलै रहनु।

त्यसैले आजको सौगात त बढिया भयो नि। बापदादालाई पनि खुसी छ किनकि तिमी एउटा मात्रै होइनौ। तिम्रो पछाडि आफ्नो राजधानीमा तिम्रो रोयल फेमिली (राजपरिवार), तिम्रा रोयल प्रजा, फेरि द्वापरदेखि तिम्रा भक्त, सतो, रजो, तमोगुणी, तीन प्रकारका भक्त, तिम्रो पछाडि लामो लाइन छ। जे तिमीले गर्छौ त्यो तिम्रो पछाडिकाले गर्छन्। तिमीले बहानाबाजी गरेमा तिम्रा भक्तले पनि धेरै बहानाबाजी गर्छन्। अब ब्राह्मण परिवारले पनि तिमीलाई देखेर, उल्टो नक्कल गर्नमा त होसियार हुन्छन् नि। त्यसैले अहिले दृढ सङ्कल्प गर, संस्कारको टक्कर भएपनि, स्वभावको मतभेद भएपनि, तेस्रो कुरा कमजोरहरूको हुन्छ, कसैले कसैमाथि झुटो कुरा भनिदियो भने कयौँ बच्चाहरूले भन्छन्– झुटो कुरा सुनेपछि हामीलाई धेरै क्रोध आउँछ। तर सच्चा बाबासँग भेरिफाई (प्रमाणित) गरायौ, सच्चा बाबा तिम्रो साथमा हुनुहुन्छ, भने सारा झुटो दुनियाँ एकातर्फ भए पनि एक बाबा तिम्रो साथमा हुनुहुन्छ, विजय तिम्रो पहिल्यै निश्चित छ। कसैले तिमीलाई हल्लाउन सक्दैन, किनकि बाबा तिम्रो साथमा हुनुहुन्छ। भनिरहनुभएको छ– यो दुनियाँ झुटो हो। त्यसैले झुटोलाई झुटो नै बनाइदेऊ न, बढाउँछौ किन! त्यसैले बाबालाई बहानाबाजी राम्रो लाग्दैन, यो भयो, यो भयो, यो भयो... यो यो को गीत अब समाप्त हुनुपर्छ। राम्रो भयो, राम्रो हुन्छ, राम्रै हुन्छौँ, सबैलाई राम्रैबनाउँछौँ। राम्रो-राम्रो-राम्रो को गीत गाऊ। त्यसैले यो कुरा राम्रो लाग्यो? राम्रो लाग्यो? बहानाबाजीलाई खतम गर्छौ? गर्छौ? दुवै हात उठाऊ। हो, राम्रोसँग हल्लाऊ। अच्छा, हेर्नेहरूले पनि हात हल्लाइरहेका छन्। जहाँसुकैबाट हेरिरहेका भएपनि हात हल्लाऊ। तिमीले त हल्लाइरहेका छौ। अब हात राख, अब आफ्नो परिवर्तनको ताली बजाऊ। (सबैले ताली बजाए) अच्छा।

अच्छा– अब हरेक एक मिनेटको लागि दृढ सङ्कल्प स्वरूपमा बस– बहानाबाजी, आलस्य, लापरबाहीलाई हर पल दृढ सङ्कल्पद्वारा समाप्त गरेर बहुतकालको हिसाब जम्मा गर्नु नै छ। जेसुकै होस्, केही हेर्नुछैन तर बाबाको दिलतख्तनसिन बन्नु नै छ, विश्वको तख्तनसिन बन्नु नै छ। सबै यो दृढ सङ्कल्प स्वरूपमा बस। अच्छा।

चारैतिरका सदा उमङ्ग-उत्साहको अनुभवमा रहने, सदा दृढता सफलताको चाबीलाई कार्यमा लगाउने, सदा बाबाको साथमा र हरेक कार्यमा साथी बनेर रहने, सदा एकनामी र इकोनोमी, एकाग्रता स्वरूपमा अगाडिभन्दा अगाडि उडिरहने, बापदादाका अति लाडला, सिकिलधे, विशेष बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बापदादालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
हदक ा सर्व इच्छाहरूको त्याग गर्ने सच्चा तपस्वीमूर्त भव

हदका इच्छाहरूको त्याग गरेर सच्चा सच्चा तपस्वीमूर्त बन। तपस्वीमूर्त अर्थात् हदका इच्छा मात्रम् अविद्यारूप। जसले लिने सङ्कल्प गर्छ उसले अल्पकालको लागि लिन्छ तर सदाकालको लागि गुमाउँछ। तपस्वी बन्नमा विशेष विघ्नरूप यिनै अल्पकालका इच्छाहरू हुन् त्यसैले अब तपस्वीमूर्त बन्ने सबुत देऊ अर्थात् हदको मान सानको लेवतापनको त्याग गरेर विधाता बन। विधातापनका संस्कार इमर्ज (जागृत) भएपछि अन्य सबै संस्कार स्वतः दबिन्छन्।

स्लोगन:–
कर्मको फलको सूक्ष्म कामना राख्नु पनि फल पाक्नुभन्दा पहिल्यै खानु हो।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

पाप कटेश्वर वा पाप हरनी ज्वालास्वरूप याद भएपछि मात्र बन्न सक्छौ। यही यादद्वारा अनेक आत्माहरूको निर्बलता हट्छ, यसको लागि हर पल, हर श्वास बाबा र तिमी कम्बाइन्ड भएर बस। कुनै पनि समयमा साधारण याद नहोस्। स्नेह र शक्ति दुवै रूप कम्बाइन्ड हुन्।