30.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
योगबलबाट रावण दुस्मनमाथि बीजय प्राप्त गर्नु छ , मनुष्यबाट देवता बन्नको लागि
दैवीगुण धारण गर्नु छ।”
प्रश्न:–
सबै बच्चाहरू
बाबाको श्रीमतमा एकनासले चल्दैनन्– किन?
उत्तर:–
किनकि बाबा जो
हुनुहुन्छ, उहाँलाई सबैले एकनासले चिनेका छैनन्। पूरा चिनेपछि मात्र श्रीमतमा चल्छन्।
२- माया दुस्मनले श्रीमतमा चल्न रोक्छ, त्यसैले बच्चाहरूले बीच बीचमा आफ्नो मत
चलाउँछन्। फेरि भन्छन्– बाबा, मायाका तुफान आउँछन्, हजुरलाई याद गर्न भुलिन्छ। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! रावण मायादेखि नडराऊ। जोडले पुरुषार्थ गरेमा ऊ
थाक्नेछ।
गीत:–
न वह हमसे जुदा
होंगे...
ओम् शान्ति ।
तिमी सिङ्गल
आत्मा हौ। हरेकले भन्छौ– ओम् शान्ति। उहाँहरू डबल हुनुहुन्छ, उहाँहरूले दुईपटक
भन्नुपर्छ– ओम् शान्ति, ओम् शान्ति। अब बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमी
यहाँ युद्धको मैदानमा बसेका छौ। यस्तो होइन जसरी उनीहरू आपसमा लड्छन्। त्यसो त घर
घरमा लडाइँझगडा गरिरहन्छन्। धेरैजसोको कुरा गरिन्छ। नम्बर वन हो देह अभिमान,
सेकेन्ड हो काम। अहिले तिमीले यादको बलबाट ५ विकार रूपी रावणमाथि बीजय प्राप्त गर्छौ।
यादको बल छ भने तिमी गिर्दैनौ। तिम्रो युद्ध एक रावणसँग नै हुन्छ। त्यहाँ त अनेक
प्रकारका कुराहरू हुन्छन्। यहाँ एउटै कुरा छ। तिम्रो युद्ध हो नै रावणसँग। तिमीलाई
सिकाउने को हुनुहुन्छ? पतितपावन भगवान। उहाँले नै पतितबाट पावन बनाउनुहुन्छ। पावन
अर्थात् देवता। तिमी विश्वका मालिक बन्छौ। यो कुनै मानिसले बुझ्दैनन् रावणद्वारा
तिमी पतित बनेका हौ। बाबाले सम्झाउनुभएको छ, यतिबेला सारा दुनियाँमा रावणको राज्य
छ। हुन त रामराज्य हुन्छ सत्ययुग, त्रेतामा। तैपनि सारा दुनियाँमा भनिन्छ। तर त्यहाँ
यति धेरै मानिस हुँदैनन्। तिमीले योगबलबाट विश्वको राज्य लिइरहेका छौ। यस्तो पनि
होइन, यहाँ बसेपछि मात्र बाबालाई याद गर्नु छ वा स्वदर्शन चक्र घुमाउनु छ, बस्। यो
त हरपल बुद्धिमा रहनुपर्छ। हामीले आधाकल्प स्वर्गमा राज्य गर्छौँ, फेरि रावणको
श्राप मिलेपछि ओर्लिन्छौँ। ओर्लिनमा समय त लाग्छ। ८४ सिँढी ओर्लिनुपर्छ। चढ्तीकलामा
त सिँढीहरू हुँदैनन्, सिँढीहरू हुन्थे भने सेकेन्डमा जीवनमुक्ति हुन्छ कसरी
भनिन्थ्यो र? कहाँ तिमीलाई ओर्लिनमा २५०० वर्ष लाग्छ र कहाँ तिमी केही वर्षमा
चढ्तीकलामा आउँछौ। तिम्रो हो योगबल। उनीहरूको हो बाहुबल। द्वापरदेखि लिएर ओर्लिन्छौ,
फेरि बाहुबल सुरु हुन्छ। सत्ययुगमा मार्ने कुरा हुन सक्दैन। श्रीकृष्णको लागि जुन
देखाइएको छ, ओखलमा बाँधे। यस्तो कुनै कुरा हुन सक्दैन। त्यहाँ बच्चा कहिल्यै चञ्चल
हुँदैन। उनी त सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण हुन्छन्। श्रीकृष्णलाई कति याद
गर्दै आउँछन्। राम्रो कुराको याद आउँछ नि। जसरी दुनियाँमा ७ आश्चर्य छन्, त्यसैले
मानिसहरूलाई याद आउँछ, हेर्न जान्छन्। आबुमा सबैभन्दा राम्रो कुरा के छ, जुन
मानिसहरू हेर्न आउँछन्? धार्मिक मानिसहरू त आउँछन् नै मन्दिर हेर्न। भक्तिमार्गमा त
मन्दिर धेरै हुन्छन्। सत्ययुग, त्रेतामा कुनै मन्दिर हुँदैन। मन्दिर पछि बन्छन्,
यादगारको लागि। सत्ययुगमा चाडपर्व आदि केही हुँदैनन्। दीपावली पनि यसरी हुँदैन। हो,
तख्तमा बस्छन्, अनि राज्याभिषेक दिवस (कोरोनेसन डे) मनाउँछन्। त्यहाँ त सबैको ज्योति
बलेको हुन्छ।
तिमीसँग एउटा गीत पनि
छ– नवयुग आया... यो केवल तिमीलाई थाहा छ, हामीले नवयुग अर्थात् सत्ययुगको लागि,
देवीदेवता बन्नको लागि पुरुषार्थ गरिरहेका छौँ। पढाइ त राम्रोसँग पढ्नुपर्छ। जहाँ
जिउनु छ, ज्ञान अमृत पिउनु छ। यो ज्ञान हो सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नु। यसमा
कुनै भाषा आदि सिकिँदैन। केवल बाबालाई याद गर्नु छ र स्वदर्शन चक्र घुमाउनु छ, बस्।
यहाँ तिमी बसेका छौ। तिमीहरू स्वदर्शन चक्रधारी हौ। बुद्धिमा छ– हाम्रो ८४ जन्महरूको
चक्र पूरा भयो। अब पुरानो शरीर, पुरानो सम्बन्ध छोडेर नयाँ लिनु छ। विष्णुपुरीको
मालिक बन्नको लागि बाबाले पुरुषार्थ गराइरहनुभएको छ। दुनियाँमा अरू सबै हुन् आसुरी
सम्प्रदाय। भगवानुवाच– यो त्यही गीताको युग चलिरहेको छ। यो हो कल्प कल्पको सङ्गमयुग।
बाबा भन्नुहुन्छ– म यस कल्पको सङ्गमयुगमा आउँछु। म त्यही गीताको भगवान हुँ। यहाँ
आउँछु नयाँ दुनियाँ स्वर्ग रच्न, म द्वापरमा कसरी आउँछु। यो एउटा ठुलो भुल हो। भुल
कुनै सानो, कुनै ठुलो हुन्छ। यो सबैभन्दा ठुलो भुल हो। शिव भगवान जो पुनर्जन्मरहित
हुनुहुन्छ, उहाँको सट्टा ८४ जन्म लिनेको नाम लेखिदिएका छन्। तिमीलाई अहिले थाहा भएको
छ, श्रीकृष्णले त यसरी भन्न सक्दैनन्– म एकलाई याद गर। सबै धर्मका आत्माहरूले कहाँ
उनलाई मान्छन्। शिव त निराकार हुनुहुन्छ। तिमी शिवशक्ति सेना हौ। शिवबाबासँग योग
लगाएर शक्ति लिन्छौ। यसमा महिला पुरुषको कुरा छैन। तिमी आत्माहरू सबै भाइ भाइ (ब्रदर)
हौ। सबैले बाबाबाट शक्ति लिइरहेका छौ। वर्सा बाबाले नै दिनुहुन्छ नि। उहाँ बाबा नै
सर्वशक्तिमान् हुनुहुन्छ। यी लक्ष्मीनारायणलाई पनि भनिन्छ सर्वशक्तिमान् किनकि
तिनीहरू सारा विश्वका मालिक हुन्। तिनीहरूले यो राज्य कसरी पाए? अहिले भारतवर्ष त
के सारा दुनियाँमा रावण राज्य छ। कोही राजा रहेछन् भने थाहा हुन्छ, उनीहरूका
अग्रजहरूले यो राज्य गरेका रहेछन्, जुन चल्दै आएको छ। यो त सत्ययुग आदिदेखि चलेको
हो, त्यसैले अवश्य अघिल्लो जन्ममा यस्तो पुरुषार्थ गरेको हुनुपर्छ। पतित राज्य
मिल्छ दानपुण्य गरेमा। यहाँ त यस सङ्गममा ज्ञान र योगबलबाट २१ जन्मको लागि राज्य
पाउँछौ।
तिमीलाई थाहा छ, यो
सारा पुरानो दुनियाँ विनाश हुनु छ। यो देह पनि रहनेछैन, त्यसैले आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर्नु छ। बाबा बाबा भन्न सिक। जसरी जिस्मानी बच्चाहरूलाई
सिकाइन्छ, त्यसैले उनीहरूले उनका पितालाई याद गर्छन्। अहिले रुहानी बाबाले तिमी
बच्चाहरूलाई भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! यो नयाँ कुरा हो। बाबा भन्नुहुन्छ– अब
म रुहानी बाबालाई याद गर किनकि फर्केर घर जानु छ। आत्मा त अविनाशी हो, शरीर विनाशी
हो, त्यसैले बलवान को भयो त? शरीर आत्माको आधारमा चल्छ। आत्मा गएपछि शरीर आगोमा
जलाउनुपर्छ। आत्मा त हो नै अविनाशी। त्यो बिन्दुको बिन्दु नै हुन्छ। त्यस आत्मालाई
कसैले पनि चिन्दैनन्। हुन त कसैलाई साक्षात्कार हुन्छ, तैपनि के भयो त! उनीहरूलाई त
यो थाहा नै छैन, आत्मा जुन बिन्दु हो, त्यसमा ८४ जन्महरूको अविनाशी पार्ट भरिएको छ।
यी कुराहरू तिम्रै बुद्धिमा हुन्छन्। उहाँ बाबाले नै राजयोग सिकाउनुहुन्छ । बाँकी
कानुन व्यावसायी, वकिल, इन्जिनियर आदि त हुँदै आएका छन्। यहाँ बन्नु छ मनुष्यबाट
देवता। हुन उनीहरू पनि मनुष्य हुन् तर उनीहरूलाई देवता भनिन्छ। देवता अर्थात्
दैवीगुण धारण गर्नेहरू। तिमीहरू पुरुषार्थ गरेर यस्तो दैवीगुणयुक्त बन्नु छ। यो हो
लक्ष्य उद्देश्य (एम अब्जेक्ट)। तिमीलाई थाहा छ, यी देवताहरूमा कुन कुन गुण छन्!
हामी यस्तो बन्नु छ। प्रजा पनि हुन्छन् नि। प्रजा धेरैभन्दा धेरै बन्छन्। बाँकी
राजारानी बन्नमा मेहनत लाग्छ। जसले धेरै मेहनत गर्छन्, उनीहरू राजारानी बन्छन्। जसले
धेरैलाई ज्ञान दिन्छन्, उनीहरू हरेकले आफ्नो दिलबाट बुझ्न सक्छन्। आत्माले भन्छ– म
बेहद बाबाको बनि नै हाल्छु। उहाँमाथि बलिहारी जान्छु, समर्पण हुन्छु। जे जति मसँग
छ, सबै समर्पण गर्छु। ईश्वरलाई त दिन्छन् नि। हजुर आउनुभयो भने हामी कुर्बान जान्छौँ।
त्यसको सट्टा हजुरबाट नयाँ तन-मन-धन लिन्छौँ। मन नयाँ कसरी लिन्छौँ? आत्मालाई नयाँ
(पवित्र) बनाउनुहुन्छ। फेरि शरीर पनि नयाँ लिन्छौँ। राजधानी पनि लिन्छौँ। अहिले
तिमीले लिइरहेका छौ नि। आत्माले भन्छ– हे बाबा! म यस शरीरसहित हजुरको हुँ। बाबा, म
हजुरको शरणमा आउँछु। रावण राज्यमा सबै धेरै दुःखी भएका छन्, त्यसैले बाबा अब यसबाट
मुक्त गरेर आफ्नो राजधानीमा लैजानुहोस्। शिवबाबा त मिल्नुभयो, अब बाँकी के रह्यो!
तिमीलाई थाहा छ, शिवबाबाको श्रीमतबाट स्वर्ग बन्छ। रावणको आसुरी मतबाट नर्क बन्छ।
अब फेरि स्वर्ग बन्नु छ, श्रीमतबाट। अवश्य जो कल्प पहिला आएका होलान्, उनीहरू नै
आउनेछन्। श्रीमतबाट उच्च बन्नेछन्। रावण मतमा चलेमा गिर्नेछन्। तिम्रो अब हुन्छ
चढ्तीकला, बाँकी सबैको गिर्तीकला छ। कति अनेक धर्म छन्। सत्ययुगमा एक देवीदेवता
धर्म मात्रै थियो। अब त्यो प्रायः लोप भएको छ। (बरको वृक्षको उदाहरण) तिमीलाई थाहा
छ, देवीदेवता धर्मका निसानीहरू त छन्। अवश्य देवीदेवताहरूको राज्य थियो। ५ हजार
वर्षको कुरा हो। तिमीले सिद्ध गरेर बताउँछौ, यो ५ हजार वर्षको चक्र हो। यसमा ४ युग
हुन्छन्। हरेक युगको अवधि १२५० वर्ष हुन्छ। उनीहरूले त लाखौँ वर्ष भनिदिएका छन्।
धेरै फरक भएको कारण कसैको बुद्धिमा बस्दैन। सम्झन्छन्– जसरी अरू संस्थाहरू छन्,
त्यसैगरी यो पनि बी.के.को संस्था हो। यिनीहरूले गीतालाई ठुलो मान्छन्। अब गीता त
श्रीकृष्ण भगवानले भनेका हुन्। यहाँ त यी जौहरी दादा बसेका छन्, त्यसैले मानिसहरू
अलमलिन्छन् नि। बाबा भन्नुहुन्छ– म जो हुँ, जस्तो छु, यतिबेलासम्म कसैले मलाई चिनेको
छैन। अन्त्यमा तिमीले राम्रोसँग चिन्नेछौ। अहिलेसम्म नम्बरवार चिनेका छौ, त्यसैले त
श्रीमतमा चल्न धेरै मुस्किल सम्झन्छौ। राम्रा राम्रा बच्चाहरू पनि श्रीमतमा चल्दैनन्।
रावणले चल्न दिँदैन। आफ्नो मत चलाइदिन्छन्। थोरै छन् जो श्रीमतमा पूरा चल्छन्।
अन्त्यमा गएर पूरा चिन्नेछन्, अनि श्रीमतमा चल्नेछन्। म जो हुँ, जस्तो छु, त्यो पछि
गएर बुझ्नेछन्। अहिले बुझ्दै गइरहेका छन्। पूरा बुझे भने बाँकी के चाहियो र! बस्न
पनि आफ्नै गृहस्थमा बस्नु छ तर दुस्मन माया यस्तो छ जसले श्रीमतमा चल्न रोक्छ।
भन्छन्– बाबा, मायाका तुफान धेरै आउँछन्। मायाले हजुरको याद भुलाइदिन्छ। हो,
पुरुषार्थ जोडले गर्दागर्दै फेरि अन्त्यमा माया पनि थाक्नेछ। माला पनि ८ को हुन्छ।
मुख्य ८ रत्न हुन्छन्। ८ त हुन्– जोडी। नवौँ रत्न बीचमा शिवबाबालाई राख्छन्। कसैले
रातो बनाउँछन्, कसैले सेतो। अब शिवबाबा त हुनुहुन्छ बिन्दु। बिन्दु रातो हुँदैन।
बिन्दु त सेतो नै हुन्छ। उहाँ धेरै सूक्ष्म हुनुहुन्छ। दिव्य दृष्टिले बाहेक अरू
कसैले देख्न सक्दैन। डाक्टर आदिले देख्नको लागि कति कोसिस गर्छन्। तर देख्न सक्दैनन्
किनकि अव्यक्त कुरा हो नि, त्यसैले सोधिन्छ– तिमीले भन्छौ हामी आत्मा हौँ, अच्छा
आत्मालाई कहिल्यै देखेका छौ? आफूलाई नै देख्न सक्दैनौ भने बाबालाई कसरी देख्न सक्छौ।
आत्माको विषयमा जान्नु छ– कसरी त्यसमा पार्ट भरिएको छ। यो पटक्कै कसैलाई थाहा छैन।
८४ को सट्टा ८४ लाख भनिदिन्छन्। बाबा आएर बच्चाहरूलाई पनि सबै कुरा सम्झाउनुहुन्छ।
आजको भारतवर्ष के छ, भोलिको भारतवर्ष के हुनेछ! महाभारत लडाइँ पनि हुन्छ। गीताको
ज्ञान पनि दिनुभएको छ, यो रुद्र यज्ञ पनि हो। सबै धर्महरूको विनाश, एक धर्मको
स्थापना भइरहेको छ।
यो शिवबाबाको भण्डारा
हो, यसबाट तिमीलाई पवित्र भोजन मिल्छ। ब्राह्मण-ब्राह्मणीहरूले नै भोजन बनाउँछन्,
त्यसैले यिनको महिमा अपरम्पार छ। यसबाट तिमी पवित्र बनेर पवित्र दुनियाँका मालिक
बन्छौ, त्यसैले पवित्र भोजन राम्रो हो। जति तिमी श्रेष्ठ हुँदै जान्छौ, त्यति
तिमीलाई भोजन पनि शुद्ध मिल्नेछ। योगयुक्त भएर कसैले भोजन बनायो भने धेरै बल मिल्छ,
त्यो पनि पछाडि गएर मिल्नेछ। जुन सेवाधारी बच्चाहरू सेन्टरमा बस्छन्, उनीहरूले आफ्नै
हातले भोजन बनाएर खाए भने पनि त्यसमा धेरै बल मिल्न सक्छ। जसरी पतिव्रता स्त्रीले
पतिबाहेक अरू कसैलाई याद गर्दिनन्। त्यसैगरी तिमी बच्चाहरूले पनि यादमा रहेर भोजन
बनायौ, खायौ भने धेरै शक्ति मिल्नेछ। बाबाको यादमा रहेमा तिमीले विश्वको बादसाही
लिन्छौ। बाबाले राय त दिनुहुन्छ तर अहिल्यै कसैको बुद्धिमा आउँदैन। पछि गएर बुद्धिमा
आउन सक्छ र भन्नेछन् हामीले आफ्नै हातले योगयुक्त भएर भोजन बनाउँछौँ अनी सबैको
कल्याण हुन्छ।
बाबाले बच्चाहरूलाई
हर प्रकारको मत दिनुहुन्छ नि। त्रिमूर्ति चित्र सामुन्ने राखिएको होस्। वर्सा
शिवबाबाबाट लिनु छ। केही न केही युक्ति अपनाऊ। बाबाले आफ्नो उदाहरण दिनुहुन्छ–
भक्तिमार्गमा मैले नारायणको चित्रलाई धेरै प्यार गर्थेँ। बस्, उनलाई याद गर्दा आँसु
आउँथ्यो किनकि त्यतिबेला वैराग्य थियो। बचपनमा वैराग्य वृत्ति थियो। यी हुन् फेरि
बेहदका कुराहरू। तैपनि भन्नुहुन्छ– मनमनाभव। योगमा रहेमा नै तिमी तमोप्रधानबाट
सतोप्रधान बन्छौ। यादमा रहने चिन्ता राख्नु छ। श्रीमत मिल्छ, बाबा भन्नुहुन्छ– याद
गर। म सृष्टिको रचयिता हुँ, त्यसैले तिमी पनि नयाँ दुनियाँको मालिक बन्छौ नि। नत्र
सजाय पनि खान्छौ र पद पनि भ्रष्ट हुनेछ। मर्नुभन्दा पहिला तिमी बच्चाहरूले यो चिन्ता
गर्नु छ– हामी सतोप्रधान कसरी बनौँ। बाबाको याद त अवश्य गर्नु छ। यो हो सबैभन्दा
ठुलो चिन्ता। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) योगयुक्त भएर आफ्नै हातले भोजन बनाउनु र खानु छ। पवित्र दुनियाँमा जानको लागि
पवित्र भोजन खानु छ। त्यसमा नै शक्ति छ।
२) नयाँ तन-मन-धन
प्राप्त गर्नको लागि पुरानो सबैथोक बाबामाथि बलिहारी गर्नु छ। यस शरीरसहित बाबामाथि
पूरा पूरा समर्पण हुनु छ।
वरदान:–
एकान्त र
अन्तर्मुखताको अभ्यासद्वारा स्वयंलाई अनुभवले सम्पन्न बनाउने मायाजित भव
ज्ञानवान् (नलेजफुल)
को साथसाथै शक्तिशाली (पावरफुल) अर्थात् अनुभवीमूर्त बन्नको लागि एकान्तवासी र
अन्तर्मुखी बन। विचलित हुनुको कारण हो अनुभवको कमी, त्यसैले केवल बुझ्ने, सम्झाउने
वा मननमूर्त नबन, एकान्तवासी बनेर हरेक पोइन्टको अनुभवी बन, अनि कुनै पनि प्रकारको
धोकाबाट, दुःख वा दुविधाबाट बच्नेछौ। म कसको बच्चा हुँ, के प्राप्ति छ– यस पहिलो
पाठको अनुभव गरेका छौ भने मायाजित सहजै बन्नेछौ।
स्लोगन:–
जिम्मेवारी
सम्हाल्दै डबल लाइट रहनेहरू नै बाबाका समीप रत्न हुन्।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
आफ्ना तीन स्वरूप सदा
स्मृतिमा राखः एक म उपकारी हुँ, दोस्रो निरहङ्कारी हुँ र तेस्रो अधिकारी हूँ। कोही
जतिसुकै अपकारी भए पनि तिम्रो दृष्टि र वृत्ति उपकारी बनाऊ, फेरि जति अधिकारी त्यति
निरहङ्कारी। वृत्तिबाट पनि मैपनको त्याग भएपछि स्मृतिमा सदैव बाप र दादा रहनुहुनेछ
र मुखमा पनि यही बोली हुनेछ, अनि विश्वपति बनेर विश्वको सेवा गर्न सक्नेछौ।