29.06.25 Avyakt Bapdada Nepali Murli 31.12.2005 Om Shanti Madhuban
“ नयाँ वर्षमा आफ्नो
पुरानो संस्कारलाई योग अग्निमा भस्म गरेर ब्रह्मा बाबासमान त्याग , तपस्या र सेवामा
नम्बरवन बन”
आज बापदादाले
चारैतिरका, चाहे सम्मुख छन्, चाहे टाढा बसेका भए पनि दिलको समीप छन्, सबैलाई तीन
बधाई दिइरहनुभएको छ। एक नव जीवनको बधाई छ, दोस्रो नव युगको बधाई छ र तेस्रो आजको
दिनमा नव वर्षको बधाई छ। तिमीहरू सबै पनि नयाँ वर्षको बधाई दिन र बधाई लिन आएका छौ।
वास्तवमा सच्चा दिलको खुसीको बधाई तिमी ब्राह्मण आत्माहरूले लिन्छौ पनि, दिन्छौ पनि।
आजको दिनको महत्त्व छ। बिदाइ पनि छ र बधाई पनि छ। यो बिदाइ र बधाईको सङ्गमयुग हो।
आजको दिनलाई सङ्गमको दिन भनिन्छ। सङ्गमको महिमा धेरै महान छ। तिमीहरू सबैलाई थाहा
छ– सङ्गमयुगको महिमाको कारण आजकाल पुरानो र नयाँ वर्षको सङ्गमलाई कति धुमधामसँग
मनाउँछन्। सङ्गमयुगको महिमाको कारण नै यो पुरानो र नयाँ वर्षको सङ्गमको महिमा छ। जहाँ
दुई नदी मिल्छन्, त्यहाँ सङ्गम हुन्छ, त्यसको पनि महिमा छ। जहाँ नदी र सागरको सङ्गम
हुन्छ त्यसको पनि महिमा छ। तर सबैभन्दा ठुलो महिमा यो सङ्गमयुगको, पुरुषोत्तम युगको
छ, जहाँ तिमी ब्राह्मण भाग्यवान आत्माहरू बसेका छौ। यो नशा छ नि! यदि तिमीलाई कसैले
सोध्यो– तपाईँ कुन समयमा हुनुहुन्छ? के कलियुगमा हुनुहुन्छ वा सत्ययुगमा? तब
गर्वसँग के भन्नेछौ? हामी यस समयमा पुरुषोत्तम सङ्गमयुगमा छौँ। तिमी कलियुगी होइनौ,
सङ्गमयुगी हौ। र, यो सङ्गमयुगको विशेष महिमा किन छ? किनकि भगवान र बच्चाहरूको मिलन
हुन्छ। मेला हुन्छ, मिलन हुन्छ, जुन कुनै पनि युगमा हुँदैन। त्यसैले मेला मनाउन आएका
हौ नि! तिमी मिलन मेला मनाउनको लागि कहाँ कहाँबाट आएका छौ। कहिल्यै सपनामा पनि
सोचेका थियौ– ड्रामामा म आत्माको यस्तो पनि भाग्य निश्चित भएको छ! आत्माको
परमात्मासँग मिल्ने भाग्य थियो र छ। बाबा पनि हरेक बच्चाको भाग्यलाई देखेर हर्षित
हुनुहुन्छ। वाह! भाग्यवान प्यारा बच्चाहरू वाह! आफ्नो भाग्यलाई देखेर दिलमा आफ्नो
प्रति वाह! म वाह! वाह! मेरो भाग्य वाह! वाह! मेरो बाबा वाह! वाह! मेरो ब्राह्मण
परिवार वाह! यो वाह, वाहको गीत स्वतः दिलमा गाइरहन्छौ नि!
त्यसैले आज यो सङ्गमको
समयमा आफ्नै मनले सोचेका छौ– कुन कुन कुरालाई बिदाइ दिनुछ? सबैले सोचेका छौ? सदैवको
लागि बिदाइ दिनुछ किनकि सदैवको लागि बिदाइ दिनाले सदैवको बधाई मनाउन सक्नेछौ। यस्तो
बधाई देऊ– जसबाट तिम्रो चेहरा देखेर जुनसुकै आत्मा पनि अगाडि आओस्, उसले पनि बधाई
प्राप्त गरेर खुसी होस्। जसले दिलबाट बधाई दिन्छन् वा लिन्छन्, उनीहरू सदैव कस्ता
देखिन्छन्? सङ्गमयुगी फरिस्ता। सबैको यही पुरुषार्थ हो नि– ब्राह्मण सो फरिस्ता र
फरिस्ता सो देवता! किनकि बाबालाई सबै प्रकारका सङ्कल्प वा जे जति प्रवृत्तिको,
कर्मको बोझ छ, त्यो दिइसकेका छौ नि! बोझ दियौ वा अलिकति बाँकी रहेको छ? किनकि अलिकति
पनि बोझले फरिस्ता बन्न दिँदैन र बाबा बच्चाहरूको बोझ लिनको लागि आउनुभएको छ भने
बोझ दिन मुस्किल छ र! मुस्किल छ वा सहज छ? जसले भन्छौ– बोझ दिइसकेँ, उनीहरूले हात
उठाऊ। दिइसक्यौ? हेर, सोचेर हात उठाउनु। बोझ दिइसक्यौ? अच्छा, दिइसक्यौ भने धेरै
बधाई छ। अरू जसले दिएका छैनौ, उनीहरूले किन राखेका छौ? बोझसँग प्रीत छ कि? बोझ
राम्रो लाग्छ? हेर, बापदादाले हरेक बच्चालाई के भन्नुहुन्छ? ए मेरा बेफिक्र बादसाह
बच्चाहरू! बोझको त फिक्र हुन्छ नि! त्यसैले बोझ लिनको लागि बाबा आउनुभएको छ किनकि
बाबाले देखिरहनुभएको छ– ६३ जन्मदेखि बोझ उठाउँदा उठाउँदा सबै बच्चाहरू धेरै बोझिला
भएका छन्, त्यसैले जब बाबाले बच्चाहरूलाई प्यारले बोझ देऊ भनिरहनुभएको छ भने फेरि
पनि किन राखेका छौ? के बोझ राम्रो लाग्छ? सबैभन्दा सूक्ष्म बोझ हो– पुरानो संस्कारको।
बापदादाले हरेक बच्चाको यो वर्षको, किनकि वर्ष पूरा भइरहेको छ नि, त्यसैले यो वर्षको
चार्ट हेर्नुभयो। तिमीहरू सबैले पनि आआफ्नो वर्षको चार्ट चेक गर्यौ होला? चार्टमा
बापदादाले देख्नुभयो– कैयौँ बच्चाहरूलाई यो पुरानो संसारको आकर्षण कम भएको छ, पुरानो
सम्बन्धको पनि आकर्षण कम भएको छ तर पुरानो संस्कार, त्यसको बोझ मेजोरिटीमा रहेको छ।
कुनै न कुनै रूपमा चाहे मनसा अशुद्ध सङ्कल्प नहोस् तर व्यर्थ सङ्कल्पको संस्कार
अहिले पनि पर्सेन्टमा देखिन्छ। वाचामा पनि देखिन्छ। सम्बन्ध-सम्पर्कमा पनि कुनै न
कुनै संस्कार अहिले पनि देखिन्छ।
त्यसैले आज बापदादाले
सबै बच्चाहरूलाई बधाईका साथसाथै यही इसारा दिनुहुन्छ– यो रहेको संस्कारले समयमा पनि
धोका दिन्छ र अन्त्यमा पनि धोका दिने निमित्त बन्नेछ, त्यसैले आज संस्कारको संस्कार
गर। हरेकले आफ्नो संस्कारलाई जान्दछौ पनि, छोड्न चाहन्छौ पनि, दिक्क पनि छौ, तर
सदैवको लागि परिवर्तन गर्नमा तीव्र पुरुषार्थी छैनौ। पुरुषार्थ गर्छन् तर तीव्र
पुरुषार्थी छैनन्। कारण? तीव्र पुरुषार्थ किन हुँदैन? कारण यही हो, जसरी रावणलाई
केवल मार्दैनन्, जलाउँछन् पनि। त्यसैगरी मार्नको लागि पुरुषार्थ गर्छन्, संस्कार
अलिकति बेहोस पनि हुन्छ, तर जलाएनन् भने बेहोसीबाट बीच बीचमा उठ्छ। यसको लागि पुरानो
संस्कारको संस्कार गर्नको लागि यो नयाँ वर्षमा योग अग्निले जलाउने, दृढ सङ्कल्पको
अटेन्सन राख। सोध्छौ नि यो नयाँ वर्षमा के गर्नुछ? सेवाको कुरा त अलग हो तर पहिला
स्वयंको स्थितिको कुरा हो– योग लगाउँछौ, बापदादाले बच्चाहरूलाई योगमा अभ्यास
गरिरहेको देख्नुहुन्छ। अमृतवेला पनि धेरै पुरुषार्थ गर्छौ तर योग तपस्या, तपको रूपमा
गर्दैनौ। अवश्य प्यारले याद गर्छौ, रुहरिहान पनि धेरै गर्छौ, शक्ति पनि लिने अभ्यास
गर्छौ तर यादलाई यति पावरफुल बनाएका छैनौ , जेको बिदाइ भनेर जुन जुन सङ्कल्प गर्यौ
त्यसको बिदाइ होस्। योगलाई योग अग्निको रूपमा कार्यमा लगाउँदैनौ, त्यसैले योगलाई
पावरफुल बनाऊ। विशेष संस्कार भस्म गर्नमा एकाग्रताको शक्ति आवश्यक छ। जुन स्वरूपमा
एकाग्र हुन चाहन्छौ, जति समय एकाग्र हुन चाहन्छौ, त्यस्तो एकाग्रताले सङ्कल्प गर्यौ
भने भस्म हुन्छ। यसलाई भनिन्छ योग अग्नि। नामनिसान समाप्त। मार्दा लाश त रहन्छ नि!
भस्म भएपछि नामनिसान खतम। त्यसैले यो वर्ष योगलाई पावरफुल स्टेजमा ल्याऊ। जुन
स्वरूपमा रहन चाहन्छौ मास्टर सर्वशक्तिमान, अर्डर गर, समाप्त गर्ने शक्तिले तिम्रो
अर्डर नमानोस्, यो हुन सक्दैन। मालिक हौ। मास्टर कहलाउँछौ नि! मास्टरले अर्डर गर्छ
र शक्ति हाजिर भएन भने के त्यो मास्टर हो? त्यसैले बापदादाले देख्नुभयो– पुरानो
संस्कारको केही न केही अंश अहिले पनि रहेको छ र त्यो अंशले बीच बीचमा वंश पनि पैदा
गरिदिन्छ, जसले कर्म हुँदासम्म पनि काम गर्छ। युद्ध गर्नुपर्छ। समय अनुसार त्यसैले
बापदादालाई बच्चाहरूको युद्धको स्वरूप मन पर्दैन। बापदादाले हरेक बच्चालाई मालिकको
रूपमा देख्न चाहनुहुन्छ। जुनसुकै शक्तिलाई अर्डर गर हस हजुर भनोस्।
सुन्यौ, यो वर्ष
स्वप्रति के गर्नुछ? शक्तिशाली, बेफिक्र बादसाह। किनकि सबैको लक्ष्य छ, जोसुकैसँग
सोध्यौ भने के भन्छन्? हामीले विश्वको राज्य प्राप्त गर्नेछौँ, राज्य अधिकारी
बन्नेछौँ। आफूलाई राजयोगी कहलाउँछौ। प्रजायोगी हौ र? कोही छौ सारा सभामा जो
प्रजायोगी हौ? छौ? जो प्रजायोगी हौ, राजयोगी होइनौ। टिचरहरू, कोही छौ? तिम्रो
सेन्टरमा कोही प्रजायोगी छन्? कहलाउन त सबै राजयोगी कहलाउँछन्। प्रजायोगीमा हात
कसैले उठाउँदैन। राम्रो लाग्दैन नि! बाबालाई पनि गर्व छ। बापदादाले गर्वले
भन्नुहुन्छ– सङ्गममा पनि हरेक बच्चा राजा बच्चा हो। कुनै पिताले यस्तो गर्वले भन्न
सक्दैन– मेरो एक एक बच्चा राजा हो। तर बापदादाले भन्नुहुन्छ– हरेक बच्चा स्वराज्य
अधिकारी राजा हो। प्रजायोगीमा त हात उठाएनौ नि, त्यसैले राजा हौ नि! तर यस्तो अल्छी
राजा नबन्नु जो अर्डर गर्दा नआओस्। कमजोर राजा नबन्नु। पछाडि बस्नेहरू को हौ? जसले
आफूलाई राजयोगी सम्झन्छौ, उनीहरूले हात उठाऊ। माथि पनि बसेका छन्, (बार्दलीमा
बसेकाहरूले हात हल्लाइरहेका छन्, आज हलमा १८ हजार भाइ-बहिनीहरू बसेका छन्) बापदादाले
हेरिरहनुभएको छ, हात उठाऊ माथि बसेकाहरूले।
त्यसोभए अहिले यो
लास्ट टर्नमा सुरु हुनेछ। त्यसैले बापदादाले तीन महिना दिनुहुन्छ, ठीक छ दिऊँ?
होमवर्क दिनुहुनेछ किनकि यो बीच बीचको होमवर्क पनि लास्ट पेपरमा जम्मा हुनेछ।
त्यसैले तीन महिनामा हरेकले आफ्नो चार्ट चेक गर्नु– मैले मास्टर सर्वशक्तिमान भएर
कुनै पनि कर्मेन्द्रियलाई, कुनै पनि शक्तिलाई जब अर्डर गर्छु, जे अर्डर गर्छु, त्यस
कर्मेन्द्रियले त्यो अर्डर यथार्थमा मान्यो वा मानेन? गर्न सक्छौ? पहिलो लाइनकाले
गर्न सक्छौ? हात उठाऊ। अच्छा। तीन महिना कुनै पनि पुरानो संस्कारले वार नगरोस्।
लापरबाह नबन्नु, रोयल अलबेलापन नल्याउनु, भइहाल्छ...। बापदादासँग धेरै मीठामीठा कुरा
गर्छन्, भन्छन्– बाबा हजुरले फिक्र नगर्नुहोस्, हामी भइहाल्छौँ। बापदादाले के
गर्नुहुन्छ? सुनेर मुस्कुराइदिनुहुन्छ। तर बापदादाले यी तीन महिनामा यदि यस्तो कुरा
गर्यौ भने मान्नुहुने छैन। मञ्जुर छ भने हात उठाऊ। दिलबाट हात उठाउनु, सभाको कारणले
हात नउठाउनु। गर्नु नै छ, चाहे जेसुकै सहन गर्नुपरोस्, केही छोड्नु परोस्, कुनै
हर्जा छैन। गर्नु नै छ। पक्का? पक्का? पक्का? टिचरहरू, गर्नुछ?
अच्छा, यी ताजवाला
बच्चाहरूले के गर्नेछन्? (साना बच्चाहरू ताज लगाएर अगाडि बसेका छन्) ताज त राम्रो
लगाएका छौ? गर्नुपर्छ। अच्छा। हेर, बच्चाहरूले हात उठाइरहेका छन्। यदि गरेनौ भने के
गर्ने? त्यो पनि बताइदेऊ। फेरि बापदादाको सिजनमा एक पटक पनि आउन दिइने छैन किनकि
बापदादाले हेरिरहनुभएको छ– समयले तिम्रो प्रतीक्षा गरिरहेको छ। तिमी समयको प्रतीक्षा
गर्नेवाला होइनौ, तिमी प्रबन्ध गर्नेवाला हौ, समयले तिम्रो प्रतीक्षा गरिरहेको छ।
प्रकृति पनि, सतोप्रधान प्रकृतिले तिम्रो आह्वान गरिरहेको छ। त्यसैले तीन महिनामा
आफ्नो शक्तिशाली स्टेजमा रहेरै संस्कारलाई परिवर्तन गर्नुछ। यदि तीन महिना अटेन्सन
राख्यौ भने त्यस पछि पनि अभ्यास हुनेछ। एकपटक परिवर्तनको विधि आयो भने धेरै काममा
आउनेछ। तिमीले समयको प्रतीक्षा नगर, कहिले विनाश हुन्छ, कहिले विनाश हुन्छ, सबैले
रुहरिहानमा सोध्छन्, बाहिरबाट बोल्दैनन् तर भित्र कुरा गर्छन्– थाहा छैन कहिले
विनाश हुन्छ, दुई वर्षमा हुन्छ, १० वर्षमा हुन्छ, कति वर्षमा हुन्छ? तिमीले किन
समयको प्रतीक्षा गर्छौ, समयले तिम्रो प्रतीक्षा गरिरहेको छ। बाबासँग सोध्छौ– मिति
बताइदिनुहोस्, अलिकति वर्ष बताइदिनुहोस्, १० वर्ष लाग्छ, २० वर्ष लाग्छ, कति वर्ष
लाग्छ?
बापदादाले
बच्चाहरूसँग प्रश्न सोध्नुहुन्छ– तिमीहरू सबै बाबासमान बनिसक्यौ? पर्दा खोलौँ कि
पर्दा खोलेँ भने कसैले कपाल कोरिरहेको छ, कसैले अनुहारमा क्रिम लगाइरहेको छ भने के
गर्ने, यदि एभररेडी छौ, संस्कार समाप्त भइसके भने बापदादालाई पर्दा खोल्न के बेर
लाग्छ र! एभररेडी त होऊ न! भइहाल्छौँ, भइहाल्छौँ भनेर बाबालाई धेरै समय खुसी बनायौ।
अब यस्तो नगर। हुनु नै छ, गर्नु नै छ। बाबासमान बन्नुछ, यसमा त सबैले हात
उठाइदिन्छन्, उठाउनु आवश्यक छैन। ब्रह्माबाबालाई हेर, साकारमा त ब्रह्माबाबालाई फलो
गर्नुछ नि! ब्रह्माबाबाले अन्तिम घडीसम्म साकार रूपमा प्राक्टिकलमा त्याग, तपस्या र
सेवा देखाउनुभयो। आफ्नो ड्युटी, शिवबाबाद्वारा महावाक्य उच्चारणको ड्युटी अन्तिम
दिनसम्म निभाउनुभयो। अन्तिम मुरली याद छ नि? तीन शब्दको वरदान, याद छ? (निराकारी,
निर्विकारी र निरहङ्काकारी बन) जसलाई याद छ, उनले हात उठाऊ। अच्छा, सबैलाई याद छ,
बधाई छ। त्याग पनि अन्तिम दिनसम्म गर्नुभयो, आफ्नो पुरानो कोठा छोड्नुभएन।
बच्चाहरूले कति प्यारले ब्रह्माबाबालाई भने तर बच्चाहरूको लागि नयाँ भवन बनाउनुभयो,
स्वयंले प्रयोग गर्नुभएन। र, सदा अढाई-तीन बजे उठेर स्वयं प्रति तपस्या गर्नुभयो,
संस्कार भस्म गर्नुभयो त्यसबाट कर्मातीत अव्यक्त बन्नुभयो, फरिस्ता बन्नुभयो। जे
सोच्नुभयो त्यो गरेर देखाउनुभयो। भन्नु, सोच्नु र गर्नु तीनै समान। फलो फादर।
अन्त्यसम्म आफ्नो कर्तव्यमा पूर्ण रहनुभयो, पत्र पनि लेख्नुभयो, कति पत्र लेख्नुभयो?
सेवा पनि छोड्नुभएन। फलो फादर। अखण्ड महादानी, महादानी होइन, अखण्ड महादानीको
यथार्थ रूप देखाउनुभयो, अन्त्यसम्म। अन्त्यसम्म बिना आधार तपस्वी रूपमा बस्नुभयो।
अहिले त बस्नको लागि बच्चाहरूले आधार लिन्छन् नि। तर ब्रह्माबाबाले आदिदेखि
अन्त्यसम्म तपस्वी रूप राख्नुभयो। आँखामा चस्मा लगाउनुभएन। यो सूक्ष्म शक्ति हो।
निराधार। शरीर पुरानो छ, दिनप्रतिदिन प्रकृति, हावा, पानी दुषित भइरहेको छ, त्यसैले
बापदादाले तिमीलाई भन्नुहुन्न– किन आधार लिन्छौ, किन चस्मा लगाउँछौ, लगाऊ, ठीकै छ
लगाऊ, तर शक्तिशाली स्थिति अवश्य बनाऊ। सारा विश्वको कार्य समाप्त गर्यौ? बापदादाले
तिमीसँग प्रश्न सोध्नुहुन्छ, तिमीहरू सबै सन्तुष्ट छौ– विश्व कल्याणको कार्य पूरा
भयो? जसले सम्झन्छन्– विश्व कल्याणको कार्य समाप्त भयो, उनीहरूले हात उठाऊ। एक जना
पनि छैनौ? तब कसरी भन्छौ विनाश हुन्छ? काम त पूरा गरेका छैनौ। अच्छा!
चारैतिरका सदैव
उमङ्ग-उत्साहमा अगाडि बढ्ने, सदैव हिम्मतले बापदादाको पदमगुणा मदतका पात्र
बच्चाहरूलाई, सदैव विजयी रत्न हुन्, हरेक कल्पमा विजयी बनेका थिए, अहिले पनि छन् र
हरेक कल्पमा विजयी अवश्य हुने नै छन्। यस्ता विजयी बच्चाहरूलाई, जसका लागि सदैव ‘एक
बाबा दोस्रो न कोही’, जो न संसारको आकर्षण, न संस्कारको आकर्षण– दुवै आकर्षणबाट
मुक्त रहने, सदैव बाबासमान बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
स दाकाल को
अटेन्सनद्वारा विजय मालामा उनिने धेरै समयका विजयी भव
धेरै समयका विजयी,
विजय मालाका दाना बन्छन्। विजयी बन्नको लागि सदैव बाबालाई अगाडि राख– जे बाबाले
गर्नुभयो त्यही हामीले गर्नुछ। हरेक कदममा जे बाबाको सङ्कल्प त्यही बच्चाहरूको
सङ्कल्प, जुन बाबाको बोली त्यही बच्चाहरूको बोली, अनि विजयी बन्नेछौ। यो अटेन्सन
सदाकालको हुनुपर्छ तब सदाकालको राज्य-भाग्य प्राप्त हुन्छ किनकि जस्तो पुरुषार्थ
त्यस्तै प्रारब्ध हुन्छ। सदाको पुरुषार्थ भयो भने सदाको राज्य-भाग्य हुन्छ।
स्लोगन:–
सेवामा सदैव
हुन्छ हजुर भन्नु– यही प्यारको सच्चा सबुत हो।