30.08.26 Avyakt Bapdada Nepali Murli 13.04.2011 Om Shanti Madhuban
“ ज्वालामुखी
अग्निस्वरूप योगको शक्तिले संस्कारहरूको स ं स्कार गर , आफ्नो चालचलन , चे हर ा ,
दृष्टि , वृत्ति र सङ्कल्पबाट बाबालाई प्रत्यक्ष गर।”
आज बच्चाहरूको प्यारले
प्यारको सागरलाई पनि आफ्नो समीप बोलायो। बापदादालाई खुसी छ बच्चाहरूको बाबासँग धेरै
राम्रो दिलको प्यार छ र सदैव यस प्यारको आधारमा बापसमान बन्ने नै छौ। जे भए पनि
बापदादाले प्यारको विषय (सब्जेक्ट) मा बच्चाहरूलाई अगाडि देखाउनुभएको छ। त्यसैले आज
बच्चाहरूले आफ्नो विशेष प्यारको तारमा बाँधेर प्यारको सागरलाई मधुबनमा बोलाए। यस्तो
प्यार सदा इमर्ज रहोस्। दिलाराम बाबालाई पनि बच्चाहरूको दिलको प्यार सदा पुगिरहन्छ
तर नम्बरवार पक्कै छ। बाबा यही चाहनुहुन्छ प्यारको निसानी हो– सदा हरेकको दिलमा
दिलाराम साथ रहनु, कुनै पनि बच्चा एक्लो नहोस्, कम्बाइन्ड होस्। त्यसैले चेक गर सदा
कम्बाइन्ड रहन्छौ वा कहिलेकाहीँ एक्लै पनि बन्छौ? एक्लोपनमा मायाले आफ्नो चान्स
लिन्छ त्यसैले बापदादा सदा भन्नुहुन्छ दिलारामलाई सदा दिलमा बसाल। यसलाई भनिन्छ
सच्चा र सदा प्यार। त्यसैले कहिल्यै एक्लै बन्छौ कि सदा साथै रहन्छौ? हरेक बच्चाको
वाचा के छ? खास मधुबन निवासीहरूको नसा छ साथै छौँ, साथै जानेछौँ, साथै राज्य गर्नेछौँ।
यसरी नै जो विशेष धेरै धेरै मीठा निमित्त बच्चाहरू बसेका छन्, उनीहरूको त बाबासँग
दिलको वाचा छ र धेरैजसोको यथार्थमा (प्राक्टिकल) पनि छ, जो सदा कम्बाइन्ड रूपमा
रहन्छन् तर नम्बरवार छन्। बाबा चाहनुहुन्छ हरेक बच्चा, महारथी निमित्त बच्चाहरूले त
अरूलाई पनि आफ्नो चेहराद्वारा बाबाको साक्षात्कार गराउँछन्। उनीहरूको चेहरा र
चालचलनबाट बाबाको प्रकाशमय अनुहार र साथै बाबाजस्तै न्यारा र प्यारा रहने चालचलनको
साक्षात्कार भइरहन्छ।
ब्रह्माबाबालाई देख्यौ,
ब्रह्माबाबाले अन्त्यसम्म बाबाको श्रीमत अनुसार हरेक मुरलीमा कति पटक बाबा बाबा
भन्नुभयो, गन्ती गर हरेक मुरलीमा बाबा बाबा कति पटक भन्नुहुन्छ, र आफ्नो अनुहारबाट,
स्वरूपबाट, वचनबाट, विशेष नयन र मस्तकबाट बाबालाई प्रत्यक्ष गर्नुभयो, तिमी बच्चाहरू
त अनुभवी छौ ब्रह्माबाबालाई देख्दा के अनुभव हुन्थ्यो? बापदादा। केवल बाबा शब्द
कसैले भन्दैन, सदा हरेकको मुखबाट बापदादा, बापदादा सँगसँगै निस्कन्छ र अनुभव पनि
हुन्छ। यसरी नै फलो फादर। तिम्रो अनुहारबाट, बोलीबाट, चालचलनबाट, दृष्टिबाट नै
देख्नेलाई बाबाको याद स्वतः आओस्। अहिले बाबाले देख्नुभयो धेरैजसो तिमीहरू सबैको यही
सङ्कल्प छ हामीले आफ्नो अनुहार वा बोली वा कर्मद्वारा बाबालाई प्रत्यक्ष गर्नु नै
छ। त्यसैले फलो फादर। जसरी ब्रह्माबाबाले आफ्नो चालचलन र चेहराबाट, दृष्टिबाट,
वृत्तिबाट, सङ्कल्पबाट सदा बाबालाई प्रत्यक्ष गर्नुभयो, तिमी सबैलाई त अनुभव छ नि!
एक्लो ब्रह्माबाबालाई देख्दैनथ्यौ, बापदादालाई नै देख्थ्यौ। त्यसको कारण के हो?
ब्रह्माबाबाले सदा आफ्ना नयनहरूमा, मस्तकमा बाबालाई समाहित गर्नुभयो। त्यसैले तिम्रा
विशेष नयन, मुख, चालचलनले बापदादा समाहित भएको प्रत्यक्ष गरुन्। हर बोलीमा
सिकाउनेवाला अनुभव होस्, यो जति पनि बोलिरहेकी छिन्, बोलिरहेका छन् यसलाई सिकाउने,
यसमा शक्ति भर्ने सर्वशक्तिमान् बाबा हुनुहुन्छ, भगवान हुनुहुन्छ। यी भगवानका
बच्चाहरू हुन्, भगवानका विद्यार्थीहरू हुन्, भगवानलाई फलो गर्ने फलोअरहरू होइनन्,
तर पाइलामा पदम बनाउनेहरू हुन्। अब समय पनि तिम्रो सहयोगी बन्नको लागि तयार छ।
स्थितिहरू परिवर्तन भइरहेका छन्। जुन स्थितिहरूले नचाहँदा पनि भगवानको याद दिलाउँछन्।
त्यसैले एउटा समय र अर्को तिमी निमित्त बनेका दुवै ग्रुपको विशेषता छ, एक त विशेष
निमित्त बनेका मधुबन निवासी छौ, अर्का बनिबनाउ निमित्त ग्रुप मिटिङमा आएका छौ।
बापदादाले देख्नुभयो
धेरैजसो आएका बच्चाहरूको दिलमा उमङ्ग-उत्साह छ, हामीले बाबालाई प्रत्यक्ष गर्नु नै
छ। चाहे आफ्नो रुपको स्वभावबाट, चाहे वाणीबाट, चाहे जति पनि आत्माहरू
सम्बन्ध-सम्पर्कमा छन्, आजकाल तिम्रो मनसा आत्माहरूको कल्याणको भावनाले तिम्रो
कनेक्सनमा आइरहेका छन् र आउन पनि चाहन्छन्। अनि जुन बापदादाले मनसा सेवाको कार्य
दिनुभएको छ, त्यसमा पनि देख्नुभयो कसैले योगयुक्त भएर मनसा सेवाको अभ्यास गरेका
रहेछन् भने अहिले यो भाइब्रेसन चारैतिर कसै न कसैलाई पुगिरहेको छ र तिनीहरूले अनुभव
गरिरहेका छन् हामीलाई कहीँबाट लाइटका किरणहरू, सुखशान्तिका लहरहरू आइरहेका छन् तर
कहाँबाट आइरहेका छन्, अहिले त्यो स्पष्ट भएको छैन। आइरहेको छ तर भारतवर्षका
बापदादाका बच्चाहरूबाट आइरहेको छ, त्यो स्पष्ट भएको छैन। नत्र यहाँ दौडेर आउनेछन्।
यस्ता आत्माहरूमाथि अब अझै शक्तिशाली किरणहरू प्रवाहित गर जसले उनीहरूलाई स्पष्ट
होस्, किरणहरू आइरहेका छन्, अब सुरु भएको छ तर अलिअलि कसै कसैका किरणहरू पुग्न
थालेका छन्, अब यसलाई अझै शक्तिशाली बनाऊ। यसको लागि जुन विघ्न पर्छ, पुग्नमा
स्पष्ट हुनमा कारण बन्छ, योग लगाउँछौ, अमृतवेला बस्छौ तर ज्वालामुखी योग, त्यसको कमी
छ। यसको कारण एउटा त जुन भक्तहरूलाई वा आत्माहरूलाई तिमीले किरणहरू प्रवाहित गर्छौ
ती त्यति स्पष्ट हुँदैनन् र अर्को ज्वालामुखी अग्निस्वरूप योगको शक्ति नहुँदा वा कमी
हुँदा जुन संस्कारले बीचमा विघ्न पार्छन्, ती संस्कार पनि समाप्त हुँदैनन्।
पुरुषार्थ गर्छौ संस्कार परिवर्तन होस् भनेर तर ती संस्कार मर्छन्, जल्दैनन्। जसरी
रावणलाई केवल मार्दैनन्, मारेपछि जलाउँछन् किनकि मारेपछि शरीर त रहन्छ नि! त्यसैगरी
तिमी अमृतवेला यादमा बस्छौ तर योग अग्निरूपमा ज्वालारूप कम छ। मिलन मनाउँछौ,
रुहरिहान गर्छौ, आफ्नो जीवनका कुराहरू पनि गर्छौ। लगातार योग अग्निरूप होस्,
संस्कारलाई मार्छौ पक्कै, त्यो मर्छ तर बीचबीचमा उठिहाल्छ। जल्यो भने नाम रूप खतम
हुनेछ। अहिले सबै बच्चाहरूले रुहरिहानमा पनि भन्छन् जति चाहन्छौँ त्यति भएको छैन।
त्यसैले बापदादाले आज
यो इसारा दिइरहनुभएको छ किनकि स्पेसल महाविर बच्चाहरू मिटिङमा आएका छन् र मधुबन
निवासी अर्थात् मधुबनमा छ के, मधुबन अर्थात् बाबा। मधुबन भन्दा सबैलाई के याद आउँछ?
मधुबनको बाबा। त्यसैले मधुबन निवासीहरूले विशेष यसमा अटेन्सन राख्नुपर्छ मधुबन भन्दा
मधुबनको बाबा याद आउँछ! मधुबनमा बस्नेहरूलाई कुन दृष्टिले हेर्छन्? मधुबन
निवासीहरूले हात उठाऊ। धेरै छन्। चाहे तल, चाहे माथि तर आजको सभामा सबैभन्दा बढी
मधुबन निवासी छन्। बापदादा खुसी हुनुहुन्छ मधुबन निवासीहरूले यो कमाल अवश्य
देखाउनेछन्, हरेक मधुबन निवासीको चेहरा र चालचलनबाट बाबा बाबा नै देखियोस्।
कुराकानीबाट बाबा देखियोस् किनकि मधुबनमा यज्ञ सेवाको धेरै बल र फल मिल्छ। लिनेले
लिनुपर्छ, तर मिल्छ। संस्कारलाई हेर्न वा संस्कार मिलाउनमा अझै सदा अटेन्सन दिन
आवश्यक छ। बापदादालाई हरेक मधुबनका बच्चाहरूसँग विशेष प्यार छ किन? बाबाले स्थापना
गर्नुभएको यज्ञको सेवामा स्वयंलाई समर्पण गरेका छन्। मधुबन निवासीहरूलाई एउटा त
आफ्नो पुरुषार्थको फल मिलिरहेको छ र अर्को जो मधुबनमा आउनेहरू चाहे ब्राह्मण, चाहे
नयाँ आत्माहरू आउँछन् तिनीहरूको सेवाको, यज्ञ सेवा हो, साधारण सेवा होइन, यज्ञ
सेवाको एक्स्ट्रा पुण्य पनि मिल्छ। कुनै पनि मधुबन निवासी आफ्ना बापदादाको श्रीमतमा
अमृतवेलादेखि रातिसम्म श्रीमत अनुसार चल्छ भने उसलाई एक्स्ट्रा, मधुबनवालाहरू आफैले
जाने पनि नजान पनि, लपर्बाही गरे पनि मधुबनको सेवाको पुण्य पक्कै मिल्छ। मधुबन
निवासी बन्नु साधारण कुरा होइन। चाहे कसैले जस्तोसुकै काम गरिरहेको छ, मानौँ सरसफाइ
गराइरहेको छ। तर यस्तो साधारण कामको पनि पुण्य धेरै छ किनकि बाबाले रच्नुभएको यज्ञ
हो। यस यज्ञबाट नै मधुबनमा नै सबैलाई परमात्म प्यार प्राप्त हुन्छ त्यसैले
मधुबनबाहेक बाबा कतै पनि आउनुहुन्न। यो मधुबनलाई बाबा आउने, मिल्ने, मिलाउने पार्ट
पहिल्यै निश्चित भएको छ। त्यसैले हरेक मधुबनवालाहरूले आफ्नो पुण्यको खातालाई जान,
पहिचान गर र त्यस महान् प्राप्तिस्वरूप बन। जेसुकै होस्, तिम्रो काम हो
ठुलावडाहरूसम्म सन्देश पहुँचाउनु, पहुँचायौ अर्थात् दिलबाट निकाल्यौ, तिम्रो
जिम्मेवारी पूरा भयो। तिमीले केही भइरहेको छैन भन्ने सम्झन्छौ भने तिम्रो यसमा पाप
बन्नेछैन। जो जिम्मेवार छन् उनीहरूको बन्नेछ। तिमी निश्चिन्त होऊ। दिनु तिम्रो काम
हो, तर सोच्नु के भयो, के भएन, यो किन भएन, त्यो किन भएन, यसको तिमीलाई आवश्यकता
छैन र झन् व्यर्थ सङ्कल्प चल्नेछन्। तिम्रो जुन जिम्मेवारी छ त्यो तिमीले पूरा गर।
तर पुरा गरेपछि, पुरा गर्नु पनि रीति अनुसार, मधुबन निवासी ब्राह्मण हौ, उच्च हौ,
आफ्नो पदलाई जानेर यस्तो कर्तव्य गर जसले गर्दा तिमीलाई सबैले तिम्रो कर्तव्यलाई
सुनेर अझै सिक्छन्। मधुबन निवासीमाथि सबैको भावना छ, त्यसैले यस्ता भावना
हुनेहरूलाई भावनाको फल देखाऊ। मधुबन निवसीहरूमा बापदादालाई थाहा छ कुनै कुनै
बच्चाहरू धेरै मर्यादापूर्वक स्वपुरुषार्थी र बाबासँग स्नेही बनेर सहयोग दिने
बच्चाहरू पनि छन्। तर बापदादा यही चाहनुहुन्छ, बापदादाको चाहना के छ मधुबन
निवासीहरूप्रति? मधुबन निवासी हरेक बाबाको बच्चाले यज्ञ स्नेही, सहयोगी बनेर आफ्नो
चालचलनद्वारा सबैलाई बाबाको परिचय दिउन् - हामी मधुबन निवासीहरूको कति ठुलो भाग्य
छ, भाग्यलाई प्रसिद्ध गर किनकि यज्ञ निवासी हौ, परमात्माले पहिला के रच्नुभयो? यज्ञ
रच्नुभयो। यज्ञको धरती निमित्त मधुबन हो। जान्दछौ नि मधुबनको महिमा, जसले मधुबनको
महिमा जान्दछौ, तिमीहरूले हात उठाऊ। बापदादाले यहाँ (अगाडि टिभीमा) हेर्नुहुन्छ।
राम्रो, धेरै राम्रो।
जो निमित्त बनेका
बच्चाहरू छौ, बापदादा तिमीहरूलाई देखेर खुसी हुनुहुन्छ। सबैले अटेन्सन दिन्छन् तर
अझै अटेन्सन दिएर सबैलाई सन्तुष्ट पारेमा विश्वलाई सन्तुष्टिका किरणहरू पुग्नेछन्,
यो कार्य पनि निमित्त आत्माहरूले गर्नु छ। जो निमित्त छन् उनीहरूले आआफ्ना सहयोगीहरू
(ह्यान्ड्स) को, संस्कार परिवर्तन गराउनमा अलिकति मेहनत गर्नुपर्नेछ। सेवा गराउँछौ,
बस्ने खाने प्रबन्ध सबैजसो सेन्टरहरूले गरिदिन्छन् तर उनीहरूमा यस्तो शक्ति भर जसले
बाबाबाट शक्ति लिएर तिम्रो सेवास्थानको वायुमण्डल यस्तो बनाऊन् जो पनि आउँछ ऊ पहिला
त वायुमण्डलको आकर्षणमा आओस् किनकि आजाकाल सबैले यही चाहन्छन् यस्तो कुनै कार्य होस्
जुन आउनाले नै केही अनुभव होस्, देख्दैमा नै केही अनुभव होस्। सुन्दा अनुभव हुन्छ,
योगको अनुभव हुन्छ तर वायुमण्डलको पनि अनुभव होस्, निमित्त बनेका आत्माहरूले यसमा
अटेन्सन राख्नुछ, तिमीहरूको विशेष सेवा हो। स्वयं योगयुक्त बनेर वायुमण्डलमा ठिक
स्थितिमा रहन्छन् भने उनीहरूको प्रभाव सेवास्थानमा स्वत: (अटोमेटिकली) पर्छ। जसरी
बापदादा वा ठुला निमित्त आत्माहरूको प्रभाव वायुमण्डलमा, भाइब्रेसनमा पर्छ नि!
बापदादाको वायुमण्डल परिवर्तन हुन्छ नि! त्यसैले हरेक बच्चालाई वायुमण्डल बनाउनुछ,
किनकि अहिले आफ्ना सेन्टरहरूको वायुमण्डल परिवर्तन गर्छौ अनि संसारको वायुमण्डल
परिवर्तन हुनेछ, निमित्त तिम्रो सेवास्थानबाट। पुरुषार्थ छ, लक्ष्य छ तर यस
लक्ष्यलाई अझै पावरफुल बनाऊ। जसलाई देखे पनि आजकाल मानिसहरूले अनुहारबाट
भाइब्रेसनबाट जान्दछन् , किनकि उनीहरूको बुद्धिमा आसुरी शक्तिको पनि प्रभाव छ,
ज्ञानको पनि प्रभाव छ, त्यसैले जति पनि मिटिङमा आएका छौ, हरेक जिम्मेवार छौ। नत्र
मिटिङमा नाम किन राखियो! हिम्मत छ नि, त्यसैले त तिम्रो नाम भयो नि, त्यसैले आफ्नो
कर्तव्य प्रत्यक्ष गर। गर्न पनि चाहन्छौ, बापदादालाई थाहा छ गर्नेले प्रयत्न पनि
गरिरहेका छौ तर प्रयत्नलाई अलिकति बढाऊ। बुझ्यौ।
अब बापदादा सबैको
रिजल्ट देख्न चाहनुहुन्छ। मधुबन निवासीहरू वा मिटिङमा आउनेहरू, दुवैको रिजल्ट देख्न
चाहनुहुन्छ। जुन जगदम्बाको विशेष पुरुषार्थ रह्यो, बाबाको भनाइ र जगदम्बाको गराइ।
तिम्री दिदीको यिनै शब्द थिए, अब घर जानु छ, अब घर जानु छ। तिम्री दादीको यही
सङ्कल्प रह्यो अब कर्मातीत हुनु छ, कर्मातीत हुने क्लास गराउनु, कर्मातीतको उमङ्ग
दिलाउनु। तिम्रा पाण्डवहरू जो गए, उनीहरूको पनि यही दिलमा सङ्कल्प रह्यो हामीले जो
पाण्डव, पाण्डवहरूलाई विजयी भनिन्छ, त्यसैले पाण्डवहरूको जुन लक्ष्य रह्यो र छ पनि
जुन गायन छ विजयी पाण्डव, पाण्डव भन्दा के याद आउँछ? विजय। हुन त अक्षौहिणी सेना
थियो तैपनि पाण्डव शब्द भन्दा विजय याद आउँछ। ५ पाण्डव तर विजयी। जस्तोसुकै
वायुमण्डल होस्, अक्षौहिणी सेनाको वायुमण्डल थियो तर पाण्डव, पाण्डवपतिको श्रीमतले
विजयी बने र विजयको नाम प्रसिद्ध गरे। अहिले उनै पाण्डव विजयी बनेर अरूलाई पनि विजय
दिलाउनेहरू हुन्। त्यसैले पाण्डवहरूलाई देखेर बापदादा खुसी हुनुहुन्छ, कुन कुरामा
खुसी हुनुहुन्छ? पाण्डवहरू शक्तिहरूका साथी हुन्। शक्तिहरूलाई सहयोग दिएर अगाडि
बढाउनमा साथी हुन्। जसरी बाबाले शक्तिहरूलाई शिवशक्तिको मन्त्र दिएर कम्बाइन्ड
बनाउनुभयो, त्यसैगरी पाण्डवहरू पनि शक्तिहरूलाई जुन पाण्डवहरूमा विशेषता छ, ती
विशेषताहरूमा शक्तिहरूलाई सहयोग दिएर अगाडि बढाउनमा राम्रा छन्, र पाण्डबहरू सदा
राम्रोभन्दा राम्रो बनेर अगाडि बढ्नेहरू हुन्।
बापदादाले आज तिम्रो
स्नेहलाई देखेर तिमीहरू सबैलाई स्नेहको हार पहिराइदिनुहुन्छ। बस् तिमीले पनि
हरेकलाई स्नेह र सहयोगको हार पहिराइदेऊ। पाखुराहरूको हार होइन, दिलबाट सहयोगको हार
पहिराइदेऊ। बापदादाले पहिला पनि भन्नुभएको छ हरेक बच्चाको खल्तीमा सहयोगका नोट
हुनुपर्छ। त्यसैले गल्तीहरू नोट नगर, तर सहयोगको नोटले खल्ती भरिएको हुनुपर्छ। जहाँ
पनि हेर सहयोग चाहिन्छ भने सहयोगका नोट देऊ। सहयोगका नोट छन् खल्तीमा? सहयोगका नोट
छन्? भरिएको छ, खल्ती भरिएको छ? खाली त छैन? तिमीले सहयोगको नोट देऊ र तिनीहरूले
तिमीलाई दुआको हार पहिराइदिनेछन्।
तिम्रा एडभान्स
पार्टीका विशेष आत्माहरू र बाबा सूक्ष्मवतन निवासीहरूले प्रतीक्षा गरिरहनुभएको छ।
तिमीसम्म उनीहरूको सङ्कल्प पुग्छ? उनीहरूले मिति माग्छन्। तिम्रा ठुला ठुला दादीहरू
र दादाहरू दुवैले मितिको प्रतीक्षा गरिरहेका छन्। त्यसैले उनीहरूलाई मिति दिनेछौ!
दिनेछौ? पहिलो लाइनले बताऊ, मिति दिनेछौ? कि भन्नेछौ पर्ख र हेर (वेट एन्ड सी)।
हरेकले यसमा के गर्नु छ? हरेकले आफ्ना बाँकी रहेका संस्कारहरूको संस्कार गर, समय
समीप आउनेछ। समयलाई समीप ल्याउने यही तरिका हो। जसले विघ्न पारिरहेका छन, ती बाँकी
रहेका संस्कार हुन्। त्यसैले अब जब अर्को पटक सिजन सुरु हुनेछ त्यसको लागि दिन बाँकी
छन्, धेरै दिन बाँकी छन्। दिनहुँ कुनै न कुनै संस्कारको संस्कार गरिदिनुछ। एक एकको
संस्कार गर्दै जाऊ, यतिका दिन छन्। त्यसैले कसले भन्छौ, अर्कोपटक बापदादा आउनुहुँदा
हामीले हात उठाउनेछौँ संस्कारको संस्कार भयो। त्यो हात उठाऊ। भयो? हात त उठाइरहेका
छन्। बापदादाले एडभान्समा धेरै धेरै धेरै बधाई दिइरहनुभएको छ। अच्छा।
वरदान:–
आलस्यका भिन्न
भिन्न रूपहरूलाई समाप्त गरेर सदा उल् लासमा रहने तीव्र पुरुषार्थी भव
वर्तमान समयमा भिन्न
भिन्न तरिकाले आलस्यको रूपमा मायाको आक्रमण हुन्छ। यो आलस्य पनि विशेष विकार हो,
यसलाई खतम गर्नको लागि सदा उल्लासमा बस। कमाइ गर्ने उल्लास भयो भने आलस्य समाप्त
हुन्छ त्यसैले कहिल्यै पनि उल्लासलाई नघटाऊ। सोच्नेछौँ, गर्नेछौँ, गरिहाल्नेछौँ,
भइहाल्नेछ... यी सबै आलस्यका निसानी हुन्। यस्ता आलस्ययुक्त निर्बल सङ्कल्पहरूलाई
समाप्त गरेर यही सोच जे गर्नु छ, जति गर्नु छ अहिल्यै गर्नु छ, तब भनिन्छ तीव्र
पुरुषार्थी।
स्लोगन:–
सच्चा सेवाधारी
उनीहरू हुन् जसको सोचाइ र भनाइ समान हुन्छ।
अव्यक्त इसारा:–
अपवित्रताको बीजलाई पनि समाप्त गर ेर सम्पूर्ण स्वच्छ (पवित्र) बन
पवित्रताको ज्योति सदा
श्रेष्ठभन्दा श्रेष्ठ रूपमा बलिरहोस्, अलिकति पनि हलचलमा नआओस्, अचल रहोस्।
पवित्रताको ज्योति जति अचल हुनेछ त्यति सहजै सबैले बाबालाई चिन्न सक्नेछौ र
पवित्रताको जयजयकार हुनेछ। पवित्रताको पर्सनालिटीलाई सदा इमर्ज रूपमा स्मृतिमा राख।
स्मृति नै सामर्थ्यको आधार हो र जहाँ सामर्थ्य छ त्यहाँ माया आउन सक्दैन। समर्थ
आत्माको समीप माया आउन असम्भव छ।