30.11.25 Avyakt Bapdada Nepali Murli 18.01.2008 Om Shanti Madhuban
सच्चा स्नेही बनेर ,
सबै बोझ बाबालाई दिएर मौजको अनुभव गर , मेहनत मुक्त बन
आज बापदादाले आफ्नो
चारैतिरका बेफिक्र बादसाहहरूको सङ्गठनलाई देखिरहनुभएको छ। यति ठुलो बादसाहहरूको सभा
सारा कल्पमा यही सङ्गमको समयमा हुन्छ। स्वर्गमा पनि बादसाहहरूको यति ठुलो सभा
हुँदैन। तर आज बापदादा सबै बादसाहहरूको सभालाई देखेर हर्षित भइरहनुभएको छ। टाढा
बसेकाहरू पनि दिलमा नजिक देखिइरहेका छन्। तिमीहरू सबै नयनमा समाहित भएका छौ, उनीहरू
दिलमा समाहित भएका छन्। कति सुन्दर सभा छ, आजको विशेष दिनमा सबैको अनुहारमा अव्यक्त
स्थितिको स्मृतिको झलक देखिइरहेको छ। सबैको दिलमा ब्रह्माबाबाको स्मृति समाहित भएको
छ। आदिदेव ब्रह्माबाबा र शिवबाबा दुवै सबै बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ।
आज त बिहान दुई बजेदेखि लिएर बापदादाको गलामा भिन्न भिन्न प्रकारका मालाहरू सजिएका
थिए। यी फूलका मालाहरू त सामान्य हुन्। हीराका मालाहरू पनि कुनै ठुलो कुरा होइन तर
स्नेहका अमूल्य मोतीका माला अति श्रेष्ठ छन्। हरेक बच्चाको दिलमा आजको दिनमा
विशेषरूपमा स्नेह इमर्ज भइरहेको थियो। बापदादाको साथमा चार प्रकारका भिन्न भिन्न
मालाहरू इमर्ज भएका थिए। पहिलो नम्बरका श्रेष्ठ बच्चाहरूका माला, जुन बाबासमान बन्ने
श्रेष्ठ पुरुषार्थी बच्चाहरू छन्, यस्ता बच्चाहरू मालाको रूपमा बाबाको गलामा उनिएका
थिए। पहिलो माला सबैभन्दा सानो थियो। दोस्रो माला– दिलको स्नेह समीप र समान बन्ने
पुरुषार्थी बच्चाहरूको माला, उनीहरू श्रेष्ठ पुरुषार्थी यिनीहरू पुरुषार्थी। तेस्रो
माला थियो– जुन ठुलो थियो त्यो थियो– स्नेही पनि, बाबाको सेवामा साथी पनि तर कहिले
तीव्र पुरुषार्थी र कहिले भने, कहिलेकाहीँ धेरै तुफानको सामना गर्नेहरू। तर यिनीहरू
चाहनेहरू हुन्छन्, यिनीहरूको सम्पन्न बन्ने चाहना पनि राम्रो हुन्छ। चौथो माला थियो
गुनासो गर्नेहरूको। यिनीहरूमा भिन्न भिन्न प्रकारका बच्चाहरूका अव्यक्त फरिस्तारूपका
अनुहारमा मालाहरू थिए। बापदादा पनि भिन्न भिन्न मालाहरूलाई देखेर खुसी पनि
भइरहनुभएको थियो र स्नेह र सकाश साथसाथै दिइरहनुभएको थियो। अब तिमीहरू सबैले आफैलाई
सोच– म कुनचाहीँ हुँ? तर वर्तमान समयमा चारैतिरका बच्चाहरूमा विशेष सङ्कल्प दिलमा
प्रकट भएको छ– अब केही गर्नु नै छ। मेजोरिटीमा यो उमङ्ग-उत्साह सङ्कल्परूपमा छ।
स्वरूपमा नम्बरवार छ तर सङ्कल्पमा छ।
बापदादाले सबै
बच्चाहरूलाई आजको स्नेहको दिन, स्मृतिको दिन र सामर्थ्यको दिनको विशेष दिलको
आशीर्वाद र दिलको बधाई दिइरहनुभएको छ। आजको दिन स्नेहको विशेष दिन भएको कारण
मेजोरिटी स्नेहमा डुबेका छन्। यसरी नै पुरुषार्थमा पनि सदा स्नेहमा डुबिराख। लवलीन
रहने सहज साधन हो स्नेह, दिलको स्नेह। बाबाको परिचयको स्मृतिसहितको स्नेह। बाबाको
प्राप्तिको स्नेहसम्पन्न स्नेह। स्नेह धेरै सहज साधन हो किनकि स्नेही आत्मा
मेहनतबाट बच्छ। स्नेहमा लीन हुनेभएको कारण, स्नेहमा ओतप्रोत हुनेभएको कारण कुनै पनि
प्रकारको मेहनत मनोरञ्जनरूपमा अनुभव हुन्छ। स्नेही स्वतः नै देहको भान, देहको
सम्बन्धको ध्यान, देहको दुनियाँको ध्यानबाट माथि स्नेहमा स्वतः नै लीन हुन्छन्।
दिलको स्नेहले बाबाको समीप, साथ र समानताको अनुभव गराउँछ। स्नेहीले सदा आफूलाई
बाबाको आशीर्वादको पात्र सम्झन्छन्। स्नेहले असम्भवलाई पनि सहजै सम्भव बनाइदिन्छ।
ती स्नेही आत्माहरूले सदा आफ्नो मस्तकमा, निधारमा बाबाको सहयोग र स्नेहको हात अनुभव
गर्छन्। निश्चयबुद्धि, निश्चित हुन्छन्। तिमीहरू सबै आदि स्थापनाका बच्चाहरूलाई
आदिको समयको अनुभव छ, अहिले पनि सेवाका आदि निमित्त बच्चाहरूलाई अनुभव छ– आदिमा सबै
बच्चाहरूलाई बाबा मिल्नुभयो, त्यस स्मृतिमा कति स्नेहको नसा थियो! ज्ञान त पछि
मिल्यो तर सबैभन्दा पहिलो नसा स्नेहमा ओतप्रोत भएका छौ। बाबा स्नेहको सागर
हुनुहुन्छ त्यसैले मेजोरिटी बच्चाहरू आदिदेखि स्नेहको सागरमा ओतप्रोत भएका छन्,
पुरुषार्थको गतिमा धेरै तीव्र बेगले चलेका छन्। तर कोही बच्चाहरू स्नेहको सागरमा
ओतप्रोत हुन्छन्, कोही केवल डुबुल्की लगाएर बाहिर आउँछन् त्यसैले जति हरा ओतप्रोत
भएका बच्चाहरूलाई मेहनत कम लाग्छ त्यति उनीहरूलाई लाग्दैन। कहिले मेहनत, कहिले
मुहब्बत, दुवैमा रहन्छन्। तर जो स्नेहमा लवलीन रहन्छन् उनीहरूले सदा आफूलाई
छत्रछायाभित्र रहेको अनुभव गर्छन्। दिलका स्नेही बच्चाहरूले मेहनतलाई पनि मुहब्बतमा
परिवर्तन गरिदिन्छन्। उनीहरूको अगाडि पहाडजस्तो समस्या पनि पहाड होइन तर कपाससमान
अनुभव हुन्छ। पत्थर पनि पानीसमान अनुभव हुन्छ। त्यसैले जसरी आज विशेष स्नेहको
वायुमण्डलमा रहँदा अनुभव गरेका छौ– यसमा मेहनत लाग्यो वा मनोरञ्जन भयो!
आज त सबैलाई स्नेहको
अनुभव भयो नि! स्नेहमा डुबेका थियौ? डुबेका थियौ सबै! आज मेहनतको अनुभव भयो? कुनै
पनि कुराको मेहनतको अनुभव भयो? के, किन, कसरी को सङ्कल्प आयो? स्नेहले सबै
बिर्साइदिन्छ। त्यसैले बापदादा भन्नुहुन्छ– बाबाको यो स्नेहलाई नबिर्स। स्नेहको
सागर मिल्नुभएको छ, त्यही सागरमा खुब लहराऊ। जहिले पनि कुनै मेहनतको अनुभव हुन्छ
नि, किनकि मायाले बीच बीचमा परीक्षा त लिन्छ, तर त्यस समयमा स्नेहको अनुभवलाई याद
गर। त्यसबाट मेहनत मुहब्बतमा परिवर्तन हुन्छ। अनुभव गरेर हेर। हुनुपर्ने के हो,
गल्ती के हुन्छ! त्यस समयमा के, किन... यसमा धेरै जान्छौ। जे आएको छ त्यो जान्छ पनि
तर कसरी जान्छ? स्नेहलाई याद गर्नाले मेहनत जान्छ किनकि सबैलाई भिन्न भिन्न समयमा
बापदादा दुवैको स्नेहको अनुभव त छ। छ नि अनुभव! कहिलेकाहीँ त अनुभव गरेका छौ नि,
मानौं सदा अनुभव गरेका छैनौ कहिलेकाहीँ त छौ। त्यस समयलाई याद गर– बाबाको स्नेह के
हो! बाबाको स्नेहबाट के के अनुभव गरेका छौ! त्यसपछि स्नेहको स्मृतिले मेहनत
परिवर्तन हुन्छ किनकि बापदादालाई कुनै पनि बच्चाको मेहनतको स्थिति राम्रो लाग्दैन।
मेरा बच्चाहरू र मेहनत! त्यसोभए मेहनतमुक्त कहिले बन्छौ? यो सङ्गमयुग नै यस्तो युग
हो जसमा मेहनतमुक्त, मौज नै मौजमा रहन सक्छौ। मौज छैन भने कुनै न कुनै बोझ बुद्धिमा
छ, बाबाले भन्नुभएको छ– बोझ मलाई देऊ। मैपनलाई भुलेर ट्रस्टी बन। जिम्मेवारी
बाबालाई देऊ र स्वयं दिलको सच्चा बच्चा बनेर खाऊ, खेल र मौज गर किनकि यो सङ्गमयुग
सबै युगमध्ये मौजको युग हो। यो मौजको युगमा पनि मौज मनाएनौ भने कहिले मनाउँछौ?
बापदादाले देख्नुहुन्छ नि– बच्चाहरूले बोझ उठाएर धेरै मेहनत गरिरहेका छन्। बोझ
बाबालाई दिँदैनन्, आफै नै उठाउँछन्। त्यसमा त बाबालाई दया लाग्छ नि, रहम आउँछ नि।
मौजको समयमा मेहनत! स्नेहमा ओतप्रोत होऊ, स्नेहको समयलाई याद गर। हरेकलाई कुनै न
कुनै समयमा विशेष स्नेहको अनुभूति हुन्छ नै, भएको छ। बाबालाई थाहा छ– भएको छ तर याद
गर्दैनौ। मेहनतलाई नै देखिरहन्छौ, अल्झिरहन्छौ। यदि आज पनि अमृतवेलादेखि अहिलेसम्म
बापदादा दुवै अथोरिटीको दिलबाट स्नेहको अनुभव गरेका छौ भने आजको दिनलाई याद गरेमा
पनि स्नेहको अगाडि मेहनत समाप्त हुन्छ।
अब बापदादाले यो
वर्षमा हरेक बच्चालाई स्नेहयुक्त, मेहनतमुक्त देख्न चाहनुहुन्छ। मेहनतको नामनिसान
दिलमा पनि नरहोस्, जीवनमा पनि नरहोस्। हुन सक्छ? हुन सक्छ? जसले सम्झन्छौ– गरेरै
छोड्नुछ, हिम्मतवान हौ तिमीहरूले हात उठाऊ। आज विशेष यस्ता हरेक बच्चालाई बाबाको
मेहनतमुक्त हुने विशेष वरदान छ। स्वीकार छ? फेरि केही भयो भने के गर्छौ? के, किन त
भन्दैनौ नि? मुहब्बतको समयलाई याद गर्नु। अनुभवलाई याद गर्नु र अनुभवमा डुब्नु।
तिम्रो प्रतिज्ञा छ। बाबा पनि बच्चाहरूसँग प्रश्न सोध्नुहुन्छ, कि तिमीहरू सबैको
प्रतिज्ञा छ– हामीले बाबाद्वारा २१ जन्मको लागि जीवनमुक्त अवस्थाको पद प्राप्त
गरिरहेका छौँ, गर्छौं नै, त्यसोभए जीवनमुक्तमा मेहनत हुन्छ र? २१ जन्ममा एक जन्म
सङ्गममा हुन्छ। तिम्रो प्रतिज्ञा २१ जन्मको हो, २० जन्मको होइन। त्यसैले अहिलेदेखि
मेहनतमुक्त अर्थात् जीवनमुक्त, बेफिक्र बादसाह। अहिलेका संस्कार २१ जन्म आत्मामा
इमर्ज रहन्छन्। त्यसोभए २१ जन्मको वर्सा लियौ नि! वा अब लिनुछ? त्यसैले अटेन्सन
प्लिज, मेहनतमुक्त, सन्तुष्ट रहनु र सन्तुष्ट पार्नु। केवल सन्तुष्ट रहनु होइन,
सन्तुष्ट पार्नु पनि छ। त्यसछि मेहनत मुक्त रहन्छौ। नत्र दिनहुँ कुनै न कुनै बोझका
कुरा, मेहनतका कुरा, के किन को भाषामा आउँछन्। अहिले समयको समीपतालाई देखिरहेका छौ।
जसरी समयको समीपता भइरहेको छ, त्यसैगरी तिमीहरू सबैको पनि बाबासँग समीपताको अनुभव
बढ्नुपर्छ नि। बाबासँग तिम्रो समीपताले समयको समीपतालाई पूर्ण गर्छ। के तिमी सबै
बच्चाहरूको कानले आत्माहरूको दुःख अशान्तिको आवाज सुन्दैन! तिमी नै पूर्वज पनि हौ,
पूज्य पनि हौ। त्यसैले हे पूर्वज आत्माहरू! हे पूज्य आत्माहरू! विश्व कल्याणको
कार्य कहिले सम्पन्न गर्छौ?
बापदादाले समाचारमा
हेर्नुभएको छ, हरेक वर्गले आआफ्नो मिटिङ गर्छन्, योजना बनाउँछन्– विश्व कल्याणको
गतिलाई तीव्र कसरी बनाउने? योजना त धेरै राम्रा बनाउँछन्, तर बापदादा सोध्नुहुन्छ–
आखिर कहिलेसम्म? यसको उत्तर दादीहरूले दिनेछन्– आखिर कहिलेसम्म? पाण्डवले दिनेछन्–
आखिर कहिलेसम्म? बाबाको प्रत्यक्षता होस्, यही कुरा सबै हरेक वर्गकाले योजना बनाउने
लक्ष्य राख्छन्। तर प्रत्यक्षता हुन्छ दृढ प्रतिज्ञाले। कहिलेकाहीँ कुनै कारणले वा
कुराले प्रतिज्ञामा दृढता कम हुन्छ। अमृतवेला तिमीले सुन्न सक्यौ भने प्रतिज्ञा धेरै
राम्रो गर्छन्, बाबाले त सुन्नुहुन्छ तर तिम्रो पासमा यस्तो अहिले साइन्सले साधन
दिएको छैन जसबाट सबैको दिलको आवाज सुन्न सकिन्छ। बापदादाले सुन्नुहुन्छ,
प्रतिज्ञाहरूको माला, सङ्कल्प गर्ने कुरा यति राम्रा राम्रा दिल खुसी पार्ने हुन्छन्
जसमा बापदादा भन्नुहुन्छ– वाह प्यारा बच्चाहरू वाह! सुनाऊँ के के गर्छौ! जब कर्ममा
आउँछौ नि, मुरलीसम्म पनि ७५ परसेन्ट ठीक हुन्छौ। तर कर्मयोगमा आएपछि भने त्यसमा फरक
आउँछ। केही संस्कार, केही स्वभाव, स्वभाव र संस्कारले सामना गर्छन्, त्यसमा दृढ
प्रतिज्ञाको सट्टा साधारण प्रतिज्ञा हुन्छ। दृढताको पर्सेन्टेज कम हुन्छ।
बापदादा बच्चाहरूको
एउटा खेल दखेर मुस्कुराउनुहुन्छ। कुन खेल गर्छौ, बताऊँ के हो? बापदादालाई त खेल
हेर्दा दया आउँछ, मजा आउँदैन किनकि बापदादाले देख्नुहुन्छ– बच्चाहरू आफ्नो कुरा
अरूमाथि थोपर्नमा धेरै होसियार छन्। के खेल गर्छौ? कुरा बनाइदिन्छौ। सोच्छौ–
देख्नेवाला को छ र! मैले जान्दछु मेरो दिलले जान्दछ। बाबा त परमधाममा, सूक्ष्मवतनमा
बस्नुभएको छ। यदि कसैलाई भन्यौ– यो गर्नुहुँदैन, त्यसपछि के खेल गर्छन्, थाहा छ? हो
भएको त हो तर... तर अवश्य राख्छन्। तर के? यस्तो थियो नि, यसो गरिदियो नि, यस्तो
हुन्छ नि, त्यसपछि मात्रै भयो, मैले गरिनँ, यस्तो भयो त्यसपछि मात्र। पहिला यसले
गरेपछि मैले गरेँ। नत्र मैले गर्दिनथेँ, त्यसैले यो के भयो? आफ्नो महसुसता,
रियलाइजेसन कम हुन्छ। अच्छा, मानौँ उसले यसो गरिदियो, त्यसपछि तिमीले पनि गरेका हौ,
त्यो पनि धेरै राम्रो। पहिलो नम्बर ऊ भयो, दोस्रो नम्बर तिमी भयौ, ठीक छ। बापदादाले
यो पनि मानिदिनुहुन्छ। तिमी पहिलो नम्बर होइनौ, दोस्रो नम्बर हौ तर यदि तिमीले
सोच्छौ– पहिलो नम्बरले परिवर्तन गरोस् अनि मात्र म ठीक हुन्छु, यही ठीक हो? यही
सम्झन्छौ नि त्यस समयमा। मानौँ पहिलो नम्बरले परिवर्तन गर्छ। बापदादा र सबैले पहिलो
नम्बरवालालाई भन्नुहुन्छ– तिम्रो गल्ती हो, तिमीले नै परिवर्तन गर्नुछ, ठीक छ। अच्छा
यदि पहिलो नम्बरवालाले परिवर्तन गरिदियो भने पहिलो नम्बर कसलाई मिल्छ? तिम्रो त
पहिलो नम्बर हुँदैन। परिवर्तन शक्तिमा तिम्रो पहिलो नम्बर हुँदैन। पहिलो नम्बर
तिमीले उसलाई दियौ भने तिम्रो कुन नम्बर भयो? दोस्रो नम्बर भयो नि। यदि तिमीलाई
भनियो– दोस्रो नम्बर हौ, भने मञ्जुर गर्छौ। गर्छौ मञ्जुर? भन्छौ– होइन, यस्तो थियो,
त्यस्तो थियो, कस्तो थियो... यो भाषा धेरै खेलमा आउँछ। यस्तो त्यस्तो कस्तो यो खेल
बन्द गरेर म परिवर्तन हुनुछ। आफू परिवर्तन भएर अर्कोलाई परिवर्तन गर, तर अर्कोलाई
परिवर्तन गर्न सक्दैनौ भने शुभभावना, शुभकामना त राख्न सक्छौ! त्यो त तिम्रो आफ्नो
चीज हो नि! त्यसैले हे अर्जुन मलाई बन्नुछ। पहिलो विश्वको राज्यधारी
लक्ष्मी-नारायणको समीप तिमी आउनुछ वा दोस्रो नम्बरवाला?
बापदादाको यो वर्षको
यही आशा छ– सबै ब्राह्मण आत्माहरू, ब्रह्माकुमार ब्रह्माकुमारीले जसरी यहाँ यो
ब्याज लगाउँछौ नि, सबैले लगाउँछन् नि! यहाँ आउँदा पनि तिमीलाई ब्याज मिल्छ नि, चाहे
कागजको, चाहे सुनको, चाहे चाँदीको। त्यसैले जसरी यहाँ ब्याज लगाउँछौ त्यसैगरी दिलमा,
मनमा यो ब्याज लगाऊ, मलाई परिवर्तन हुनुछ। मलाई निमित्त बन्नुछ। यो परिवर्न होस्,
यो कुरा परिवर्तन होस्, यो व्यक्ति परिवर्तन होस्, यो परिस्थिति परिवर्तन होस्,
होइन। म परिवर्तन हुनुछ। कुरा त आउँछन्, तिमी माथि गइरहेका छौ, उच्च स्थानमा
समस्याहरू पनि त कठिन आउँछन् नि! तर जसरी आज नम्बरवार यथाशक्ति स्नेहको स्मृतिको
वायुमण्डल थियो। त्यसैगरी आफ्नो मनमा सदा स्नेहमा लवलीन रहने वायुमण्डल सदा इमर्ज
गरिराख।
बापदादाको पासमा
समाचार धेरै राम्रा राम्रा आउँछन्। सङ्कल्पसम्म धेरै राम्रा छन्। स्वरूपमा आउनमा
यथाशक्ति हुन्छन्। अब दुई मिनेटको लागि सबै परमात्म स्नेह, सङ्गमयुगको आत्मिक मौजको
स्थितिमा स्थित होऊ। (ड्रिल) अच्छा– यही अनुभव हरेक दिन बारम्बार समयप्रति समय
अनुभव गरिरहनु। स्नेहलाई नछोड्नु। स्नेहमा लीन हुन सिक। अच्छा।
चारैतिरका योगयुक्त,
युक्तियुक्त, राजयुक्त, आफै पनि रहस्यलाई जानेर सदा राजी बनाउने र राजी रहने, केवल
स्वयं राजी रहनुछैन, राजी बनाउनु पनि छ, यस्ता सदा स्नेहको सागरमा लवलीन
बच्चाहरूलाई, सदा बाबासमान बन्ने तीव्रगतिका पुरुषार्थी बच्चाहरूलाई, सदा असम्भवलाई
पनि सहजै सम्भव बनाउने श्रेष्ठ आत्माहरूलाई, सदा बाबाको साथमा रहने र बाबाको सेवामा
साथी हुने यस्ता धेरै धेरै भाग्यमानी र लभली बच्चाहरूलाई आजको अव्यक्त दिवसको,
अव्यक्त फरिस्तास्वरूपको यादप्यार एवं दिलको आशीर्वाद। रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
यादको जादु
मन्त्रद्वारा सर्व सिद्धिहरू प्राप्त गर्ने सिद्धिस्वरूप भव
बाबाको याद नै जादुको
मन्त्र हो, यो जादुको मन्त्रद्वारा जे सिद्धि चाहन्छौ त्यो प्राप्त गर्न सक्छौ। जसरी
स्थूलमा पनि कुनै कार्यको सिद्धिको लागि मन्त्र जप्छन्, त्यसैगरी यहाँ पनि यदि कुनै
कार्यमा सिद्धि चाहिन्छ भने यो यादको महामन्त्र नै विधिस्वरूप हो। यो जादु मन्त्रले
सेकेन्डमा परिवर्तन गरिदिन्छ। यसलाई सदा स्मृतिमा राखेमा सदा सिद्धिस्वरूप बन्छौ
किनकि यादमा रहनु ठुलो कुरा होइन, सदा यादमा रहनु– यही ठुलो कुरा हो, यसैबाट सर्व
सिद्धिहरू प्राप्त हुन्छन्।
स्लोगन:–
सेकेन्डमा
विस्तारलाई साररूपमा समाहित गर्नु अर्थात् अन्तिम सर्टिफिकेट लिनु।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
जसरी कुनै शरीरको
वस्त्र सहजै निकाल्न सक्छौ त्यसैगरी यो शरीररूपी वस्त्र पनि सहजै निकाल्न सक्नुछ र
सहज नै समयमा धारण गर्न सक्नुछ, यसको अभ्यास हुनुपर्छ। वस्त्र साँघुरो वा टाइट छ भने
सहजै निकाल्न सक्दैनौ, त्यसैगरी यो देहरूपी वस्त्र पनि कुनै संस्कारमा टाँसिएको,
साँघुरो वा टाइट नहोस्। यसको लागि सबै कुरामा इजी (सहज) होऊ, यदि इजी रह्यौ भने सबै
कार्य इजी हुन्छन्। जति पुरानो संस्कारबाट न्यारा रहन्छौ त्यति तिम्रो अवस्था पनि
न्यारा अर्थात् सहजै विदेही बन्छ।
सूचना: – आज मधुवनमा
अव्यक्त बापदादासँग मिलनको शुभ दिन हो।