29.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी सच्चा सच्चा राजऋषि हौ , तिम्रो कर्तव्य हो तपस्या गर्नु , तपस्याबाट नै पूजनलायक बन्छौ।”

प्रश्न:–
कुन पुरुषार्थले सदाकालको लागि पूजनलायक बनाइदिन्छ?

उत्तर:–
आत्माको ज्योति जगाउने वा तमोप्रधान आत्मालाई सतोप्रधान बनाउने पुरुषार्थ गरेमा सदाकालको लागि पूजनलायक बन्छौ। जसले अहिले लापर्बाही गर्छन् उनीहरू धेरै रुन्छन्। यदि पुरुषार्थ गरेर पास भएनौ, धर्मराजको सजाय खायौ भने सजाय खानेहरू पुजिँदैनन्। सजाय खानेले अनुहार माथि उठाउन सक्दैनन्।

ओम् शान्ति ।
रुहानी बच्चाहरूलाई रुहानी बाबाले सम्झाइरहनुभएको छ। प्यारा बच्चाहरूलाई सबैभन्दा पहिला त यही सम्झाउनुहुन्छ– आफूलाई आत्मा निश्चय गर। पहिला आत्मा हुन्छ, पछि शरीर हुन्छ। जहाँतहीँ प्रदर्शनी अथवा सङ्ग्रहालयमा, क्लासमा सबैभन्दा पहिला यसमा सावधान गराउनुछ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बच्चाहरू बस्दा सबै देहीअभिमानी भएर बस्दैनन्। यहाँ बस्दा पनि कहाँ कहाँ ख्याल जान्छ। सतसङ्गमा कुनै साधु आदि नआउँदासम्म बसेर के गर्छन्। कुनै न कुनै ख्यालमा गइरहन्छन्। फेरि साधु आए पछि कथा आदि सुन्न लाग्छन्। बाबाले सम्झाउनुभएको छ– यी सबै भक्तिमार्गमा सुन्नु सुनाउनु हो। बाबा सम्झाउनुहुन्छ– यी सबै हुन्– बनावटी कुरा। यिनीहरूमा केही पनि छैन। दीपमाला पनि बनावटी मनाउँछन्। बाबाले सम्झाउनुभएको छ– ज्ञानको तेस्रो नेत्र खुल्नुपर्छ त्यसपछि घर घरमा उज्यालो हुन्छ। अहिले त घर घरमा अन्धकार नै छ। यो सबै बाहिरको उज्यालो हो। आफ्नो ज्योति जगाउन तिमी बिल्कुल शान्तिमा बस्छौ। तिमी बच्चाहरूलाई थाहा छ– स्वधर्ममा रहँदा पाप काटिन्छन्। जन्मजन्मान्तरका पाप यो यादको यात्राबाट नै काटिन्छन्। आत्माको ज्योति निभेको छ नि। सारा शक्तिको पेट्रोल खतम भएको छ। त्यो फेरि भरिन्छ किनकि आत्मा पवित्र बन्छ। कति रातदिनको फरक छ। अहिले लक्ष्मीको कति पूजा हुन्छ। कैयौँ बच्चाहरूले लेख्छन्– लक्ष्मी ठुली वा सरस्वती माँ ठुली हुन्। लक्ष्मी त एक हुन्छिन्– श्री नारायणकी। महालक्ष्मीलाई पुज्दा भने उहाँका ४ भुजा देखाउँछन्। त्यसमा दुवै आउँछन्। वास्तवमा त्यसलाई लक्ष्मी-नारायणको पूजा भन्नुपर्छ। चतुर्भुज हुन् नि– दुवैसँगै छन्। तर मानिसहरूमा केही पनि समझ छैन। बेहदका बाबा भन्नुहुन्छ– सबै बेसमझ बनेका छन्। लौकिक पिताले कहिल्यै सारा दुनियाँका बच्चाहरूलाई बेसमझ छन् भन्छन् र! अहिले तिमी बच्चाहरूलाई थाहा छ– विश्वको पिता को हुनुहुन्छ? उहाँ स्वयंले भन्नुहुन्छ– म सबै आत्माहरूको पिता हुँ। तिमीहरू सबै मेरा प्यारा बच्चाहरू हौ। ती साधुहरूले त भनिदिन्छन्– सबै भगवान नै भगवान हुन्। तिमीलाई थाहा छ– बेहदका बाबाले बेहदको ज्ञान सम्झाइरहनुभएको छ हामी आत्माहरूलाई। मानिसहरूको त देह अभिमान हुन्छ– म फलाना हुँ...। शरीरमा जे नाम राखिएको छ त्यसैमा चल्दै आएका छन्। तर शिवबाबा त निराकार, सुप्रिम सोल हुनुहुन्छ। परम आत्माको नाम हो शिव। आत्माको नाम एउटै शिवबाबाको हुन्छ। बस् उहाँ परम आत्मा, परमात्मा हुनुहुन्छ, उहाँको नाम हो शिव। बाँकी जति पनि धेरैभन्दा धेरै आत्माहरू छन् ती सबैका शरीरका नाम राखिएका हुन्छन्। शिवबाबा यहाँ रहनुहुन्न, उहाँ त परमधामबाट आउनुहुन्छ। शिव अवतरण पनि हुन्छ। अहिले बाबाले तिमीलाई सम्झाउनुभएको छ– सबै आत्माहरू यहाँ आउँछन् पार्ट खेल्न। बाबाको पनि पार्ट छ। बाबाले त यहाँ धेरै ठुलो काम गर्नुहुन्छ। बाबाको अवतार मान्छन् भने उहाँको त सार्वजनिक बिदा र हुलाक टिकट आदि हुनुपर्छ। सबै देशमा सार्वजनिक बिदा हुनुपर्छ किनकि बाबा त सबैको सदगतिदाता हुनुहुन्छ नि। उहाँको जन्मदिन र जाने दिन, डेट आदि पनि थाहा पाउन सकिँदैन किनकि यो त न्यारा छ नि त्यसैले केवल शिवरात्रि भनिदिन्छन्। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– आधाकल्प हुन्छ बेहदको दिन, आधाकल्प हुन्छ बेहदको रात। रात पूरा भएर फेरि दिन हुन्छ। त्यसको बीचमा बाबा आउनुहुन्छ। यो त एक्युरेट समय हो। मानिसको जन्म भएपछि नगरपालिकामा दर्ता गर्छन् नि, फेरि ६ दिनपछि उसको नाम राख्छन्, त्यसलाई भन्छन्– नामाकरण। कसैले छैठी भन्छन्। भाषाहरू त धेरै छन् नि। लक्ष्मीको पूजा गर्छन्– पटाका पट्काउँछन्। तिमीले सोध्न सक्छौ– जुन लक्ष्मीको चाड तपाईंले मनाउनुहुन्छ, यिनी कहिले तख्तमा बसिन्? तख्तमा बसेको दिनमा नै राज्याभिषेक मनाउँछन्, उनको जन्म मनाउँदैनन्। लक्ष्मीको चित्र थालीमा राखेर उनीसँग धन माग्छन्। बस् अरू केही माग्दैनन्। मन्दिरमा गएर केही माग्न त माग्छन्, तर दीपावलीको दिनमा त उनीसँग केवल पैसा माग्छन्। पैसा कहाँ दिन्छिन् र। यो जस्तो जस्तो भावना छ... यदि कसैले सच्चा भावनाले पूजा गर्छन् भने अल्पकालको लागि धन मिल्न सक्छ। यो हो नै अल्पकालको सुख । कतै त स्थायी सुख पनि हुन्छ नि। स्वर्गको विषयमा त उनीहरूलाई थाहा नै छैन। यहाँ स्वर्गको तुलनामा कुनै कुरामा हुँदैन।

तिमीलाई थाहा छ– आधाकल्प हुन्छ ज्ञान, आधाकल्प हुन्छ भक्ति। फेरि हुन्छ वैराग्य। सम्झाइन्छ– यो पुरानो फोहोरी दुनियाँ हो त्यसैले फेरि नयाँ दुनियाँ अवश्य हुनुपर्छ। नयाँ दुनियाँ वैकुण्ठलाई भनिन्छ, त्यसलाई हेभेन, प्याराडाइज, स्वर्ग भनिन्छ। यो ड्रामामा पार्टधारी पनि अविनाशी छन्। तिमी बच्चाहरूलाई थाहा भयो– हामी आत्माले कसरी पार्ट खेल्छौँ। बाबाले सम्झाउनुभएको छ– कसैलाई पनि प्रदर्शनी आदि देखाउनुछ भने पहिला सुरुमा यो लक्ष्य उद्देश्य सम्झाउनुछ। सेकेन्डमा जीवनमुक्ति कसरी मिल्छ– जन्ममरणमा त अवश्य आउनु नै छ। तिमीले सिँढीमा धेरै राम्ररी सम्झाउन सक्छौ। रावणराज्यमा नै भक्ति सुरुहुन्छ। सत्ययुगमा भक्तिको नामनिसान हुँदैन। ज्ञान र भक्ति दुवै अलग अलग हुन् नि। अहिले तिमीलाई यो पुरानो दुनियाँबाट वैराग्य छ। तिमीलाई थाहा छ– यो पुरानो दुनियाँ अब खतम हुनुछ। पिता सदैव प्यारा बच्चाहरूको लागि सुखदायी नै हुन्छन्। बच्चाहरूको लागि नै पिताले कति मेहनत गर्छन। बच्चाको लागि नै गुरुहरूकहाँ जान्छन्, साधुहरूसँग जान्छन्– जसरी भए पनि बच्चा होस् भन्ने चाहन्छन् किनकि सम्झन्छन्– बच्चा भयो भने उसलाई सम्पत्ति दिएर जाउँला। बच्चा भयो भने उसलाई हामीले वारिस बनाउनेछौँ। त्यसैले बाबाले पनि कहिल्यै प्यारा बच्चाहरूलाई कहाँ दुःख दिनुहुन्छ र। असम्भव छ। तिमीले मातपिता भनेर कति चिच्याइरहन्छौ। त्यसैले बच्चाहरूका रुहानी बाबाले सबैलाई सुखको मार्ग नै बताउनुहुन्छ। सुखदिने दाता एउटै बाबा हुनुहुन्छ। दुःखहर्ता सुखकर्ता एक रुहानी बाबा हुनुहुन्छ। यो विनाश पनि सुखको लागि नै हो। नत्र मुक्ति-जीवनमुक्ति कसरी पाउँछन्? तर यो कुरा कसैले पनि कहाँ बुझ्छन् र। यहाँ त यिनीहरू छन् गरिब, अबलाहरू, जसले आफूलाई आत्मा निश्चय गर्न सक्छन्। बाँकी ठुला मानिसहरूलाई देहको अभिमान यति कडा पक्का भएको हुन्छ जसको कुरै नगरौँ। बाबाले बारम्बार सम्झाउनुहुन्छ– तिमी राजऋषि हौ। ऋषिले सदैव तपस्या गर्छन्। उनीहरूले त ब्रह्मलाई, तत्त्वलाई याद गर्छन् वा कुनै काली आदिलाई पनि याद गर्छन् होला। धेरै संन्यासी पनि छन् जसले कालीको पूजा गर्छन्। माता काली भनेर पुकार्छन्। बाबा भन्नुहुन्छ– यस समयमा सबै विकारी छन्। काम चितामा बसेर सबै काला भएका छन्। आमा, बुबा, बच्चा सबै काला छन्। यो बेहदको कुरा हो। सत्ययुगमा कोही काला हुँदैनन्, सबै गोरा हुन्छन्। फेरि कहिले काला बन्छन्। यो तिमी बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ। थोरै थोरै पतित हुँदा हुँदै अन्त्यमा बिल्कुलै काला हुन्छन्। बाबा भन्नुहुन्छ– रावणले काम चितामा चढाएर बिल्कुल काला बनाइदिएको छ। अब फेरि तिमीलाई ज्ञान चितामा चढाउँछु। आत्मालाई नै पवित्र बनाउनुछ। अब पतितपावन बाबा आएर पावन बन्ने युक्ति बताउनुहुन्छ। पानीले के युक्ति बताउँछ र। तर तिमीले कसैलाई सम्झायौ भने करोडौँमा कोहीले मात्रै बुझेर उच्च पद पाउँछन्। अहिले तिमी बाबाबाट आफ्नो वर्सा लिन आएका छौ– २१ जन्मको लागि। तिमीले पछि गएर धेरै साक्षात्कार गर्नेछौ। तिमीलाई आफ्नो पढाइको विषयमा सबै थाहा हुनेछ। जसले अहिले लापर्बाही गर्छन् ती फेरि धेरै रुन्छन्। सजाय पनि त धेरै हुन्छ नि। फेरि पद पनि भ्रष्ट हुन्छ। अनुहार माथि उठाउन सक्दैनन् त्यसैले बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! पुरुषार्थ गरेर पास होऊ, जसबाट केही पनि सजाय खानु नपरोस् त्यसपछि पूजनलायक पनि बन्छौ। सजाय खायौ भने फेरि कहाँ पुजिन्छौ र! तिमी बच्चाहरूले धेरै पुरुषार्थ गर्नुपर्छ। आफ्नो आत्माको ज्योति जगाउनुछ। अहिले आत्मा तमोप्रधान बनेको छ, त्यसलाई नै सतोप्रधान बनाउनुछ। आत्मा बिन्दु नै हो। एक सितारा हो। त्यसको अरू कुनै नाम राख्न सकिँदैन। प्यारा बच्चाहरूलाई यो कुरा सम्झाइएको छ– त्यस आत्माको साक्षात्कार भएको छ। स्वामी विवेकानन्द र रामकृष्ण परमहंसको विषयमा बताउँछन्। उनले देखे– शरीरबाट कुनै लाइट निस्क्यो, त्यसरी त आत्मा नै निस्कन्छ। उनले सम्झिए– त्यो लाइट ममा समाहित भयो। तर कुनै आत्मा आएर कहाँ समाहित हुन सक्छ र! त्यसले त गएर अर्को शरीर लिन्छ। पछाडि तिमीले धेरै देख्नेछौ। नाम र रूपबाट न्यारा कुनै चीज हुँदैन। आकाश पोलार हो, त्यसको पनि नाम छ। अब यो त प्यारा बच्चाहरूले बुझेका छौ, कल्प कल्प जुन स्थापना हुँदै आएको छ त्यो हुनु नै छ। हामी ब्राह्मणहरूले नम्बरवार पुरुषार्थ गरिरहन्छौँ। जुन जुन सेकेन्ड बित्छ त्यसलाई नै ड्रामा भनिन्छ। सारा दुनियाँको चक्र घुमिरहन्छ। यो ५ हजार वर्षको चक्र, जुम्राजस्तै घुमिरहन्छ। टिक टिक भइरहन्छ, अहिले तिमी मीठा-प्यारा बच्चाहरूले केवल बाबालाई नै याद गर्नुछ। हिँड्दा, डुल्दा, काम गर्दा बाबालाई याद गरेमा नै कल्याण छ। नत्र मायाले थप्पड लगाइदिन्छ। तिमी हौ ब्राह्मण, कुमालकोटीले जस्तै कीरालाई आफूसमान ब्राह्मण बनाउनुछ। त्यो कुमालकोटी त एक दृष्टान्त हो। तिमी हौ सच्चा सच्चा ब्राह्मण। ब्राह्मणहरू नै फेरि देवता बन्नुछ त्यसैले यो सङ्गमयुग हो तिमी पुरुषोत्तम बन्नको लागि। यहाँ तिमी आउँछौ नै पुरुषोत्तम बन्नको लागि। पहिला ब्राह्मण अवश्य बन्नुपर्छ। ब्राह्मणहरूको टुपी हुन्छ नि। तिमीले ब्राह्मणहरूलाई सम्झाउन सक्छौ। भन, तपाईं ब्राह्मणहरूको त कुल हुन्छ, ब्राह्मणहरूको राजधानी हुँदैन। तपाईंको यो कुल कसले स्थापना गर्नुभयो? तपाईंको लागि ठुलो को हुनुहुन्छ? फेरि तिमीले यो कुरा सम्झाएपछि धेरै खुसी हुन्छन्। ब्राह्मणहरूलाई मान गर्छन् किनकि उनीहरूले शास्त्र आदि सुनाउँछन्। पहिला राखी बाँध्नको लागि पनि ब्राह्मणहरू नै जान्थे। आजकाल त बच्चीहरू जान्छन्। तिमीले त राखी उनीहरूलाई बाँध्नुछ जसले पवित्रताको प्रतिज्ञा गर्छन्। प्रतिज्ञा अवश्य गर्नुपर्छ। भारतवर्षलाई फेरि पावन बनाउनको लागि हामीले यो प्रतिज्ञा गर्छौं। तिमी पनि पावन बन, अरूलाई पनि पावन बनाऊ। अरू कसैको तागत छैन जसले यसो भन्न सक्छन्। तिमीलाई थाहा छ– यो अन्तिम जन्म पावन बनेपछि हामी पावन दुनियाँको मालिक बन्छौँ। तिम्रो कामधन्दा नै यही हो। यस्ता मनुष्य अरू कोही हुँदैनन्। तिमी गएर यो शपथ गराउनुछ। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, यसमाथि विजय पाउनुछ। यसमाथि विजय पाउनाले नै तिमी जगतजित बन्छौ। यी लक्ष्मी-नारायणले अवश्य अघिल्लो जन्ममा पुरुषार्थ गरेका छन् त्यसैले त यस्ता बनेका हुन् नि। अहिले तिमीले बताउन सक्छौ– कुन कर्मले यिनीहरूलाई यो पद मिल्यो, यसमा अलमलिने त कुनै कुरा नै छैन। तिमीलाई यो दीपावली आदिमा कुनै खुसी हुँदैन। तिमीलाई त यसैमा खुसी छ– हामी बाबाका बनेका छौँ, उहाँबाट वर्सा पाउँछौँ। भक्तिमार्गमा मानिसहरूले कति खर्च गर्छन्। कति नोक्सान पनि हुन्छ। आगो लाग्छ। तर बुझ्दैनन्।

तिमीहरूलाई थाहा छ– अब हामी फेरि आफ्नो नयाँ घर जानेवाला छौँ। चक्र फेरि हुबहु रिपिट हुन्छ नि। यो बेहदको फिल्म हो। बेहदको स्लाइड हो। बेहदका बाबाका बनेका छौ भने अपार खुसी हुनुपर्छ। हामीले अवश्य बाबाबाट स्वर्गको वर्सा लिन्छौँ। बाबा भन्नुहुन्छ– पुरुषार्थ गरेर जे चाहन्छौ त्यो लेऊ। पुरुषार्थ तिमीले अवश्य गर्नुछ। पुरुषार्थले नै तिमी उच्च बन्न सक्छौ। यी वृद्ध बाबा यति उच्च बन्न सक्छन् भने तिमी किन बन्न सक्दैनौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूलाई माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जसरी बाबा सदा बच्चाहरूप्रति सुखदायी हुनुहुन्छ, त्यसैगरी सुखदायी बन्नुछ। सबैलाई मुक्ति-जीवनमुक्तिको मार्ग बताउनुछ।

२) देहीअभिमानी बन्ने तपस्या गर्नुछ। यो पुरानो फोहोरी दुनियाँबाट बेहदको वैरागी बन्नुछ।

वरदान:–
हरेकको विशेषतालाई स्मृतिमा राख्दै विश्वासी (फेथफुल) बनेर सङ्गठन मा एकमत बनाउने सर्वका शुभचिन्तक भव

ड्रामा अनुसार हरेकलाई कुनै न कुनै विशेषता अवश्य प्राप्त भएको छ, त्यस विशेषतालाई कार्यमा लगाऊ र अरूको विशेषतालाई हेर। एक अर्काका विश्वासी भयौ भने उनीहरूको कुराको भाव परिवर्तन हुन्छ। हरेकको विशेषतालाई देख्यौ भने अनेक हुँदा पनि एक देखिन्छौ। सङ्गठनमा एकमत हुन्छ। कसैले कसैको ग्लानिको कुरा सुनायो भने त्यसलाई टेवा दिनुको सट्टा सुनाउनेवालाको रूप परिवर्तन गरिदेऊ, त्यसलाई भनिन्छ शुभचिन्तक।

स्लोगन:–
श्रेष्ठ सङ्कल्पको खजाना नै श्रेष्ठ प्रारब्ध वा ब्राह्मण जीवनको आधार हो।

अव्यक्त इसारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

सेकेन्डमा विदेही बन्ने अभ्यास नभएमा अन्तिम घडी पनि युद्धमा नै जानेछ र जुन कुरामा कमजोर हुन्छौ, चाहे स्वभावमा, चाहे सम्बन्धमा आउनमा, चाहे सङ्कल्प शक्तिमा, वृत्तिमा, वायुमण्डलको प्रभावमा, जुन कुरामा कमजोर हुन्छौ, त्यही रूपमा जानीजानी मायाले पनि अन्तिम परीक्षा लिन्छ त्यसैले विदेही बन्ने अभ्यास धेरै जरुरी छ।