28.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी सङ्गममा सेवा गरेर गायन लायक बन्नुछ , फेरि भविष्यमा पुरुषोत्तम बनेर तिमी पूजा लायक बन्छौ।”

प्रश्न:–
कुन बिमारी जरैबाट समाप्त भयो भने बाबाको दिलमा चढ्नेछौ?

उत्तर:–
१. देह अभिमानको बिमारी। यही देह अभिमानको कारण सबै विकारहरूले महारोगी बनाएका छन्। यो देह अभिमान समाप्त भयो भने तिमी बाबाको दिलमा चढ्छौ। २. दिलमा चढ्नुछ भने विशाल बुद्धि बन, ज्ञान चितामा बस। रुहानी सेवामा लाग र वाणी चलाउनुको साथसाथै बाबालाई राम्रोसँग याद गर।

गीत:–
जाग सजनियां जाग...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ– रुहानी बाबाले यस साधारण पुरानो तनद्वारा मुखबाट भन्नुभयो। बाबा भन्नुहुन्छ– मलाई पुरानो तनमा पुरानो राजधानीमा आउनुपरेकोछ। अहिले यो रावणको राजधानी हो। तन पनि पराइको हो किनकि यस शरीरमा त पहिलादेखि नै आत्मा छ। म पराइको तनमा प्रवेश गर्छु। आफ्नो तन भएको भए त्यसको नाम हुन्थ्यो। मेरो नाम परिवर्तन हुँदैन। मलाई फेरि पनि भन्छन् शिवबाबा। गीत त बच्चाहरूले दिनहुँ सुन्छौ। नवयुग अर्थात् नयाँ दुनियाँ सत्ययुग आयो। कसलाई जाग्न भनिन्छ? आत्माहरूलाई किनकि आत्माहरू घोर अन्धकारमा सुतेका छन्। केही पनि समझ छैन। बाबालाई नै चिनेका छैनन्। अब बाबा जगाउन आउनुभएको छ। अहिले तिमीले बेहदका बाबालाई चिन्दछौ। उहाँबाट बेहदको सुख मिल्नुछ नयाँ युगमा। सत्ययुगलाई नयाँ युग भनिन्छ, कलियुगलाई पुरानो युग भनिन्छ। यो कुरा विद्वान्, पण्डित आदि कसैले पनि जान्दैनन्। जोसुकैसँग सोध– नयाँ युग फेरि पुरानो कसरी हुन्छ, कसैले पनि बताउन सक्दैनन्। भन्छन्– यो त लाखौँ वर्षको कुरा हो। अहिले तिमीलाई थाहा छ– हामी नयाँ युगबाट फेरि पुरानो युगमा कसरी आयौँ अर्थात् स्वर्गवासीबाट नर्कवासी कसरी बन्यौँ। मानिसहरूले त केही पनि जान्दैनन्, जसको पूजा गर्छन् उनको जीवनीलाई पनि जान्दैनन्। जस्तै जगदम्बाको पूजा गर्छन् अब ती अम्बा को हुन्, जान्दैनन्। अम्बा वास्तवमा माताहरूलाई भनिन्छ। तर पूजा त एकको हुनुपर्छ। शिवबाबाको पनि एउटै अव्यभिचारी यादगार गरिन्छ। अम्बा पनि एउटै हुन्। तर जगत अम्बालाई चिन्दैनन्। यी हुन् जगत अम्बा र लक्ष्मी हुन् जगतकी महारानी। तिमीलाई थाहा छ– जगत अम्बा को हुन् र जगत महारानी को हुन्। यी कुराहरू कहिल्यै कसैले जान्न सक्दैनन्। लक्ष्मीलाई देवी र जगत अम्बालाई ब्राह्मणी भनिन्छ। ब्राह्मण सङ्गममा नै हुन्छन्। यस सङ्गमयुगलाई कसैले जान्दैनन्। प्रजापिता ब्रह्माद्वारा नयाँ पुरुषोत्तम सृष्टि रचिन्छ। पुरुषोत्तम तिमीले त्यहाँ स्वर्गमा देख्नेछौ। यस समयमा तिमी ब्राह्मण गायन लायक छौ। सेवा गरिरहेका छौ फेरि तिमी पूजालायक बन्छौ। ब्रह्माका यति धेरै भुजाहरू बनाइदिन्छन् भने अम्बाका पनि किन बनाउँदैनन्। उनका पनि त सबै बच्चाहरू हुन् नि। मम्मा-बाबा नै प्रजापिता बन्छन्। बच्चाहरूलाई प्रजापिता भनिँदैन। सत्ययुगमा कहिल्यै लक्ष्मी-नारायणलाई जगतपिता जगत माता भनिँदैन। प्रजापिताको नाम प्रसिद्ध छ। जगत पिता र जगत माता एउटै हुन्। बाँकी हुन्छन् उनका बच्चाहरू। अजमेरमा प्रजापिता ब्रह्माको मन्दिरमा गयौ भने बाबा भन्छन् किनकि हुन् नै प्रजापिता। हदका पिताहरूले बच्चा पैदा गरे भने उनीहरू हदका प्रजापिता ठहरिए। उनी हुन् बेहदका पिता। शिवबाबा त सबै आत्माहरूका बेहदका बाबा हुनुहुन्छ। यसको भिन्नता पनि तिमी बच्चाहरूले लेख्नुछ। जगत अम्बा सरस्वती एउटै हुन्। नाम कति राखिदिएका छन्– दुर्गा, काली आदि। अम्बा र बाबाका तिमीहरू सबै बच्चा हौ। यो रचना हो नि। प्रजापिता ब्रह्माकी छोरी हुन् सरस्वती, उनलाई अम्बा भनिन्छ। बाँकी हुन् बच्चा बच्चीहरू। हुन् सबै एडप्ट गरिएका। यति धेरै बच्चाहरू कहाँबाट आउन सक्छन्। यी सबै हुन् मुख वंशावली। मुखबाट स्त्रीलाई रचना गरियो त्यसैले बाबा रचयिता ठहरिनुभयो। भन्नुहुन्छ– यी मेरी हुन्। मैले यिनीबाट बच्चा पैदा गरेँ। यो सबै हो एडप्ट गर्नु। यो फेरि हो ईश्वरीय, मुखद्वारा रचना। आत्माहरू अविनाशी नै हुन्छन्। उनीहरूलाई एडप्ट गरिँदैन। बाबा भन्नुहुन्छ– तिमी आत्माहरू सदैव मेरा बच्चा हौ। फेरि अहिले म आएर प्रजापिता ब्रह्माद्वारा बच्चाहरूलाई एडप्ट गर्छु। आत्मा बच्चाहरूलाई एडप्ट गर्दिनँ, बच्चा बच्चीहरूलाई एडप्ट गर्छु। यी पनि धेरै सूक्ष्म बुझ्ने कुरा हुन्। यी कुराहरू बुझ्यौ भने तिमी यी लक्ष्मी-नारायण बन्छौ। कसरी बन्छौ, यो मैले सम्झाउन सक्छु। के यस्तो कर्म गरे जसले गर्दा यी विश्वका मालिक बने। तिमीले प्रदर्शनी आदिमा पनि सोध्न सक्छौ। तिमीलाई थाहा छ– यिनीहरूले यो स्वर्गको राजधानी कसरी लिए। तिमीहरू मध्ये पनि यथार्थ रीतिले सबैले सम्झाउन सक्दैनन्। जसमा दैवीगुण हुन्छन्, यस रुहानी सेवामा लागेका हुन्छन् उनीहरूले सम्झाउन सक्छन्। बाँकी त मायाको बिमारीमा फसिरहन्छन्। अनेक प्रकारका रोग छन्। देह अभिमान पनि रोग हो। यी विकारहरूले नै तिमीलाई रोगी बनाएका छन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई पवित्र देवता बनाउँछु। तिमी सर्वगुण सम्पन्न... पवित्र थियौ। अहिले पतित बनेका छौ। बेहदका बाबाले यसो भन्नुहुन्छ। यसमा निन्दाको कुरा छैन, यो सम्झाउने कुरा हो। भारतवर्ष निवासीहरूलाई बेहदका बाबा भन्नुहुन्छ– म यहाँ भारतवर्षमा आउँछु। भारतवर्षको महिमा त अपरमअपार छ। यहाँ आएर नर्कलाई स्वर्ग बनाउँछु, सबैलाई शान्ति दिन्छु। त्यसैले यस्तो बाबाको महिमा पनि अपरम्पार छ। पारावार छैन। जगत अम्बा र उनको महिमालाई कसैले पनि जान्दैनन्। यसको भिन्नता पनि तिमीले बताउन सक्छौ। यो जगत अम्बाको जीवनी, यो लक्ष्मीको जीवनी। उनै जगत अम्बा फेरि लक्ष्मी बन्छिन्। फेरि लक्ष्मी नै ८४ जन्मपछि जगत अम्बा हुन्छिन्। चित्र पनि अलग अलग राख्नुपर्छ। देखाउँछन्– लक्ष्मीलाई कलश मिल्छ तर लक्ष्मी फेरि सङ्गममा कहाँबाट आउँछिन्। उनी त सत्ययुगमा थिइन्। यी सबै कुरा बाबाले सम्झाउनुहुन्छ। चित्र बनाउने जिम्मामा जो नियुक्त गरिएका छन् उनीहरूले विचार सागर मन्थन गर्नुपर्छ। त्यसोभएपछि सम्झाउन सहज हुन्छ। यति विशाल बुद्धि चाहिन्छ त्यसपछि मात्रै दिलमा चढ्छौ। बाबालाई राम्रोसँग याद गरेमा, ज्ञान चितामा बसेमा दिलमा चढ्छौ। यस्तो होइन– जसले धेरै राम्रो वाणी चलाउँछन्, उनीहरू दिलमा चढ्छन्। होइन, बाबा भन्नुहुन्छ– दिलमा अन्त्यमा चढ्छौ, नम्बरवार पुरुषार्थ अनुसार जब देह अभिमान खतम हुन्छ।

बाबाले सम्झाउनुभएको छ– ब्रह्म ज्ञानीले ब्रह्ममा लीन हुने मेहनत गर्छन् तर त्यसरी कोही लीन हुन सक्दैन। बाँकी मेहनत गर्छन्, उत्तम पद पाउँछन्। यस्ता यस्ता महात्मा बन्छन् जसलाई उनीहरूले प्लेटिनम (सेतो रङ्गको धेरै मूल्यवान धातु) मा तौलिन्छन् किनकि ब्रह्ममा लीन हुने मेहनत त गर्छन् नि। त्यसैले मेहनतको पनि फल मिल्छ। बाँकी मुक्ति-जीवनमुक्ति मिल्न सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ– अब यो पुरानो दुनियाँ विनाश भइ नै हाल्छ। यति धेरै बमहरू बनाएका छन्– राख्नको लागि कहाँ बनाएका हुन् र। तिमीलाई थाहा छ– पुरानो दुनियाँको विनाशको लागि यी बमहरू काममा आउँछन्। अनेक प्रकारका बमहरू छन्। बाबाले ज्ञान र योग सिकाउनुहुन्छ फेरि राजराजेश्वर डबल सिरताज देवी-देवता बन्छौ। कुनचाहिँ उच्च पद हो। ब्राह्मण टुपी छन् माथि। टुपी सबैभन्दा माथि हुन्छ। अहिले तिमी बच्चाहरूलाई पतितबाट पावन बनाउन बाबा आउनुभएको छ। फेरि तिमी पनि पतित-पावनी बन्छौ– यो नशा छ? हामीले सबैलाई पावन बनाएर राजराजेश्वर बनाइरहेका छौँ? नशा भयो भने धेरै खुसीमा रहन्छौ। आफ्नो दिललाई सोध– मैले कतिलाई आफूसमान बनाउँछु? प्रजापिता ब्रह्मा र जगत-अम्बा दुवै समान जस्तै हुन्। ब्राह्मणहरूको रचना रच्छन्। शूद्रबाट ब्राह्मण बन्ने युक्ति बाबाले नै बताउनुहुन्छ। यो कुरा कुनै शास्त्रमा छैन। यो हो पनि गीताको युग। महाभारत लडाइँ पनि अवश्य भएको थियो। राजयोग एकलाई सिकाइएको होला र। मानिसहरूको बुद्धिमा फेरि अर्जुन र कृष्ण नै छन्। यहाँ त धेरैले पढ्छन्। बसेका पनि हेर कति साधारण छौ। साना बच्चाहरूले अल्फ बे पढ्छन् नि। तिमी बसेका छौ तिमीलाई पनि अल्फ बे पढाइरहेको छु। अल्फ र बे, यो हो वर्सा। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमी विश्वको मालिक बन्छौ। कुनै पनि आसुरी काम गर्नुहुँदैन। दैवीगुण धारण गर्नुछ। हेर्नुछ– ममा कुनै अवगुण त छैन? मै निर्गुण हारे में कोई गुण नाहीं। अहिले निर्गुण आश्रम पनि छ तर अर्थ केही पनि छैन। निर्गुण अर्थात् ममा कुनै गुण छैन। तर गुणवान बनाउनु त बाबाको नै काम हो। बाबाको पदवी (टाइटल) को टोपी फेरि आफ्नो शिरमा लगाइदिएका छन्। बाबाले कति कुरा सम्झाउनुहुन्छ। निर्देशन पनि दिनुहुन्छ। जगत अम्बा र लक्ष्मीको भिन्नता बनाऊ। ब्रह्मा-सरस्वती सङ्गमका, लक्ष्मी-नारायण हुन् सत्ययुगका। यी चित्र हुन् सम्झाउनको लागि। सरस्वती ब्रह्माकी छोरी हुन्। यिनले पढ्छन् मनुष्यबाट देवता बन्नको लागि। अहिले तिमी ब्राह्मण हौ। सत्ययुगी देवता पनि मनुष्य नै हुन् तर उनीहरूलाई देवता भनिन्छ, मनुष्य भन्दा उनीहरूको अपमान जस्तै हुन्छ त्यसैले देवी-देवता वा भगवान-भगवती भनिदिन्छन्। यदि राजा-रानीलाई भगवान-भगवती भनियो भने फेरि प्रजालाई पनि भन्नुपर्छ, त्यसैले देवी-देवता भनिन्छ। त्रिमूर्तिको चित्र पनि छ। सत्ययुगमा यति थोरै मानिसहरू, कलियुगमा यति धेरै मानिसहरू हुन्छन्। त्यो कसरी सम्झाउने। यसको लागि फेरि सृष्टिचक्रको चित्र पनि अवश्य चाहिन्छ। प्रदर्शनीमा यति धेरै सबैलाई बोलाउँछन्। भन्सार अधिकृत (कस्टम कलेक्टर) लाई त कहिल्यै कसैले निमन्त्रणा दिएको छैन। त्यसैले यस्ता यस्ता विचार चलाउनुपर्छ, यसमा धेरै विशालबुद्धि चाहिन्छ। बाबाको त आदर गर्नुपर्छ। हुसेनको घोडालाई कति सजाउँछन्। पगरी (पटका) कति सानो हुन्छ, घोडा कति ठुलो हुन्छ। आत्मा पनि कति सानो बिन्दु हो, त्यसको श्रृङ्गार कति ठुलो छ। यो अकालमूर्तको तख्त हो नि। सर्वव्यापीको कुरा पनि गीताबाट लिएका हुन्। बाबा भन्नुहुन्छ– मैले आत्माहरूलाई राजयोग सिकाउँछु फेरि सर्वव्यापी कसरी हुन्छु। बाबा-टिचर-गुरु सर्वव्यापी कसरी हुन्छन्। बाबा भन्नुहुन्छ– म त तिम्रो बाबा हुँ फेरि ज्ञान सागर हुँ। तिमीले बेहदको इतिहास भूगोल जानेमा बेहदको राज्य मिल्छ। दैवीगुण पनि धारण गर्नुपर्छ। मायाले एकदम नाकबाट समात्छ। चलन विकारी हुन जान्छ, फेरि लेख्छन्– यस्तो यस्तो भुल भयो। हामीले कालो मुख पारिदियौँ। यहाँ त पवित्रता सिकाइन्छ फेरि यदि कोही गिरे भने पनि फेरि त्यसमा बाबाले के गर्न सक्नुहुन्छ। घरमा कुनै बच्चा विकारी हुन जान्छ, कालो मुख पारिदियो भने पिताले भन्छन्– तिमी त मरेको भए राम्रो हुन्थ्यो। बेहदका बाबाले जान्न त ड्रामालाई जान्नुहुन्छ फेरि पनि भन्न त भन्नुहुन्छ नि। तिमीले अरूलाई शिक्षा दिएर आफू गिर्छौ भने हजार गुणा पाप चढ्छ। भन्छन्– मायाले थप्पड मारिदियो। मायाले यस्तो घुस्सा हान्छ जसले एकदम अक्कल नै गुम पारिदिन्छ।

बाबा सम्झाइरहनुहुन्छ, आँखा धेरै धोकेबाज छन्। कहिल्यै पनि कुनै विकर्म गर्नुहुँदैन। तुफान त धेरै आउँछन् किनकि युद्धको मैदानमा छौ नि। थाहा पनि हुँदैन के हुन्छ। मायाले तुरुन्त थप्पड लगाइदिन्छ। अहिले तिमी कति समझदार बन्छौ। आत्मा नै समझदार बन्छ नि। आत्मा नै बेसमझ थियो। अब बाबाले समझदार बनाउनुहुन्छ। धेरै देह अभिमानमा छन्। बुझ्दैनन्– हामी आत्मा हौँ। बाबाले हामी आत्माहरूलाई पढाउनुहुन्छ। हामी आत्माहरूले यी कानबाट सुनिरहेका छौँ। अब बाबा भन्नुहुन्छ– कुनै पनि विकारको कुरा यी कानबाट नसुन। बाबाले तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ, लक्ष्य धेरै उच्च छ। मृत्यु नजिक आएपछि फेरि तिमीलाई डर लाग्छ। मानिसहरू मर्ने बेलामा पनि मित्र-सम्बन्धी आदिले भन्छन् नि– भगवानलाई याद गर वा कसैले आफ्नो गुरु आदिलाई याद गर्छन्। देहधारीलाई याद गर्न सिकाउँछन्। बाबा त भन्नुहुन्छ– म एकलाई याद गर। यो त तिमी बच्चाहरूको नै बुद्धिमा छ। बाबाले आदेश गर्नुहुन्छ– म एकलाई याद गर। देहधारीहरूलाई याद गर्नुहुँदैन। आमाबुबा पनि देहधारी हुन् नि। म त विचित्र छु, विदेही छु, यिनमा बसेर तिमीलाई ज्ञान दिन्छु। तिमीले अहिले ज्ञान र योग सिक्छौ। तिमीले भन्छौ– ज्ञान सागर बाबाबाट हामीले ज्ञान सिकिरहेका छौँ, राजराजेश्वरी बन्नको लागि। ज्ञान सागरले ज्ञान पनि सिकाउनुहुन्छ, राजयोग पनि सिकाउनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) समझदार बनेर मायाको तुफानबाट कहिल्यै हार खानुछैन। आँखाले धोका दिन्छन् त्यसैले आफ्नो सम्हाल गर्नुछ। कुनै पनि विकारी कुरा यी कानहरूबाट सुन्नुछैन।

२) आफ्नो दिललाई सोध्नुछ– मैले कतिलाई आफूसमान बनाउँछु? मास्टर पतित-पावनी बनेर सबैलाई पावन (राजराजेश्वर) बनाउने सेवा गरिरहेको छु? ममा कुनै अवगुण त छैन? दैवीगुण कहाँसम्म धारण गरेको छु?

वरदान:–
हर सङ्कल्प वा कर्मलाई श्रेष्ठ र सफल बनाउने ज्ञान स्वरूप समझदार भव

जसले ज्ञानस्वरूप, समझदार बनेर कुनै पनि सङ्कल्प वा कर्म गर्छन्, उनीहरू सफलतामूर्त बन्छन्। यसैको यादगार भक्तिमार्गमा कार्य प्रारम्भ गर्दा स्वस्तिक बनाउँछन् वा गणेशलाई नमन गर्छन्। यो स्वस्तिक, स्व स्थितिमा स्थित हुने र गणेश ज्ञानवान भएको स्थितिको सूचक हो। तिमी बच्चाहरूले स्वयं ज्ञानवान बनेर हर सङ्कल्प वा कर्म गरेमा सहजै सफलताको अनुभव हुन्छ।

स्लोगन:–
ब्राह्मण जीवनको विशेषता हो खुसी, त्यसैले खुसीको दान गर्दै जाऊ।

अव्यक्त इसारा:– स्वयं र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

जसरी कुनै पनि साइन्सका साधनलाई प्रयोग गर्दा पहिला चेक गरिन्छ– लाइट छ कि छैन भनेर। त्यसैगरी योगको, शक्तिहरूको, गुणहरूको प्रयोग गर्दा पहिला यो चेक गर– मूल आधार आत्मिक शक्ति, परमात्म शक्ति वा लाइट (हल्का) स्थिति छ? यदि स्थिति र स्वरूप डबल लाइट छ भने प्रयोगको सफलता धेरै सहजै पाउन सक्छौ।