29.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबा आउनुभएको छ तिमीलाई ज्ञानको तेस्रो नेत्र दिन , जसबाट तिमीले सृष्टिको आदि-मध्य- अन्त्य लाई जान्दछौ।”

प्रश्न:–
शेरनी शक्तिहरूले नै कुन कुरा हिम्मतका साथ सम्झाउन सक्छन्?

उत्तर:–
अरू धर्म मान्नेहरूलाई यो कुरा सम्झाउनुछ– बाबा भन्नुहुन्छ तिमीले आफूलाई आत्मा सम्झ, परमात्मा नसम्झ। आत्मा सम्झेर बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन् र तिमी मुक्तिधाममा जान्छौ। आफूलाई परमात्मा सम्झेर तिम्रो विकर्म विनाश हुन सक्दैन। यो कुरा धेरै हिम्मतले शेरनी शक्तिहरूले नै सम्झाउन सक्छन्। सम्झाउने पनि अभ्यास चाहिन्छ।

गीत:–
नयन हीन को राह दिखाओ...

ओम् शान्ति ।
प्यारा बच्चाहरू! अनुभव गरिरहेका छौ– रुहानी यादको यात्रामा कठिनाइ देखिन्छ। भक्तिमार्गमा द्वार द्वार ठक्कर खानु पर्छ। अनेक प्रकारका जप-तप-यज्ञ गर्छन्, शास्त्र आदि पढ्छन्, जसले गर्दा नै ब्रह्माको रात भनिन्छ। आधाकल्प रात, आधाकल्प दिन। ब्रह्मा एक्लै त हुँदैनन् नि। प्रजापिता ब्रह्मा छन् भने अवश्य उनका बच्चाहरू कुमार-कुमारीहरू पनि हुन्छन्। तर मानिसहरूले यो कुरा बुझ्दैनन्। बाबाले नै बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ, जसबाट तिमीलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान मिलेको छ। तिमी कल्प पहिला पनि ब्राह्मण थियौ र देवता बनेका थियौ, जो बनेका थिए उनीहरू नै फेरि बन्छन्। आदि सनातन देवी-देवता धर्मका तिमी नै हौ। तिमी नै पूज्य र पुजारी बन्छौ। अंग्रेजीमा पूज्यलाई वर्शिप वर्दी र पुजारीलाई वर्शिपर भनिन्छ। भारतवर्ष नै आधाकल्प पुजारी बन्छ। आत्माले मान्छ– हामी पूज्य थियौँ फेरि हामी नै पुजारी बनेका हौँ। पूज्यबाट पुजारी फेरि पूज्य बन्छौ। बाबा त पूज्य पुजारी बन्नुहुन्न। तिमीले भन्नेछौ– हामी पूज्य पावन सो देवी-देवता थियौँ फेरि ८४ जन्मपछि कम्प्लिट पतित पुजारी बन्नेछौँ। अहिले भारतवर्ष निवासी जो आदि सनातन देवी-देवता धर्मका थिए, उनीहरूलाई आफ्नो धर्मको विषयमा केही पनि थाहा छैन। तिम्रा यी कुरा सबै धर्मकाले बुझ्दैनन्, जो यस धर्मबाट कतै कन्भर्ट (धर्म परिवर्तन) भएका होलान्, उनीहरू नै आउँछन्। यस्ता कन्भर्ट त धेरै भएका छन्। बाबा भन्नुहुन्छ– जो शिव र देवताहरूका पुजारी छन्, उनीहरूलाई सहज हुन्छ। अन्य धर्मकालाई सम्झाउन मेहनत गर्नुपर्छ, जो कन्भर्ट भएका छन् उनलाई टच हुन्छ र आएर बुझ्ने कोसिस गर्छन्। नत्र मान्दैनन्। आर्य समाजीहरूबाट पनि धेरै आएका छन्। सिखहरू पनि आएका छन्। जो आदि सनातन देवी-देवता धर्मका कन्भर्ट भएका छन्, उनीहरू आफ्नो धर्ममा अवश्य आउनुपर्छ। वृक्षमा पनि अलग अलग सेक्सन छन्। फेरि आउँछन् पनि नम्बर अनुसार। हाँगाबिँगा निस्किरहन्छन्। उनीहरू पवित्र हुने भएकाले उनीहरूको प्रभाव राम्रो निस्किन्छ। यस समयमा देवी-देवता धर्मको फाउन्डेसन छैन जुन फेरि लगाउनुपर्छ। भाइ-बहिनी त बनाउनै पर्छ। हामी एक बाबाका सन्तान सबै आत्माहरू भाइ भाइ हौँ। फेरि भाइ-बहिनी बन्छौँ। अब मानौँ नयाँ सृष्टिको स्थापना भइरहेको छ, सबैभन्दा पहिला हुन्छन् ब्राह्मण। नयाँ सृष्टिको स्थापनामा प्रजापिता ब्रह्मा त अवश्य चाहिन्छ। ब्रह्माद्वारा ब्राह्मण बन्छन्। यसलाई रुद्र ज्ञान यज्ञ पनि भनिन्छ, यसमा ब्राह्मण अवश्य चाहिन्छ। प्रजापिता ब्रह्माका सन्तान अवश्य हुनुपर्छ। उनी हुन् ग्रेट ग्रेट ग्रेण्ड फादर आदिपिता। पहिलो नम्बरमा टुपीवाला ब्राह्मण हुन्छन्। आदम बीबी, एडम इभलाई मान्छन् पनि। यस समयमा तिमी पुजारीबाट पूज्य बनिरहेका छौ। तिम्रो सबैभन्दा राम्रो यादगार मन्दिर देलवाडा मन्दिर हो। तल तपस्यामा बसेका छौ, माथि राज्य भाग्य देखाइएको छ र यहाँ तिमी चैतन्यमा बसेका छौ। यी मन्दिर समाप्त हुन्छन् फेरि भक्तिमार्गमा बन्छन्।

तिमीलाई थाहा छ– अहिले हामीले राजयोग सिकिरहेका छौँ जसबाट फेरि हामी नयाँ दुनियाँमा जानेछौँ। त्यो जड मन्दिर हो, तिमी चैतन्यमा बसेका छौ। यो मुख्य मन्दिर ठीक बनेको छ। स्वर्गलाई नत्र कहाँ देखाउने, त्यसैले छतमा स्वर्गलाई देखाइएको छ। यसमा धेरै राम्रोसँग सम्झाउन सक्छौ। भन, भारतवर्ष नै स्वर्ग थियो फेरि अहिले भारतवर्ष नर्क छ। यस धर्मकाले तुरुन्तै बुझ्छन्। हिन्दुहरूमा पनि हेऱ्यौ भने यस धर्मबाट अनेक प्रकारका धर्ममा गएका छन्। तिमीले तिनीहरूलाई निकाल्नमा धेरै मेहनत गर्नुपर्छ। बाबाले सम्झाउनुभएको छ– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर, बस्, अरू कुनै कुरा नै गर्नुपर्दैन। जसको अभ्यास छैन, उसले त कुरा पनि गर्नुहुँदैन। नत्र बी. के. को नाम बदनाम गरिदिन्छन्। यदि अर्को धर्मका रहेछन् भने सम्झाउनुपर्छ– यदि तपाई मुक्तिधाममा जान चाहनुहुन्छ भने आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुहोस्। आफूलाई परमात्मा नसम्झनुहोस्। आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा तपाईका जन्मजन्मान्तरका पाप काटिन्छन् र मुक्तिधाममा जानुहुन्छ। तपाईको लागि यो मनमनाभवको मन्त्र नै पर्याप्त छ। तर कुरा गर्ने हिम्मत चाहिन्छ। शेरनी शक्तिहरूले नै सेवा गर्न सक्छन्। संन्यासीहरू बाहिर गएर बेलायतकालाई लिएर आउँछन् र भन्छन्– तपाईहरूलाई आध्यात्मिक ज्ञान दिउँला। तर उनीहरूले बाबालाई त चिन्दैनन्। ब्रह्मलाई भगवान सम्झेर भनिदिन्छन्, यसलाई याद गर। बस् यो मन्त्र दिन्छन्, जसरी कुनै चरालाई आफ्नो पिँजडामा राखिदिन्छन्। त्यसैले यसप्रकारले सम्झाउनमा पनि समय लाग्छ। बाबाले भन्नुभएको थियो– हरेक चित्रमाथि लेखिएको होस् शिव भगवानुवाच।

तिमीलाई थाहा छ– यस दुनियाँमा मालिक बिनाका सबै अनाथ छन्। पुकार्छन्– तिमी माता-पिता...। अच्छा त्यसको अर्थ के हो? यत्तिकै भनिरहन्छन्– तिम्रो कृपाले सुख...। अहिले बाबाले तिमीलाई स्वर्गको सुखको लागि पढाइरहनुभएको छ, जसको लागि तिमीले पुरुषार्थ गरिरहेका छौ। जसले गर्छ उसले पाउँछ। यस समयमा त सबै पतित छन्। पावन दुनियाँ त एउटै स्वर्ग नै हो, त्यहाँ कोही पनि सतोप्रधान हुन सक्दैन। सत्ययुगमा जो सतोप्रधान थिए, उनीहरू नै तमोप्रधान पतित बन्छन्। क्राइस्ट पछी जो उनका धर्मका आउँछन्, उनीहरू त पहिला सतोप्रधान हुन्छन् नि। लाखौँको सङ्ख्या पुगेपछि सेना (लस्कर) तयार हुन्छ, लडेर बादसाही लिन। उनीहरूलाई सुख पनि कम हुन्छ भने दु:ख पनि कम हुन्छ। तिम्रो जस्तो सुख त कसैलाई मिल्न सक्दैन। तिमी अहिले तयार भइरहेका छौ– सुखधाममा आउनको लागि। बाँकी सबै धर्म स्वर्गमा कहाँ आउँछन् र। भारतवर्ष स्वर्ग हुँदा त्योजस्तो पावन खण्ड कुनै थिएन। बाबा आउनुभएपछि मात्रै ईश्वरीय राज्य स्थापना हुन्छ। त्यहाँ लडाइँ आदिको कुरा हुँदैन। लडाइँ झगडा त धेरै पछि सुरुहुन्छ। भारतवर्षका त्यति धेरै लडेका छैनन्। अलिअलि आपसमा लडेर अलग भएका छन्। द्वापरमा एकअर्कामाथि आक्रमण (चढाइ) गर्छन्। यी चित्र आदि बनाउनमा पनि ठुलो बुद्धि चाहिन्छ। यो पनि लेख्नुपर्छ– भारतवर्ष जुन स्वर्ग थियो त्यो फेरि नर्कजस्तो कसरी बन्यो, आएर बुझ। भारतवर्ष सदगतिमा थियो, अहिले दुर्गतिमा छ। अब सदगति पाउनको लागि बाबाले नै ज्ञान दिनुहुन्छ। मानिसहरूमा यो रुहानी ज्ञान हुँदैन। यो ज्ञान हुन्छ परमपिता परमात्मामा। बाबाले यो ज्ञान आत्माहरूलाई दिनुहुन्छ। बाँकी सबै मानिसले त मानिसहरूलाई नै दिन्छन्। शास्त्र पनि मानिसहरूले लेखेका हुन्, मानिसहरूले पढेका हुन्। यहाँ त तिमीलाई रुहानी बाबाले पढाउनुहुन्छ र रुहले पढ्छ। पढ्ने त आत्माले हो नि। ती शास्त्र आदि लेख्ने र पढ्ने मानिसहरू नै हुन्। परमात्मालाई त शास्त्र आदि पढ्ने दरकार छैन। बाबा भन्नुहुन्छ– यी शास्त्र आदिबाट कसैको पनि सदगति हुन सक्दैन। मैले नै आएर सबैलाई फिर्ता लैजानुछ। अहिले त दुनियाँमा करोडौँ मानिसहरू छन्। सत्ययुगमा यी लक्ष्मी-नारायणको राज्य हुँदा त्यहाँ ९ लाख हुन्छन्। धेरै सानो वृक्ष हुन्छ। फेरि विचार गर यति सबै आत्माहरू कहाँ गए? ब्रह्ममा वा पानीमा त लीन भएनन्। उनीहरू सबै मुक्तिधाममा रहन्छन्। हरेक आत्मा अविनाशी छ। त्यसमा अविनाशी पार्ट पहिल्यै निश्चित छ जुन कहिल्यै मेटिन सक्दैन। आत्मा विनाश हुन सक्दैन। आत्मा त बिन्दु हो। बाँकी निर्वाण आदिमा कोही पनि जाँदैन, सबैले पार्ट खेल्नैपर्छ। सबै आत्माहरू आइसकेपछि मात्र म आएर सबैलाई लैजान्छु। अन्त्यमा हुन्छ नै बाबाको पार्ट । नयाँ दुनियाँको स्थापना फेरि पुरानो दुनियाँको विनाश। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। तिमीले आर्य समाजीहरूको समुहलाई सम्झायौ भने त्यसमा जो कोही यस देवता धर्मको हुन्छ उसलाई अनुभूति हुन्छ। अवश्य यो कुरा त ठीक हो, परमात्मा सर्वव्यापी कसरी हुन सक्नुहुन्छ। भगवान त बाबा हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। कुनै आर्य समाजी पनि तिम्रो पासमा आउँछन् नि। यसलाई नै कलमी भनिन्छ। तिमीले सम्झाइराख फेरि जो तिम्रो कुलको हुन्छ ऊ आइहाल्छ। भगवान बाबाले नै पावन हुने युक्ति बताउनुहुन्छ। भगवानुवाच– म एकलाई याद गर। म पतितपावन हुँ, मलाई याद गर्नाले तिम्रा विकर्म विनाश हुन्छन् र मुक्तिधाममा आउँछौ। यो सन्देश सबै धर्मका मानिसहरूका लागि हो। भन, बाबा भन्नुहुन्छ– देहका सबै धर्म छोडेर मलाई याद गरेमा तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। म गुजराती हुँ, फलानो हुँ– यी सबै कुरा छोड। आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। यो हो योग अग्नि। सम्हालेर कदम उठाउनुछ। सबैले बुझ्दैनन्। बाबा भन्नुहुन्छ– पतित-पावन म नै हुँ। तिमी सबै हौ पतित, निर्वाणधाममा पनि पावन नभई आउन सक्दैनौ। रचनाको आदि-मध्य-अन्त्यलाई पनि बुझ्नुछ। पूरा बुझेपछि नै उच्च पद पाउँछौ। थोरै भक्ति गरेको रहेछ भने थोरै ज्ञान बुझ्छन्। धेरै भक्ति गरेको रहेछ भने धेरै ज्ञान लिन्छन्। बाबाले जे सम्झाउनुहुन्छ त्यसलाई धारण गर्नुछ। वानप्रस्थीहरूको लागि झन् सहज छ। उनीहरूले गृहस्थ व्यवहारबाट किनारा गर्छन्। वानप्रस्थ अवस्था ६० वर्षपछि हुन्छ। गुरु पनि त्यसपछि बनाउँछन्। आजकाल त सानैमा गुरु बनाइदिन्छन्। नत्र पहिला पिता, फेरि टिचर फेरि ६० वर्षपछि गुरु बनाइन्थ्यो। सदगतिदाता त एउटै बाबा हुनुहुन्छ, यी अनेक गुरुहरू कहाँ हुन् र। यी त सबै पैसा कमाउने युक्तिहरू हुन्, सद्गुरु हुनुहुन्छ नै एक– सबैका सदगतिदाता। बाबा भन्नुहुन्छ– मैले तिमीलाई सबै वेद-शास्त्रहरूको सार सम्झाउँछु। यी सबै हुन् भक्तिमार्गका सामग्री। सिँढी ओर्लनुपर्छ। ज्ञान, भक्ति फेरि भक्तिबाट हो वैराग्य। ज्ञान मिलेपछि मात्रै भक्तिबाट वैराग्य हुन्छ। यस पुरानो दुनियाँबाट तिमीलाई वैराग्य हुन्छ। बाँकी दुनियाँलाई छोडेर कहाँ जान्छौ? तिमीलाई थाहा छ– यो दुनियाँ नै समाप्त हुनुछ त्यसैले अब बेहदको दुनियाँको संन्यास गर्नुछ। पवित्र नबनी घर जान सक्दैनौ। पवित्र बन्नको लागि यादको यात्रा चाहिन्छ। भारतवर्षमा रगतका नदीहरू बगेपछि फेरि दुधका नदीहरू बग्नेछन्। विष्णुलाई पनि क्षीर सागरमा देखाउँछन्। सम्झाइन्छ– यस लडाइँबाट मुक्ति-जीवनमुक्तिको गेट खुल्छ। जति तिमी बच्चाहरू अगाडि बढ्छौ त्यति नै आवाज निस्किरहन्छ। अब लडाइँ भइ नै हाल्छ। एउटा झिल्कोबाट हेर पहिला के भएको थियो। सम्झन्छन्– लड्छन् अवश्य। लडाइँ चलिरहन्छ। एकअर्काको मदतगार बनिरहन्छन्। तिमीलाई पनि नयाँ दुनियाँ चाहिन्छ भने पुरानो दुनियाँ अवश्य समाप्त हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यो पुरानो दुनियाँ अब समाप्त हुनुछ त्यसैले यस दुनियाँको संन्यास गर्नुछ। दुनियाँलाई छोडेर कतै जानुछैन, तर यसलाई बुद्धिले भुल्नुछ।

२) निर्वाणधाममा जानको लागि पूरा पावन बन्नुछ। रचनाको आदि-मध्य-अन्त्यलाई पूरा बुझेर नयाँ दुनियाँमा उच्च पद पाउनुछ।

वरदान:–
जुनसु क ै आत्मालाई पनि प्राप्तिको अनुभूति गराउने यथार्थ सेवाधारी भव

यथार्थ सेवाभाव अर्थात् सदा हर आत्माप्रति शुभभावना, श्रेष्ठ कामनाको भाव। सेवाभाव अर्थात् हर आत्मालाई भावना अनुसार फल दिनु। सेवा अर्थात् कुनै पनि आत्मालाई प्राप्तिको मेवा अनुभव गराउनु। यस्तो सेवामा तपस्या साथसाथै हुन्छ। जहाँ यथार्थ सेवाभाव छ त्यहाँ तपस्याको भाव अलग हुँदैन। जुन सेवामा त्याग, तपस्या छैन त्यो हो नामधारी सेवा, त्यसैले त्याग, तपस्या र सेवाको कम्बाइन्ड रूपद्वारा सच्चा यथार्थ सेवाधारी बन।

स्लोगन:–
नम्रता र धैर्यताको गुण धारण गरेमा क्रोधाग्नि पनि शान्त हुन्छ।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

अब निर्भय ज्वालामुखी बनेर प्रकृति र आत्माहरू भित्र जुन तमोगुण छ त्यसलाई भस्म गर। तपस्या अर्थात् ज्वालास्वरूप याद, यस यादद्वारा नै माया वा प्रकृतिको विकराल रूप शीतल हुन्छ। तिम्रो तेस्रो नेत्र, ज्वालामुखी नेत्रले मायालाई शक्तिहीन बनाइदिन्छ।