30.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबा
आउनुभएको छ सबैको दु:ख हरेर सुख दिन , त्यसैले तिमी दु:खहर्ताका बच्चाहरूले कसैलाई
पनि दु:ख नदेऊ।”
प्रश्न:–
उच्च पद पाउने
बच्चाहरूको मुख्य निसानी के हुन्छ?
उत्तर:–
१- उनीहरू सदा
श्रीमतमा चलिरहन्छन्। २- कहिल्यै हठ गर्दैनन्। ३- आफूलाई आफैले राजतिलक दिनको लागि
पढाइ पढेर फड्को मार्छन्। ४- आफूलाई कहिल्यै घाटा पार्दैनन्। ५- सबैप्रति रहमदिल र
कल्याणकारी बन्छन्। उनीहरूलाई सेवाको धेरै सोख हुन्छ। ६- कुनै पनि तुच्छ काम
गर्दैनन्। लडाईँ झगडा गर्दैनन्।
गीत:–
तूने रात
गंवायी सो के...
ओम् शान्ति ।
रुहानी
बच्चाहरू रुहानी बाबाको सामुन्ने बसेका छौ। तर यो भाषा त तिमी बच्चाहरूले मात्रै
बुझ्छौ अरू कुनै नयाँले बुझ्न सक्दैन। “हे रुहानी बच्चाहरू!” यस्तो कहिल्यै कसैले
भन्न सक्दैन। भन्नै आउँदैन। तिमीलाई थाहा छ– हामी रुहानी बाबाको अगाडि बसेका छौँ।
जुन बाबालाई यथार्थ रीतिले कसैले पनि चिन्दैनन्। हुन त आफूलाई भाइ भाइ पनि सम्झन्छन्,
हामी सबै आत्मा हौँ। बाबा एक हुनुहुन्छ तर यथार्थ रीतिले चिन्दैनन्। सम्मुख आएर
नबुझेसम्म बुझ्छन् पनि कसरी? तिमीले पनि सम्मुख आएपछि मात्रै बुझ्छौ। तिमी हौ
ब्राह्मण-ब्राह्मणी। तिम्रो उपनाम (सरनेम) नै हो ब्रह्मावंशी ब्रह्माकुमार-कुमारी।
शिवका त सबै आत्माहरू हुन्। तिमीलाई शिवकुमार वा शिवकुमारी भनिँदैन। यो शब्द गलत
हुन्छ। कुमार छौ भने कुमारी पनि छौ। शिवका सबै आत्माहरू हुन्। कुमार-कुमारी भनिन्छ
मनुष्यका बच्चा बनेपछि मात्र। शिवका बच्चाहरू त निराकारी आत्माहरू हुन् नै। मूलवतनमा
सबै आत्माहरू नै रहन्छन्, जसलाई सालिग्राम भनिन्छ। यहाँ आएपछि भने फेरि जिस्मानी
कुमार र कुमारीहरू बन्छन्। वास्तवमा तिमी हौ कुमार, शिवबाबाका बच्चा। कुमारी र
कुमार शरीरमा आएपछि मात्रै बन्छौ। तिमी बी. के. हौ, त्यसैले भाइ-बहिनी भनिन्छौ।
अहिले यस समयमा तिमीलाई ज्ञान मिलेको छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई पावन बनाएर
लैजानुहुन्छ। आत्माले जति बाबालाई याद गर्छ त्यति पवित्र बन्छ। आत्माहरूले
ब्रह्मामुखबाट यो ज्ञान पढ्छन्। चित्रहरूमा पनि बाबाको ज्ञान क्लियर छ। शिवबाबाले
नै हामीलाई पढाउनुहुन्छ। न श्रीकृष्णले पढाउन सक्नुहुन्छ, न श्रीकृष्णद्वारा बाबाले
पढाउन सक्नुहुन्छ। श्रीकृष्ण त वैकुण्ठका राजकुमार हुनुहुन्छ, यो पनि तिमी
बच्चाहरूले सम्झाउनुछ। श्रीकृष्ण त स्वर्गमा आफ्नो आमा-बुबाका बच्चा हुनुहुन्छ।
स्वर्गवासी पिताका बच्चा हुनुहुन्छ, उहाँ वैकुण्ठका राजकुमार हुनुहुन्छ। उहाँलाई पनि
कसैले चिन्दैनन्। श्रीकृष्ण जयन्तीमा आआफ्नो घरमा श्रीकृष्णको लागि झुला बनाउँछन्
वा मन्दिरहरूमा झुला बनाउँछन्। माताहरू गएर भण्डारी (गोलक) मा पैसा राख्छन्, पूजा
गर्छन्। आजकाल क्राइस्टलाई पनि श्रीकृष्णजस्तै बनाउँछन्। ताज आदि पहिराएर आमाको
काखमा राखिदिन्छन्। जसरी श्रीकृष्णलाई देखाउँछन्। अब श्रीकृष्ण र क्राइस्ट राशि त
एउटै हो। उनीहरूले नक्कल गर्छन्। नत्र श्रीकृष्णको जन्म र क्राइस्टको जन्ममा धेरै
फरक छ। क्राइस्टको जन्म कुनै सानो बच्चाको रूपमा हुँदैन। क्राइस्टको आत्माले त कसैमा
गएर प्रवेश गरेको हो। विषबाट पैदा हुन सक्दैन। पहिला क्राइस्टलाई कहिल्यै सानो बच्चा
देखाउँदैनथे। क्रसमा देखाउँथे। यो अहिले देखाउँछन्। बच्चाहरूलाई थाहा छ– धर्म
स्थापकलाई कसैले त्यसरी मार्न सक्दैन, त्यसैले कसलाई मारियो? जसमा प्रवेश भयो,
उसलाई दु:ख मिल्यो। सतोप्रधान आत्मालाई दु:ख कसरी मिल्न सक्छ। उसले के कर्म गरेको
थियो र यति दु:ख भोग्यो। आत्मा नै सतोप्रधान अवस्थामा आउँछ, सबैको हिसाबकिताब चुक्ता
हुन्छ। यस समयमा बाबाले सबैलाई पावन बनाउनुहुन्छ। त्यहाँबाट सतोप्रधान आत्मा आएर
दु:ख भोग्न सक्दैन। आत्माले नै भोग्छ नि। आत्मा शरीरमा आएपछि भने दु:ख हुन्छ। मलाई
दुख्छ– यो कसले भन्यो? यस शरीरमा कोही रहन्छ। उनीहरूले भन्छन्– परमात्मा भित्र
हुनुहुन्छ, त्यसो हो भने परमात्माले यस्तो कहाँ भन्नुहुन्छ र– मलाई दु:ख छ। सबैमा
परमात्मा विराजमान हुनुहुन्छ भने परमात्माले कसरी दु:ख भोग्नुहुन्छ। यो त आत्माले
पुकार्छ। हे परमपिता परमात्मा हाम्रो दु:ख हरण गर्नुहोस्! पारलौकिक बाबालाई नै
आत्माले पुकार्छ।
अहिले तिमीलाई थाहा
छ– बाबा आउनुभएको छ, दु:ख हरण गर्ने युक्ति बताइरहनुभएको छ। आत्मा शरीरको साथमा नै
सदा स्वस्थ सम्पन्न बन्छ। मूलवतनमा त स्वस्थ, सम्पन्न भनिँदैन। त्यहाँ कुनै सृष्टि
कहाँ छ र। त्यहाँ त छ नै शान्ति। आत्माहरू शान्ति स्वधर्ममा टिकेका हुन्छन्। अहिले
बाबा आउनुभएको छ, सबैको दु:ख हरेर सुख दिन। त्यसैले बच्चाहरूलाई पनि भन्नुहुन्छ–
तिमी मेरा बनेका छौ, त्यसैले कसैलाई दु:ख नदेऊ। यो लडाइँको मैदान हो, तर गुप्त। त्यो
हो प्रत्यक्ष। यो जुन गायन छ– युद्धको मैदानमा जो मर्छन् उनीहरू स्वर्गमा जान्छन्,
त्यसको अर्थ पनि सम्झाउनुपर्छ। यस लडाइँको महत्त्व हेर कति छ। बच्चाहरूलाई थाहा छ–
त्यो लडाइँमा मरेर कोही स्वर्गमा जान सक्दैन। तर गीतामा भगवानुवाच छ त्यसलाई त सही
मान्छन् नि। भगवानले कसलाई भन्नुभयो? ती लडाइँ गर्नेहरूलाई भन्नुभयो वा तिमीलाई
भन्नुभयो? दुवैलाई भन्नुभयो। उनीहरूलाई पनि सम्झाइन्छ, आफूलाई आत्मा सम्झेर बाबालाई
याद गर। यो सेवा पनि गर्नुछ। अब तिमी स्वर्गमा जान चाहन्छौ भने पुरुषार्थ गर,
लडाइँमा त सबै धर्मका छन्, सिख पनि छन्, उनीहरू त सिख धर्ममा नै जान्छन्। स्वर्गमा
त तिमी ब्राह्मणहरूसँग आएर ज्ञान लिएपछि मात्र जान सक्छन्। जस्तै बाबाको पासमा आउँथे
र बाबाले सम्झाउनुहुन्थ्यो– तिमी लडाइँ गर्दा शिवबाबाको यादमा रह्यौ भने स्वर्गमा
आउन सक्छौ। बाँकी यस्तो होइन– स्वर्गमा राजा बन्छौ। होइन, उनीहरूलाई धेरै सम्झाउन
पनि सक्दैनौ। उनीहरूलाई थोरै ज्ञान नै सम्झाइन्छ। लडाइँमा आफ्नो इष्ट देवताको याद
अवश्य गर्छन्। सिख रहेछन् भने गुरु गोविन्दको जय भन्छन्। यस्तो कोही छैन जसले
आफूलाई आत्मा सम्झेर परमात्मालाई याद गर्छ। बाँकी हो जसले बाबाको परिचय लिन्छन्
उनीहरू स्वर्गमा आउँछन्। सबैका बाबा त एउटै हुनुहुन्छ– पतितपावन। उहाँले पतितहरूलाई
भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रा पाप काटिन्छन् र मैले जुन सुखधाम स्थापना गर्छु
त्यसमा तिमी आउँछौ। लडाइँमा पनि शिवबाबालाई याद गरेमा स्वर्गमा आउँछौ। त्यो युद्धको
मैदानको कुरा अर्कै हो, यहाँ अर्कै हो। बाबा भन्नुहुन्छ– ज्ञानको विनाश हुँदैन।
शिवबाबाका बच्चा त सबै हुन्। अब शिवबाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा तिमी मेरो
साथमा मुक्तिधाम आउँछौ। फेरि जुन ज्ञान सिकाइन्छ त्यो पढ्यौ भने स्वर्गको राज्य
भाग्य मिल्छ। कति सहज छ, स्वर्गमा जाने मार्ग सेकेन्डमा मिल्छ। हामी आत्माले
बाबालाई याद गर्छौँ, लडाइँको मैदानमा त खुसीले जानुछ। कर्म त गर्नैपर्छ। देश बचाउनको
लागि सबै कुरा गर्नुपर्छ। त्यहाँ त हुन्छ नै एक धर्म। मतभेदको कुनै कुरा हुँदैन। यहाँ
कति मतभेद छ। पानीमा, जमिनमा झगडा। पानी बन्द गरिदिन्छन्, अनि ढुङ्गा मुढा गर्न
थाल्छन्। एकअर्कालाई अन्न दिएनन् भने झगडा हुन्छ।
तिमी बच्चाहरूलाई थाहा
छ– हामीले आफ्नो स्वराज्य स्थापना गरिरहेका छौँ। पढाइबाट राज्य पाउँछौँ। नयाँ दुनियाँ
अवश्य स्थापना हुनुछ, यो कुरा पहिल्यै निश्चित छ त्यसैले कति खुसी हुनुपर्छ। कुनै
पनि कुरामा लडाइँ झगडा गर्नु पर्ने कुनै कुरा हुँदैन। रहनु पनि धेरै साधारण छ।
बाबाले सम्झाउनुभएको छ– तिमी पतिको घर जान्छौ त्यसैले अहिले वनवासमा छौ। सबै
आत्माहरू जान्छन्, शरीर कहाँ जान्छ र। शरीरको अभिमान पनि छोडिदिनुछ। हामी आत्मा
हौँ, अब ८४ जन्म पूरा भए। जति पनि यहाँका छन्– उनीहरूलाई भन भारतवर्ष स्वर्ग थियो,
अहिले त कलियुग छ। कलियुगमा अनेक धर्म हुन्छन्। सत्ययुगमा एउटै धर्म थियो। भारतवर्ष
फेरि स्वर्ग बन्नुछ। सम्झन्छन् पनि– भगवान आउनुभएको छ। पछि गएर भविष्यवाणी पनि
गरिरहनेछन्। वायुमण्डल हेर्छन् नि। त्यसैले बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ। बाबा
त सबैका हुनुहुन्छ नि। सबैको हक छ। बाबा भन्नुहुन्छ– म आएको छु र सबैलाई भन्छु– म
एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। अहिले त मानिसहरूले सम्झन्छन्–
जुनसुकै बेला पनि लडाइँ हुन सक्छ। यो लडाइँ त भोलि पनि हुन सक्छ। लडाइँ फैलिनमा ढिलो
कहाँ हुन्छ र। तर तिमी बच्चाहरूले बुझेका छौ– अहिले हाम्रो राजधानी स्थापना भएको
छैन भने विनाश कसरी हुन सक्छ। अझै बाबाको सन्देश चारैतिर कहाँ दिइएको छ र। पतितपावन
बाबा भन्नुहुन्छ– मलाई याद गरेमा विकर्म विनाश हुन्छन्। यो सन्देश सबैको कानमा
पुग्नुपर्छ। ठीकै छ लडाइँ होस्, बमहरू पनि खसालियुन् तर तिमीलाई पहिल्यै निश्चय छ–
हाम्रो राजधानी अवश्य स्थापना हुनुछ, त्यो भन्दा पहिला विनाश हुन सक्दैन। विश्वमा
शान्ति होस् भन्छन् नि। विश्वमा युद्ध भयो भने विश्वलाई नै समाप्त गरिदिनेछन्।
यो हो विश्व विद्यालय,
सारा विश्वलाई तिमीले ज्ञान दिन्छौ। एउटै बाबा आएर सारा विश्वलाई पल्टाउनुहुन्छ (परिवर्तन
गर्नुहुन्छ)। उनीहरूले त कल्पको अवधि नै लाखौँ वर्ष भनिदिन्छन्। तिमीलाई थाहा छ–
यसको अवधि पूरा ५००० वर्ष हो। भनिन्छ– क्राइस्टभन्दा ३ हजार वर्ष पहिला यहाँ स्वर्ग
थियो। इस्लामी, बौद्धी आदिको सबैको हिसाबकिताब निकाल्छन्। उनीहरूभन्दा पहिला अरू
कसैको नाम छैन। तिमीले तिथि-मिति बताउन सक्छौ। त्यसैले तिमीलाई कति नशा हुनुपर्छ।
झगडा आदिको कुरा नै छैन। झगडा उनीहरूले गर्छन् जो अनाथ हुन्छन्। तिमीले अहिले जुन
पुरुषार्थ गर्छौ त्यसबाट २१ जन्मको लागि प्रारब्ध बन्छ। लडाइँ झगडा गरेमा उच्च पद
पनि मिल्दैन। सजाय पनि खानुपर्छ। कुनै पनि कुरा छ, जेसुकै चाहिए पनि बाबाको पासमा
आऊ, सरकारले पनि भन्छ नि– तिमी आफैले फैसला (कानुन) आफ्नो हातमा लिनुहुँदैन। कसैले
भन्छन्– हामीलाई बेलायतको जुत्ता चाहिन्छ। बाबाले भन्नुहुन्छ– प्यारा बच्चाहरू!
अहिले त तिमी वनवासमा छौ। त्यहाँ तिमीलाई धेरै धनमाल मिल्छ। बाबाले त सत्य नै
सम्झाउनुहुन्छ नि– यो कुरा ठीक होइन। यहाँ तिमीले यो आश किन राख्छौ। यहाँ त धेरै
सरल हुनुपर्छ। नत्र देह अभिमान आउँछ, यसमा आफ्नो कुरामा जिद्दी गर्नुहुँदैन, बाबाले
जे भन्नुहुन्छ त्यो मान्नुपर्छ, बिमारी आदि भयौ भने डाक्टर आदिलाई पनि बोलाइन्छ,
दबाइ आदिले सम्भार त सबैको हुन्छ। फेरि पनि हरेक कुरामा बाबा बस्नुभएको छ। श्रीमत त
श्रीमत हो नि। निश्चयमा विजय छ। उहाँले त सबै कुरा बुझ्नुहुन्छ नि। बाबाको रायमा
चल्नुमा नै कल्याण छ। आफ्नो पनि कल्याण गर्नुछ। कसैलाई हीरातुल्य (वर्थ पाउन्ड)
बनाउन सक्दैनौ भने कौडीतुल्य (वर्थ नट ए पेनी) पनि ठहरिएनौ नि। हीरा बन्न लायक छैनौ।
यहाँ मूल्य भएन भने त्यहाँ पनि मुल्य हुँदैन। सेवाधारी बच्चाहरूलाई सेवाको कति सौख
हुन्छ। चक्कर लगाइरहन्छन्। सेवा गर्दैनन् भने उनीहरूलाई रहमदिल, कल्याणकारी केही पनि
भनिँदैन। बाबालाई याद गर्दैनौ भने तुच्छ काम गरिरहन्छौ। पद पनि तुच्छ पाउँछौ। यस्तो
होइन, हाम्रो त शिवबाबासँग योग छ। यो कुरा त हो नै बी. के.को। शिवबाबाले
ब्रह्माद्वारा नै ज्ञान दिन सक्नुहुन्छ। केवल शिवबाबालाई याद गरेमा मुरली कसरी
सुन्छौ फेरि नतिजा के हुन्छ? पढेनौ भने के पद पाउँछौ। यो पनि थाहा छ– सबैको तकदिर
उच्च बन्दैन। त्यहाँ पनि त नम्बर अनुसार पद हुन्छन्। पवित्र त सबैलाई हुनुछ। आत्मा
पवित्र नबनी शान्तिधाम जान सक्दैन।
बाबा सम्झाउनुहुन्छ–
तिमीले सबैलाई यो ज्ञान सुनाउँदै जाऊ, ठीकै छ कसैले अहिले सुन्दैनन् भने पनि, पछि
गएर अवश्य सुन्छन्। अहिले जतिसुकै जोडले विघ्न, तुफान आए पनि– तिमी डराउनुहुँदैन
किनकि नयाँ धर्मको स्थापना हुन्छ नि। तिमीले गुप्तरूपमा राजधानी स्थापना गरिरहेका
छौ। बाबा सेवाधारी बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ। तिमीले आफूलाई आफैले राजतिलक
दिनुछ, श्रीमतमा चल्नुछ। यसमा आफ्नो हठ चल्न सक्दैन। सित्तैमा आफूलाई घाटामा
पार्नुहुँदैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सेवाधारी र कल्याणकारी बन।
विद्यार्थीलाई टिचरले भन्छन् नि, पढेर फड्को मार। तिमीलाई २१ जन्मको लागि स्वर्गको
छात्रवृत्ति मिल्छ। राजवंशमा जानु यही ठुलो छात्रवृत्ति हो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सङ्गममा धेरै सिम्पल साधारण रहनुछ किनकि यो वनवासमा रहने समय हो। यहाँ कुनै पनि
आश राख्नुहुँदैन। कहिल्यै कानुन आफ्नो हातमा लिनुछैन। लडाइँ झगडा गर्नुछैन।
२) विनाशभन्दा पहिला
नयाँ राजधानी स्थापना गर्नको लागि सबैलाई बाबाको सन्देश दिनुछ– बाबा भन्नुहुन्छ–
मलाई याद गरेमा विकर्म विनाश हुन्छन् र तिमी पावन बन्छौ।
वरदान:–
सन्तुष्टताको
विशेषताद्वारा सेवामा सफलतामूर्त बन्ने सन्तुष्टमणि भव
सेवाको विशेष गुण
सन्तुष्टता हो। यदि नाम सेवा हो र स्वयं पनि दु:खित छौ वा अरूलाई पनि दु:ख दिन्छौ
भने यस्तो सेवा नगर्नु राम्रो हो। जहाँ स्वयंप्रति वा सम्पर्कवालाहरूसँग सन्तुष्टता
छैन त्यो सेवाले न स्वयंलाई फलको प्राप्ति गराउँछ न अरूलाई, त्यसैले पहिला
एकान्तवासी बनेर स्व परिवर्तनद्वारा सन्तुष्टमणिको वरदान प्राप्त गरेर फेरि सेवामा
आयौ भने सफलतामूर्त बन्छौ।
स्लोगन:–
विघ्नरूपी
पत्थर फोर्नमा समय नगुमाएर त्यसलाई फड्को मारेर पार गर।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
ज्वालास्वरूप यादको
लागि मन र बुद्धि दुवैलाई एक त पावरफुल ब्रेक चाहिन्छ र मोड्ने पनि शक्ति चाहिन्छ।
यसबाट बुद्धिको शक्ति वा कुनै पनि इनर्जी नष्ट नभएर जम्मा हुँदै जान्छ। जति जम्मा
हुन्छ त्यति नै परख गर्ने, निर्णय गर्ने शक्ति बढ्छ। यसको लागि अब सङ्कल्पहरूको
बिस्तरा बन्द गर्दै जाऊ अर्थात् समेट्ने शक्ति धारण गर।