29.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बेहदका
बाबा आउनुभएको छ तिमी बच्चाहरूलाई आफूसँगै लैजान , त्यसैले अब बाबाको बनेर उहाँको
श्रीमतमा चल।”
प्रश्न:–
बाबाले आफ्ना
बच्चाहरूको तकदिर उच्च बनाउनको लागि कुन श्रेष्ठ मत दिनुहुन्छ?
उत्तर:–
प्यारा
बच्चाहरू! मृत्युभन्दा पहिला जति सकिन्छ यादमा रहने पुरुषार्थ गर, यसबाट नै तिम्रो
कमाइ हुन्छ। मेरा बच्चा बनेर कहिल्यै भुलेर पनि कुनै पाप कर्म नगर। मायाका जतिसुकै
तुफान आए पनि पतित त कहिल्यै नबन्नु।
ओम् शान्ति ।
शिव भगवानुवाच।
तिमी बच्चाहरूले त बुझेका छौ, शिवबाबाले हामीलाई सम्झाउनुहुन्छ। तिमी सङ्गमयुगी हौ।
शिवबाबाको सामुन्ने बसेका छौ। ती कलियुगी मानिसहरू शिवबाबाको जड मन्दिरमा गएर बस्छन्।
फरक जान्दछौ नि। बुद्धिको ताला केही त खोल। तिमीहरूले बुझेका छौ, हामी चैतन्य
शिवबाबाको समीप बसेका छौँ। बाबाले हामीसँग सम्मुख वार्तालाप गरिरहनुभएको छ।
शिवबाबाले ब्रह्माद्वारा राजयोग सिकाइरहनुभएको छ र अर्कातिर हेर मानिसहरूले
शिवबाबाको पूजा गरिरहेका छन्। उहाँलाई खोज्न अमरनाथ, काशी गइरहेका छन्। फेरि तिमीले
यो घरी घरी किन भुल्छौ– हामी शिवबाबाको समीप बसेका छौँ, जसलाई परमपिता परमात्मा
भनिन्छ। उहाँको कति महिमा छ। उहाँलाई तिमीले बाबा बाबा भन्छौ। तिमीलाई थाहा छ, हामी
शिवबाबाको मतमा चलेर विश्वको मालिक बन्ने वर्सा लिइरहेका छौँ। उनीहरू मन्दिरहरू,
तीर्थहरू आदिमा ठक्कर खाइरहन्छन् र तिमीले वर्सा लिइरहेका छौ। फरक हेर कति छ। तिम्रो
तुलनामा उनीहरू कति बुद्धू छन्। शिवबाबा भन्नुहुन्छ– म तिम्रो आज्ञाकारी सेवाधारी
हुँ। म तिमीलाई वर्सा दिन आएको हुँ। उनीहरूले परमपितालाई बोलाइरहन्छन्। यहाँ त तिमी
परमपिताको सामुन्ने बसेका छौ। यहाँ बुद्धिमा बस्छ, फेरि घर गएपछि किन भुल्छौ! यहाँ
तिम्रो लागि दिन छ, त्यहाँ उनीहरूको लागि रात छ। उनीहरूले दु:खले पुकारीरहन्छन्,
तिमी सामुन्ने बसेका छौ, भन्छौ– हजुरसँगै बसौँ, हजुरबाटै सुनौँ। तर घर गएर भुल्छौ।
माया धेरै प्रबल छ। शिवबाबाका बच्चा बनेर पुजारीबाट पूज्य बन्ने पुरुषार्थ पनि गर्छौ,
फेरि बाहिर गएर पुजारी बन्न पुग्छौ। शिवबाबाको जड मन्दिरमा गइरहन्छौ।
यहाँ त बाबा
सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! श्रीमतमा चलेमा नै तिमी श्रेष्ठ बन्छौ। मुख्य हो
नै पवित्रता। त्यहाँ जड चित्रहरूको अगाडि गएर काशी कलवट खान्छन्। यहाँ त चैतन्यमा
बसेका छौ। यहाँ काशी कलवट खाने कुरा छैन। यो हो जीवन छँदै मर्नु। बाबा भन्नुहुन्छ–
श्रीमतमा चल। यहाँबाट बाहिर जानासाथ बाबालाई भुल्छौ। कहिल्यै चिठी आदि पनि लेख्दैनौ।
कोही त यस्ता छन् जसलाई कहिल्यै देखेको पनि छैन। उनीहरूले तड्पिँदै तड्पिँदै चिठी
लेखिरहन्छन् र जो सम्मुख मिलेर जान्छन्, उनीहरूले फेरि एकदम भुल्छन्। तिमी त
शिवबाबामाथि बलि चढ्नु छ नि। भक्तिमार्गमा शिवबाबासँग मिल्नको लागि काशी कलवट खान्थे
तर उहाँ त मिल्न सक्नुहुन्न। अब बाबा चैतन्यमा आएर भन्नुहुन्छ– प्यारा बच्चाहरू!
मेरा बन। म आएको छु तिमीहरूलाई लैजान। पवित्र नबनी त जान सक्दैनौ। पवित्र बनाउन म
नै आउनुपर्छ। सबैको सद्गतिदाता बाबा तिम्रो समीप बस्नुभएको छ। तिमीलाई राजयोग
सिकाइरहनुभएको छ, जुन गीताका भगवानले सिकाउनुभएको थियो। उनीहरूले श्रीकृष्णलाई
भगवान भनिदिएका छन्। तिमीलाई थाहा छ, गीताका भगवान शिवबाबा हुनुहुन्छ। तिमीले चिठी
पनि यसरी लेख्छौ– शिवबाबा मार्फत ब्रह्मा। सम्मुख बसेर बाबाले तिमीलाई
सम्झाउनुहुन्छ, तैपनि नसा चढ्दैन। ओहो! शिवबाबाले हामीलाई गोद लिनुभएको छ। धर्मको
बच्चा बनाउनुभएको छ। तर सबैलाई त यहाँ राख्नुहुन्न नि। हजारौँ बच्चाहरू छन्। सबैलाई
यहाँ कसरी राख्नुहुन्छ, यति धेरै ठाउँ कहाँ छ र! बाबा भन्नुहुन्छ– तिमी आफ्नो घरमा
नै बस्नु छ। बाबालाई याद गर्नु छ। सबैभन्दा मीठा जो बेहदका बाबा हुनुहुन्छ, तिमीहरू
उहाँका बच्चा बनेका छौ।
बाबा सम्झाउनुहुन्छ–
प्यारा बच्चाहरू! तिमी काम चितामा बसेर जलेर मरेका छौ। अब तिमी ज्ञान चितामा बसेर
देवता बन। देवताहरूको पूजा पनि गर्छन्, तर केही पनि बुझ्दैनन्। यसलाई पनि ड्रामाको
भावी भनिन्छ। अहिले तिमी चैतन्य शिवबाबाको समीप बसेका छौ। भनिन्छ पनि– शिवबाबाले
ब्रह्माद्वारा विष्णुपुरीको स्थापना गर्नुहुन्छ। बाबा सम्झाउनुहुन्छ– प्यारा
बच्चाहरू! कुनै पनि पाप कर्म नगर। देह अभिमानमा नआऊ। तिमीले त हिँड्दाडुल्दा साजन
बाबालाई याद गर्नु छ। जसलाई तिमीले आधाकल्पदेखि याद गर्थ्यौ, उहाँ अब तिम्रो सेवामा
उपस्थित हुनुहुन्छ। उहाँ रुहानी समाज सेवक हुनुहुन्छ। तिमीलाई रुहानी सेवा
सिकाउनुहुन्छ। समाज सेवाका प्रमुखहरू पनि हुन्छन् नि। यो हो रुहानी सेवा। उनीहरू
हुन्छन् मनुष्य समाजको जिस्मानी सेवा गर्नेहरू। अहिले हेर उनीहरूले भन्छन्– गौहत्या
गर्न बन्द गर। तिमीले लेख्न सक्छौ– एकअर्कामाथि काम कटारी चलाउनु– यो सबैभन्दा ठुलो
पाप हो। पहिला यो त बन्द गर। जसको लागि नै भगवानले भन्नुभएको छ– काम महाशत्रुले
आदि-मध्य-अन्त्य दुःख दिन्छ। तिमीले गीताका भगवानलाई भुलेका छौ। बाबालाई त अचम्म
लाग्छ। एकातिर अमरनाथमा, पहाडहरूमा ठक्कर खाइरहन्छन्, पार्वतीलाई त्यहाँ अमरकथा
सुनाउनुभयो भन्ने सम्झन्छन्। अब एक पार्वतीलाई सुनाएर मात्रै के हुन्छ र! बाबा
सम्झाउनुहुन्छ– यी सबै पार्वतीहरू हुन्। बाबाले सबैलाई अमरकथा सुनाइरहनुभएको छ। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! ८४ जन्म लिँदालिँदै अब मृत्युलोकमा आइपुगेका छौ। अच्छा
लक्ष्मीनारायण कहाँ गए, के फर्केर गए वा ज्योतिमा ज्योति समाहित भए? सूर्यवंशी
राजारानी, प्रजा ती सबै गए कहाँ? अवश्य सतोप्रधानबाट ८४ जन्म लिँदालिँदै तमोप्रधान
बने होलान्। बुझेका छौ नि! यो कुरा शिवबाबा बसेर ब्रह्माद्वारा सम्झाउनुहुन्छ।
प्यारा बच्चाहरू! अहिले म तिम्रो तकदिर बनाउन आएको हुँ, फेरि तिमीले तकदिरको रेखा
किन मेटाउँछौ! केही त बुझ। म तिमीलाई स्वर्गको मालिक बनाउन आएको हुँ। तिमी मेरो मतमा
चल्दैनौ! घर गएपछि याद किन भुल्छौ! बाबा बारम्बार सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू!
अहिले तिमी सङ्गमयुगी हौ। उनीहरू कलियुगी हुन्। तिमी पूज्य, उनीहरू पुजारी। तिम्रो
भट्किने क्रम अहिले बन्द भएको छ। सम्झन त उनीहरूले तिमीलाई नास्तिक सम्झन्छन्,
तिमीले उनीहरूलाई नास्तिक भन्छौ। उनीहरूले भन्छन्– तिमीहरूले भक्ति गर्दैनौ, त्यसैले
नास्तिक हौ। तिमीले भन्छौ– तिमीले बाबालाई चिन्दैनौ, त्यसैले नास्तिक हौ। तिमीले
भन्छौ– हामी आस्तिक हौँ। बाबालाई चिनेर वर्सा लिन्छौँ। तिमीले चिन्दैनौ, त्यसैले
ठक्कर खाइरहन्छौ। कुम्भको मेलामा पनि कति जान्छन्, फेरि दानपुण्य गर्छन्। अब बाबा
भन्नुहुन्छ– यी सबै कुराहरू छोड। तिमीलाई ज्ञानको सागर मिल्नुभएको छ, फेरि अन्यत्र
कहाँ जान्छौ। यी ज्ञान नदीहरू हुन्। ज्ञान सागरको समीप ज्ञानस्नान गराउन तिमीलाई
लिएर आउँछन्। कति राम्रा राम्रा बच्चाहरू बाबाकहाँ आएर फेरि गएर विकारी बन्छन्। कोही
त बाबाको मतमा चल्छन्। उनीहरूले सोध्छन्– बाबा, विनाशी धन कसरी सफल गरौँ! फेरि
उनीहरूलाई सम्झाइन्छ– डुबेको डुङ्गाबाट जति निस्कन्छन्, त्यो राम्रो हो। विश्वको
सेवामा लगाएर त्यसलाई सफल गर, कुनै सेन्टर खोलिदेऊ। यी चित्र पनि कति बनिरहन्छन्।
बाबासँग यस्ता यस्ता बच्चाहरू छन्– जसले भन्छन्, बाबा आवश्यकता परेका बेलामा
हामीलाई याद गर्नुहोला, मद्दत गर्नको लागि हामी हाजिर हुनेछौँ। यज्ञको राम्रो राम्रो
कामको लागि आवश्यकता पर्दा मलाई याद गर्नुहोला। बाबा भन्नुहुन्छ– मैले कसैलाई याद
गर्दिनँ– जे गर्नु छ, त्यो गर। म त दाता हुँ। म त आएको हुँ नै विश्वलाई स्वर्ग
बनाउन, तिमी पनि स्वर्गमा जान्छौ। जति गर्छौ, त्यति पाउँछौ। तर जन्मजन्मान्तरका
पापको बोझ शिरमा छ, त्यसलाई निकाल्नु छ। नत्र त्यसको धेरै सजाय हुन्छ। स्वर्गमा त
जान्छौ तर सजाय बाँकी रह्यो भने पद पाउन सक्दैनौ। यो त गायन छ– साँवलशाहको हुन्डी
स्वीकार गर्नु भयो। यिनलाई कुनै पर्वाह छैन। बाबा भन्नुहुन्छ– हुन्डी आफै भरिनेछ।
तिमी बच्चाहरू
श्रीमतमा चल्नु छ, यसमा नै कल्याण छ। यसमा अकल्याण कहिल्यै नसम्झ। मानौँ दिल्ली
जाँदा बाटोमा खुट्टा भाँचियो, यसमा पनि सम्झ कल्याण छ। आत्मा त भाँचिएन नि। खुट्टा
भाँचियो, ठुलो कुरा होइन। मैले त तिमी आत्मासँग कुरा गर्छु। बाबा सम्झाउनुहुन्छ– यो
रावण राज्य हो, त्यसैले त जलाउँछन्। हामी के थियौँ, बाबाले हामीलाई केबाट के
बनाइदिनुभएको छ। दुनियाँको हालत हेर के छ! अहिले बाबाले तिमीलाई स्वर्गको मालिक
बनाउनुहुन्छ, त्यसैले उहाँको मतमा चल्नुपर्छ। कुनै पाप कर्म गर्नुहुँदैन। गृहस्थ
व्यवहारमा रहेर पवित्र बन। बस्, यो सत्य नारायणको कथा सुनिराख। यो कति लामो छ। सारा
सागर मसी बनायौ भने पनि अन्त्य हुन सक्दैन। त्यसैले बाबाको मतमा चल्नुपर्छ नि।
तिमीलाई थाहा छ, हामीले भगवानको श्रीमतमा राज्य भाग्य पाउँछौँ, मनुष्यबाट देवता
बन्छौँ। मृत्यु त सामुन्ने छ। अचानक हर्ट फेल भइरहन्छन्, दुर्घटनामा मर्छन्। बाबा
भन्नुहुन्छ– मर्नुभन्दा पहिला खुब पुरुषार्थ गर। बाबालाई याद गर्दागर्दै आफ्नो कमाइ
गर। बेहदका बाबाका बनेर फेरि पाप गर्छौ भने एकको सय गुणा हुनेछ। फेरि– मानिसहरूले
के भन्लान् भन्ने लाज पनि हुनेछ। शिवबाबा भन्नुहुन्छ– मैले धर्मराजद्वारा धेरै कडा
सजाय दिलाउँछु। फेरि त्यतिबेला यसरी कहाँ भन्छु र, यो मेरो बच्चा हो। यसमा ठुला
नियमहरू छन्। न्यायाधीशको बच्चाले पाप गरेछ भने, केही गर्न कहाँ सक्छन् र! सजाय
भोग्नैपर्छ। त्यसैले बाबा दिनहुँ सम्झाउनुहुन्छ, प्यारा बच्चाहरू! पापको काम पटक्कै
नगर। सबैभन्दा ठुलो पाप विकारको हुन्छ। तुफान धेरै आउनेछन्, बाहिर धेरै फोहोर जमेको
छ। कुरै नसोध। यो हो नै वेश्यालय। मानौँ कुनै ठुलो मानिसलाई तिमीले सम्झायौ र ऊ
विद्यार्थी बनेछ भने भन्छन्– यिनलाई ब्रह्माकुमारीहरूको जादु लागेको छ। ठुला ठुला
मानिसहरू आएर लेख्छन् पनि– अवश्य तपाईंले सत्य भन्नुहुन्छ। गीताका भगवान अवश्य शिव
हुनुहुन्छ, न कि श्रीकृष्ण। अच्छा फेरि आफ्नो घर गए, खतम। धेरै मेहनत गर्नुपर्छ।
बाबा सम्झाउनुहुन्छ–
मीठा-प्यारा बच्चाहरू! यो कुरा नभुल, माया धेरै प्रबल छ। बाबाको याद पारोसमान छ,
तुरून्तै बिर्सिन्छ। बाबा भन्नुहुन्छ– बस्न गृहस्थ-व्यवहारमै बस, केवल पवित्र बन।
पुरुषार्थ त गर्नु छ नि। बाबाले त एक एक बच्चालाई धेरै प्यारले भन्नुहुन्छ, अब मेरो
बच्चा बनेर फेरि कुनै पापको काम नगर। बाबालाई त चिनेका छौ नि। सृष्टि चक्रको रहस्य
पनि बुद्धिमा छ। विद्वान्, पण्डित, आचार्यले त आफूलाई शिवोहम् भनेर बसेर पूजा
गराउँछन्। प्रायः जसो संन्यासीहरू हरिद्वारमा गएर बस्छन्। दिनभरि भनिरहन्छन्– शिव
काशी विश्वनाथ गङ्गा। बाबा बसेर कति राम्रोसँग सम्झाउनुहुन्छ। गाउँछन् पनि–
अकालमूर्त। अकाल तख्त कुनै सन्दली होइन। अकाल मूर्त बाबाको यो रथ तख्त हो। जसरी
तिम्रो यो रथ छ। बाबा पनि भन्नुहुन्छ– मैले यो रथ लिएको छु। भृकुटीमा, एकातिर चेला,
अर्कातिर गुरु बस्नुभएको छ। अवश्य यिनकै छेउमा नै आएर बस्छु नि। म पनि बिन्दु हुँ।
त्यति कुनै ठुलो छैन।
मीठा-प्यारा बच्चाहरू!
यो तिम्रो सच्चा सच्चा चैतन्य यादको यात्रा हो। बापदादा दुवै मिल्नुभएको छ।
बाप-दादाको अर्थ कसैले बुझ्न सक्दैन। टेलिग्राममा हस्ताक्षर गर्छन्, बापदादा। कसैले
बुझ्न सक्दैन। अरे, शिवबाबा तिम्रो बाबा हुनुहुन्छ। प्रजापिता ब्रह्मा दादा हुन्
नि। त्यसैले बापदादा भए नि। अब बाबा भन्नुहुन्छ– म आएको छु यिनीद्वारा तिमीलाई वर्सा
दिन। शिवबाबा तिम्रो पनि बाबा हुनुहुन्छ। प्रजापिता ब्रह्मा पनि सबैको पिता भए।
वर्सा शिवबाबाबाट मिल्छ। त्यसैले हस्ताक्षर यसरी गर्छन् नि। बापदादा भनिन्छ। शिवबाबा
भन्नुहुन्छ– म एकलाई याद गर, तैपनि बुद्धिमा बस्दैन। प्रदर्शनीमा हजारौँ आउँछन्।
तीमध्ये ८-१० जना बुझ्नको लागि आउँछन्। तीमध्ये पनि बिस्तारै-बिस्तारै बाँकी गएर
एक-दुई जना बच्छन्। करोडौँमा कोही भनिएको छ। त्यसैले कति प्रदर्शनी गर्नुपर्छ,
जसबाट करोडौँमा कोही निस्किन्छन्। कति त ४-५ वर्ष आएर पनि हराउँछन्। बाबासँग
सम्बन्ध छोडपत्र (फारकती) गरिदिन्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) शिवबाबामाथि पूरा पूरा बलि चढ्नु छ अर्थात् जीवन छँदै मर्नु छ। श्रीमतमा चल्नु
छ।
२) शिवबाबाका बच्चा
बनेका छौँ, त्यसैले कुनै पनि पाप कर्म गर्नु छैन। पवित्र बनेर आफ्नो कल्याण गर्नु
छ।
वरदान:–
ज्ञानका गुह्य
कुराहरूलाई सुनेर तिनलाई स्वरूपमा ल्याउने ज्ञानी आत्मा भव
ज्ञानी आत्माहरूले
हरेक कुराको स्वरूपको अनुभव गर्छन्। जसरी सुन्दा राम्रो लाग्छ, गुह्य पनि लाग्छ तर
सुन्नुको साथसाथै समाहित गर्नु अर्थात् स्वरूप बन्नु—यसको पनि अभ्यास हुनुपर्छ। म
आत्मा निराकार हुँ– यो बारम्बार सुन्छौ तर निराकार स्थितिको अनुभवी बनेर सुन। जस्तो
पोइन्ट त्यस्तै अनुभव। यसबाट शुद्ध सङ्कल्पहरूको खजाना जम्मा हुँदै जानेछ र बुद्धि
यसैमा व्यस्त भयो भने व्यर्थ सङ्कल्पहरूबाट सहजै किनारा हुनेछौ।
स्लोगन:–
ज्ञान एवं
अनुभवको डबल अधिकारीहरू नै मस्त फकिर रमता योगी हुन्।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
कुनै पनि कुरा महसुस
(फील) गर्नु फेल भएको निसानी हो। जतिसुकै कोही अपकारी भए पनि तिम्रो दृष्टि र वृत्ति
उपकारी बनाऊ। जति अधिकारी त्यति निरहङ्कारी। ज्ञानमा चलेपछि जुन स्व-अभिमान आउँछ,
त्यसको पनि त्याग गर। यति त्यागको वृत्ति र दृष्टि भइसकेपछि स्मृतिमा बापदादा
रहनुहुन्छ र मुखमा पनि यही बोली हुन्छ।