30.06.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबा तिमीलाई ज्ञानले शुद्ध सुगन्धित फूल बनाउन आउनुभएको छ , तिमी काँडा बन्नु छैन , काँडाहरूलाई यस सभामा ल्याउनु छैन।”

प्रश्न:–
जुन बच्चाहरूले यादको यात्रामा मेहनत गर्छन्, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
यादको मेहनत गर्ने बच्चाहरू धेरै खुसीमा रहन्छन्। बुद्धिमा हुन्छ– अहिले हामी फर्किरहेका छौँ। फेरि हामीलाई सुगन्धित फूलहरूको बगैँचामा जानुछ। तिमी यादको यात्राबाट सुगन्धित बन्छौ र अरूलाई पनि बनाउँछौ।

ओम् शान्ति ।
बागवान पनि बस्नुभएको छ, माली पनि छन्, फूल पनि छन्। यो नयाँ कुरा हो नि। कुनै नयाँले सुनेमा भन्नेछन्– यिनीहरूले के भन्छन्! बागवान, फूल आदि यो के हो? यस्ता कुरा त कहिल्यै शास्त्रहरूमा सुनेका छैनौँ। तिमी बच्चाहरूलाई थाहा छ, बागवान-खिवैयालाई याद पनि गर्छन्। अहिले उहाँ यहाँ आउनुभएको छ, यहाँबाट पार लैजान। बाबा भन्नुहुन्छ– यादको यात्रामा रहनुछ। आफूले आफैलाई हेर, म कति टाढा जाँदैछु? आफ्नो सतोप्रधान अवस्थासम्म कति पुगेको छु? जति सतोप्रधान अवस्था हुँदै जान्छ, त्यति सम्झन्छौ– अहिले हामी फर्किरहेका छौँ। हामी कहाँसम्म पुगेका छौँ, सबै यादको यात्रामा आधारित छ। खुसी पनि बढिरहन्छ। जसले जति जति मेहनत गर्छन्, त्यति उनीहरूमा खुसी आउँछ। जस्तै परीक्षाको दिनमा विद्यार्थीहरूले सम्झन्छन् नि– म कहाँसम्म पास हुन्छु। यहाँ पनि यस्तै हो– हरेक बच्चाले आफूलाई जान्दछन्– म कहाँसम्म सुगन्धित फूल बनेको छु? फेरि अरूलाई कति सुगन्धित फूल बनाउँछु? यसको गायन नै छ– काँडाहरूको जङ्गल। त्यो हो फूलहरूको बगैँचा। मुसलमानहरूले पनि भन्छन् गार्डन अफ अल्लाह। उनीहरूले सम्झन्छन्– त्यहाँ एउटा बगैँचा छ, त्यहाँ जो जान्छ, उसलाई खुदाले फूल दिनुहुन्छ। मनमा जुन कामना हुन्छ, त्यो पूरा गरिदिनुहुन्छ। बाँकी यस्तो त होइन, कुनै फूल लिएर दिन्छन्, जसको जस्तो बुद्धिमा छ, त्यसको साक्षात्कार हुन्छ। यहाँ साक्षात्कारमा केही पनि छैन। भक्तिमार्गमा त साक्षात्कारको लागि गर्धनै पनि काटिदिन्छन्। मीरालाई साक्षात्कार भयो, उनको कति मान छ। त्यो हो भक्तिमार्ग। भक्ति आधाकल्प चल्नु नै छ। त्यहाँ ज्ञान हुँदै हुँदैन। वेद आदिको धेरै सम्मान हुन्छ। भन्छन्– वेद त हाम्रो प्राण हो। अहिले तिमीलाई थाहा छ– यी वेद-शास्त्र आदि सबै भक्तिमार्गको लागि हुन्। भक्तिको कति ठुलो विस्तार छ। वृक्ष ठुलो छ। ज्ञान हो बीज। अहिले ज्ञानले तिमी कति शुद्ध हुन्छौ। सुगन्धित बन्छौ। यो तिम्रो बगैँचा हो। यहाँ कसैलाई पनि काँडा भनिँदैन किनकि यहाँ कोही विकारमा जाँदैनन्। त्यसैले भनिन्छ– यस बगैँचामा एउटा पनि काँडा छैन। काँडा कलियुगमा हुन्छ। अहिले पुरुषोत्तम सङ्गमयुग हो। यसमा काँडा कहाँबाट आयो। यदि कोही काँडा बसेको छ भने उसले आफैलाई नोक्सान पारिदिन्छ किनकि यो इन्द्रप्रस्थ हो नि। यसमा ज्ञान परीहरू बसेका छन्। ज्ञान डान्स गर्ने परीहरू छन्। मुख्य मुख्यको नाम पुखराज परी, नीलम परी आदि आदि राखिएको छ। उनैको फेरि ९ रत्न भनी गायन गरिन्छ। तर यिनीहरू को थिए, यो कसैलाई पनि थाहा छैन। बाबा केवल भन्नुहुन्छ– मलाई याद गर। अहिले तिमी बच्चाहरूको बुद्धिमा ज्ञान छ, ८४ को चक्र पनि अहिले बुद्धिमा छ। शास्त्रहरूमा त ८४ लाख भनिदिएका छन्। मीठा-प्यारा सिकिलधे बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ– तिमीले ८४ जन्म लियौ। अब तमोप्रधानबाट सतोप्रधान बन्नुछ। कति सहज छ। भगवानुवाच बच्चाहरूप्रति, म एकलाई याद गर। अब तिमी बच्चाहरूले सुगन्धित फूल बन्नको लागि आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ। काँडा बन्नुछैन। यहाँ सबै मीठा-प्यारा फूल छन्। काँडा छैनन्। हो, मायाका तुफान त आउँछन्। माया यस्तो कडा छ, जसले तुरुन्तै फसाइदिन्छ। फेरि पछुताउँछन्– मैले यो के गरेँ। मेरो त गरेको कमाइ सबै स्वाहा भयो।

यो हो बगैँचा। बगैँचामा राम्रा राम्रा फूल पनि हुन्छन्। यस बगैँचामा पनि कोही त फस्टक्लास फूल बन्दै जान्छन्। जस्तै मुगल गार्डेनमा राम्रा राम्रा फूल हुन्छन्। सबै हेर्न जान्छन्। यहाँ तिमीकहाँ त कोही हेर्न आउँदैनन्। तिमीले काँडाहरूलाई कहाँ मुख देखाउँछौ र। गायन पनि छ मूत पलीती...... बाबालाई जप साहेब, सुखमनी आदि सबै याद थियो। अखण्ड पाठ पनि गर्दथे, ८ वर्षको हुँदा पगरी बाँध्थे, मन्दिरमा नै बस्थे। मन्दिरको चार्ज (जिम्मा) सबै उनैमाथि थियो। अहिले सम्झन्छन्, मूत पलीती कपडा धुनुको अर्थ के हो। महिमा सबै बाबाको नै हो। अहिले तिमी बच्चाहरूलाई बाबा बसेर सम्झाउनुहुन्छ। बच्चाहरूलाई भन्नु पनि हुन्छ– राम्रा राम्रा फूल ल्याऊ। जसले राम्रा राम्रा फूल ल्याउँछ, ऊ राम्रो फूल मानिन्छ। सबैले भन्छन्– हामी श्री लक्ष्मी-नारायण बन्छौँ अर्थात् गुलाबको फूल भयौँ। बाबा भन्नुहुन्छ– अच्छा, तिमी बच्चाहरूको मुखमा गुलाब। अब पुरुषार्थ गरेर सदैव गुलाब बन। बच्चाहरू धेरै छन्। प्रजा त धेरै बनिरहेका छन्। त्यहाँ राजा, रानी र प्रजा मात्र हुन्छन्। सत्ययुगमा मन्त्री हुँदैन किनकि राजामा नै पावर हुन्छ। मन्त्री आदिसँग राय लिने आवश्यकता हुँदैन। नत्र राय दिनेवाला ठुलो हुन्छ। त्यहाँ भगवान-भगवतीलाई रायको आवश्यकता हुँदैन, पतित भएपछि मन्त्री आदि हुन्छन् । यो भारतवर्षको नै कुरा हो, अरू कुनै खण्ड छैन, जहाँ राजाहरूले राजाहरूलाई ढोग्छन्। यहाँ नै देखाइन्छ– ज्ञानमार्गमा पूज्य, अज्ञानमार्गमा पुजारी। उनीहरू डबल ताज, यिनीहरू सिङ्गल ताज। भारतवर्ष जस्तो पवित्र खण्ड कुनै छैन। भारतवर्ष नै प्याराडाइज, बहिश्त थियो। तिमीले त्यसैको लागि पढ्छौ। अहिले तिमी फूल बन्नुछ। बागवान आउनुभएको छ। माली पनि छन्। माली नम्बरवार हुन्छन्। बच्चाहरूले पनि बुझेका छौ– यो बगैँचा हो, यसमा काँडा छैनन्, काँडाले दु:ख दिन्छन्। बाबाले त कसैलाई दु:ख दिनुहुन्न। उहाँ हुनुहुन्छ नै दु:खहर्ता, सुखकर्ता। बाबा कति मीठा हुनुहुन्छ।

तिमी बच्चाहरूको बाबाप्रति प्यार छ। बाबाले पनि बच्चाहरूलाई प्यार गर्नुहुन्छ नि। यो पढाइ हो। बाबा भन्नुहुन्छ– मैले तिमीलाई प्राक्टिकलमा पढाउँछु, यिनले (ब्रह्माले) पनि पढ्छन्, पढेर फेरि पढाऊ, जसबाट अरू पनि काँडाबाट फूल बन्छन्। भारतवर्ष महादानी गायन गरिएको छ किनकि अहिले तिमी बच्चाहरू महादानी बन्छौ। तिमीले अविनाशी ज्ञान रत्नहरूको दान गर्छौ। बाबाले सम्झाउनुभएको छ– आत्मा नै रूप-बसन्त हो। बाबा पनि रूप-बसन्त हुनुहुन्छ। उहाँमा सारा ज्ञान छ। ज्ञानका सागर हुनुहुन्छ परमपिता परमात्मा, उहाँ अथोरिटी हुनुहुन्छ नि। ज्ञानका सागर एक बाबा हुनुहुन्छ, त्यसैले गायन गरिन्छ– सारा समुद्रलाई मसी बनाऊ, तैपनि सकिनेछैन। अनि फेरि एक सेकेन्डमा जीवनमुक्तिको पनि गायन छ। तिमीसँग कुनै शास्त्र आदि छैनन्। त्यहाँ कुनै पण्डित आदिकहाँ गयौ भने सम्झन्छौ– यी पण्डित धेरै पढेका अथोरिटी हुन्। यिनले सबै वेद शास्त्र कण्ठ गरेकाछन्, फेरि संस्कार लिएर जान्छन्, अनि सानैदेखि फेरि त्यो अध्ययन गर्छन्। तिमीले संस्कार लिएर जाँदैनौ। तिमीले पढाइको रिजल्ट लिएर जान्छौ। तिम्रो पढाइ पूरा भएपछि रिजल्ट निस्कन्छ र त्यो पद पाउँछौ। ज्ञान कहाँ लिएर जान्छौ र, जुन कसैलाई सुनाउँछौ। यहाँ त यो तिम्रो पढाइ हो, जसको प्रारब्ध नयाँ दुनियाँमा मिल्नेछ। तिमी बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ– माया पनि कुनै कम शक्तिमान छैन। मायामा शक्ति छ दुर्गतिमा लैजाने । तर त्यसको महिमा कहाँ गर्छन् र। ऊ त दु:ख दिनमा शक्तिमान छ नि। बाबा सुख दिनमा शक्तिमान हुनुहुन्छ, त्यसैले उहाँको गायन छ। ड्रामा यस्तो पनि बनेको छ। तिमीले सुख भोग्छौ भने दु:ख पनि भोग्छौ। हार र जित कसको हुन्छ, यसको पनि जानकारी हुनुपर्छ नि। बाबा पनि भारतवर्षमा आउनुहुन्छ, जयन्ती पनि यहाँ मनाइन्छ। यो कसैलाई पनि थाहा छैन– शिवबाबा कहिले आउनुभयो, आएर के गर्नुभयो। नामनिसान नै गुम गरिदिएका छन्। श्रीकृष्ण बच्चाको नाम दिइएको छ। वास्तवमा परमप्रिय बाबाको महिमा अलग छ, श्रीकृष्णको महिमा अलग छ। उहाँ निराकार, उनी साकार छन्। श्रीकृष्णको महिमा छ– सर्वगुण सम्पन्न... शिवबाबाको यो महिमा गर्दैनन्, कसैमा गुण छन् भने अवगुण पनि हुन्छन्, त्यसैले बाबाको महिमा नै अलग छ। बाबालाई अकालमूर्त भनिन्छ नि। हामी पनि अकालमूर्त हौँ। आत्मालाई कालले खान सक्दैन। आत्मा अकालमूर्तको यो तख्त हो। हाम्रो बाबा पनि अकालमूर्त हुनुहुन्छ। कालले शरीरलाई मात्र खान्छ। यहाँ अकालमूर्तलाई बोलाउँछन्। सत्ययुगमा बोलाउँदैनन् किनकि त्यहाँ त सुखै सुख हुन्छ, त्यसैले गाउँछन् पनि– दु:ख में सिमरण सब करें सुख में करे न कोई। अहिले रावण राज्यमा कति दु:ख छ। बाबाले त स्वर्गको मालिक बनाउनुहुन्छ, फेरि त्यहाँ आधाकल्प कसैले पुकार्दैनन्। जस्तै लौकिक पिताले बच्चाहरूलाई श्रृङ्गार गरेर वर्सा दिएर स्वयं वानप्रस्थ अवस्थामा जान्छन्। सबै कुरा बच्चाहरूलाई दिएर भन्छन्– अब हामी सतसङ्गमा जान्छौँ, खानको लागि केही पठाइरहनु। यहाँ बाबाले त यसो भन्नुहुन्न नि। उहाँले त भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू, म तिमीलाई विश्वको बादसाही दिएर वानप्रस्थमा जान्छु। मैले कहाँ भन्छु र– खानको लागि पठाउनु। लौकिक बच्चाहरूको त कर्तव्य हो पिताको सम्हाल गर्नु। नत्र कसरी खान्छन्? यहाँ बाबा त भन्नुहुन्छ– म निष्काम सेवाधारी हुँ। मनुष्य कोही निष्काम हुन सक्दैनन्। भोकै मर्छन्। म कहाँ भोकै मर्छु र, म त अभोक्ता हुँ। तिमी बच्चाहरूलाई विश्वको बादसाही दिएर म गएर विश्राम गर्छु। फेरि मेरो पार्ट बन्द हुन्छ। फेरि भक्तिमार्गमा सुरुहुन्छ। यो ड्रामा अनादि बनेको छ, जसको रहस्य बाबा बसेर सम्झाउनुहुन्छ। वास्तवमा तिम्रो पार्ट सबैभन्दा धेरै छ, त्यसैले इनाम पनि तिमीलाई मिल्नुपर्छ। मैले आराम गर्छु, अनि तिमी फेरि ब्रह्माण्डको पनि मालिक, विश्वको पनि मालिक बन्छौ। तिम्रो धेरै नाम चल्छ। यो ड्रामाको रहस्य पनि तिमीलाई थाहा छ। तिमी हौ ज्ञानका फूल। दुनियाँमा एक जना पनि छैनन्। रातदिनको फरक छ। उनीहरू रातमा छन्, तिमी दिनमा जान्छौ। आजकाल हेर, वन महोत्सव गरिरहन्छन्, अब भगवानले मानिसहरूको वन महोत्सव गरिरहनुभएको छ।

हेर बाबाले, कस्तो कमाल गर्नुहुन्छ, जसले मानिसलाई देवता, रङ्कलाई राजा बनाइदिनुहुन्छ। अहिले बेहदका बाबासँग तिमी सौदा लिन आएका छौ, भन्छौ– बाबा, हामीलाई रङ्कबाट राजा बनाउनुहोस्। उहाँलाई तिमीले दु:खहर्ता सुखकर्ता पनि भन्छौ । यो जस्तो दान कुनै हुँदैन। उहाँ हुनुहुन्छ सुखदाता। बाबा भन्नुहुन्छ– भक्तिमार्गमा पनि मैले तिमीलाई दिन्छु। यो साक्षात्कार आदि ड्रामामा निश्चित छ । अब बाबा बसेर सम्झाउनुहुन्छ– मैले के के गर्छु। पछि गएर सम्झाउँदै जानुहुनेछ। अन्त्यमा तिमीले नम्बरवार कर्मातित अवस्था प्राप्त गर्नेछौ। यो सबै ड्रामामा निश्चित छ, तैपनि पुरुषार्थ गराइन्छ– बाबालाई याद गर। अवश्य यो महाभारत लडाइँ पनि हो। सबै खतम हुन्छन्। बाँकी भारतवर्षवासी नै रहन्छन्, फेरि तिमीले विश्वमा राज्य गर्छौ। अहिले बाबा तिमीलाई पढाउन आउनुभएको छ। उहाँ नै ज्ञान सागर हुनुहुन्छ। यो पनि खेल हो, यसमा अल्मलिनुपर्ने कुरा नै छैन। मायाले तुफानमा ल्याउँछ। बाबा सम्झाउनुहुन्छ– यिनीहरूसँग नडराऊ। धेरै फोहोरी फोहोरी सङ्कल्प आउँछन्। त्यो पनि तब, जब बाबाको गोद लिन्छौ। जबसम्म गोद नै लिएका हुँदैनौ, तबसम्म माया त्यति लड्दैन। गोद लिएपछि नै तुफान लाग्छ, त्यसैले बाबा भन्नुहुन्छ– गोद पनि सम्हालेर लिनुपर्छ। कमजोर भयौ भने फेरि प्रजामा आउँछौ। राज्य पद पाउनु त राम्रो हो, नत्र दासदासी बन्नुपर्छ। यो सूर्यवंशी-चन्द्रवंशी राजधानी स्थापना भइरहेको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) रूप-बसन्त बनेर अविनाशी ज्ञान रत्नहरूको दान गरेर महादानी बन्नुछ। जुन पढाइ पढ्छौ, त्यो अरूलाई पनि पढाउनुछ।

२) कुनै पनि कुरामा अल्मलिनु वा डराउनुछैन, आफ्नो सम्हाल गर्नुछ। आफूले आफैलाई सोध्नुछ– म कुन प्रकारको फूल हुँ? ममा कुनै दुर्गन्ध त छैन?

वरदान:–
दृढ सङ्कल्पद्वारा कमजोरीरूपी कलियुगी पर्वतलाई समाप्त गर्ने स ा मर् थ्य स्वरूप भव

निराश हुनु, कुनै पनि संस्कार वा परिस्थितिको वशीभूत हुनु, व्यक्ति वा वैभवहरूतर्फ आकर्षित हुनु– यी सबै कमजोरीरूपी कलियुगी पर्वतलाई दृढ सङ्कल्पको औँला दिएर सदैवको लागि समाप्त गर अर्थात् विजयी बन। विजय हाम्रो गलाको माला हो– सदैव यस स्मृतिले सामर्थ्यस्वरूप बन। यही स्नेहको रिटर्न हो। जसरी साकार बाबाले स्थितिको स्तम्भ बनेर देखाउनुभयो, त्यसैगरी फलो फादर गरेर सर्वगुणहरूको स्तम्भ बन।

स्लोगन:–
साधन सेवाहरूको लागि हो, अल्छी बन्नको लागि होइन।